Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सोलु करिडोर प्रसारणलाइन निर्माणमा देखिएको अवरोध हटाउन मन्त्री पुनको पहल

काठमाडौं । लामो समयसम्म प्रसारणलाइन निर्माण हुन नसक्दा नेपाल विद्युत् प्राधिकरणले प्रवद्र्धकलाई ४५ प्रतिशत हर्जना तिर्नु परेको सोलु करिडोरको काम अब भने अगाडि बढ्ने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सम्बन्धित पक्षलाई बोलाएर सो प्रसारणलाइनमा देखिएको समस्या समाधान गरेको हो । लामो समयदेखि प्रसारणलाइन निर्माण प्रक्रियाले गति लिन नसक्दा सोलु करिडोरमा निर्माणाधीन आयोजनालाई प्राधिकरणले हर्जना तिर्नु परेको छ ।

कूल १३२ केभी क्षमताको डबल सर्किट प्रसारणलाइन आयोजना निर्माणको काम जसरी पनि अगाडि बढाउने र स्थानीयवासीले उठाएको माग सम्बोद्धन गर्न के कसरी सकिन्छ भन्नेमा समेत ध्यान दिएर अगाडि बढ्न मन्त्री पुनले आयोजनाका पदाधिकारीलाई समेत निर्देशन दिएका छन्।

उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित हरित सामुदायिक वनका उपभोक्ताको अवरोधका कारण प्रसारणलाइन निर्माणको काम दुई वर्षयता रोकिँदै आएको छ । सोलुखुम्बुमा कुनै समस्या नभए पनि उदयपुरमा भने समस्या लगातार बल्झिदै आएको थियो । स्थानीयवासीले प्रसारण लाइनको बाटो (राइट अफ वे) मा पर्ने ऐलानी जमिनको समेत मुआब्जा पाउनुपर्ने र प्रसारण लाइनको टावर प्रस्तावित स्थानभन्दा अन्यत्रै सार्नुपर्नेलगायत सर्त राखेर काममा अवरोध गर्दै आएका थिए ।

मन्त्री पुनले उदयपुरबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद सुरेशकुमार राई, कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, कटारी–४ का वडाअध्यक्ष कृष्णराज दनुवार र सोलु करिडोर आयोजनाका प्रमुख जनार्दन गौतमलाई मन्त्रालयमा बोलाएर छलफल गरी समस्या समाधान गरेको हो ।

मन्त्री पुनले स्थानीयवासीको मागअनुसार ऐलानी जमिनको मुआब्जा दिने प्रस्ताव गरेपछि सांसद राई, नगर प्रमुख श्रेष्ठ र वडाअध्यक्ष दनुवारले आयोजना निर्माणको अवरोध अन्त्य गर्ने र स्थानीयवासीलाई विश्वासमा लिएर काम गराउने प्रतिबद्धता जनाएको हो । मन्त्री पुनले जनताका जायज चासो सम्बोद्धन गरेरै विकास आयोजनाका काम गर्ने पक्षमा सरकार रहेको स्पष्ट गर्दै विकासका काममा कसैले पनि अवरोध गर्न नहुने बताए ।

जनतासँग सबैभन्दा नजिकैको सरकारका रुपमा रहेको स्थानीय तह र जनप्रतिनिधिले महत्वपूर्ण र जिम्मेवार भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । मन्त्री पुनले लामो समयदेखि रोकिएको प्रसारणलाइन निर्माणको कामले गति लिने भएपछि आफूलाई सन्तोष मिलेको उल्लेख गर्दै भन्नुभयो “आयोजनाको काम अगाडि बढाउने लामो समयदेखिको मेरो प्रयास अहिले आएर सार्थक भएको छ, मलाई यसमा सन्तोष छ ।”

सांसद राईले स्थानीयवासीका समस्या करिब समाधान भएको बताए । “ ऐलानी जग्गाको मुआब्जा दिने गरी अवरोध हटाउने सहमति भएको छ” , सांसद राईले भने, “मन्त्रीज्यूले आयोजना प्रमुखलाई आँखा चिम्लिएर जनताको माग सम्बोधन गर्न निर्देशन दिनुभएको छ, हामी जनप्रतिनिधि पनि स्थानीय प्रशासन, आयोजना र मर्कामा परेका जनताका बीचमा समन्वय गरेर कामको अवरोध हटाउने काममा लाग्छौं ।”

नगर प्रमुख श्रेष्ठले स्थानीयवासीका माग सम्बोधन गर्ने प्रतिबद्धता मन्त्रीबाट आएको उल्लेख गर्नुभयो । “ऊर्जा मन्त्रीसँग राम्रो कुराकानी भयो । हामीले स्थानीयवासीका तर्फबाट उठेका मागबारे अवगत गरायौं”, उनले भने, “हामी यहाँबाट फर्किएपछि स्थानीयवासीसँग छलफल गरेर निकास दिने भन्ने भएको छ ।”

प्रसारणलाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रि«य प्रसारणलाइनमा जोडिन नसक्दा गत २०७६ माघ २० देखि व्यावसायिक उत्पादन गर्दै आएको सोलुखोला हाइड्र«ो पावरको २३ मेगावाटमध्ये ४।५ मेगावाटबाहेक सबै बिजुली खेर गइरहेको छ । सिरहाको मिर्चैयादेखि उदयपुरको जलजले, खोटाङको बुइँपा र ओखलढुङ्गा हुँदै सोलुखुम्बुको तिङलासम्म ९० किलोमिटर लामो प्रसारणलाइन निर्माण भइरहेको छ । त्यसमध्ये ९५ प्रतिशत अधिकांश काम सम्पन्न भएको आयोजना प्रमुख गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार कूल ३०२ वटा टावरमध्ये २८८ वटाको निर्माण सम्पन्न भइसकेको छ । कूल ९० किलोमिटर प्रसारणलाइनमध्ये ४५ किलोमिटरमा डबल सर्किट लाइन टाङ्ने काम समेत सकिएको छ ।

स्थानीय मरुवाबाहेक अन्य चारवटा टावर निर्माणको काम जारी रहेको र दशैंँ अगावै सकिने आयोजनाले जनाएको छ । प्राधिकरणले सोलु करिडोरमा निर्माणाधीन ३२५ मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता ९पीपीए० गरेको छ । विसं २०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जीसँग प्राधिकरणले प्रसारणलाइन निर्माणको ठेक्का सम्झौता गरेको थियो । बिना अवरोध काम भएको भए २०७६ माघ दोस्रो साता प्रसारणलाइन निर्माण सम्पन्न भइसकेको हुने थियो ।

प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले पटक–पटक सो प्रसारणलाइन निर्माणको अवरोध हटाउन पहल गर्नुभए पनि समस्या समाधान हुनसकेको थिएन ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies