Khabar Dabali Logo
  October 25, Sun

सलमान खान, शाहरुख खान र आमिर खानले हाले भारतीय मिडियाविरुद्ध मुद्दा

एजेन्सी । भारतीय चलचित्र उद्योग बलीवुडका केही सबभन्दा ठूला निर्माता कम्पनीहरूले केही भारतीय सञ्चारमाध्यमको गैरजिम्मेवार रिपोर्टिङको विरुद्ध अदालतमा मुद्दा हालेका छन्।

यो घटना जुनमा अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपश्चात् सुरु भएको हो।

उनले आत्महत्या गरेको ठानिएको छ। तर यो मामिलालाई लिएर महिनौँसम्म भारतका टेलिभिजन न्यूज च्यानलहरूले अनवरत रिपोर्टिङ गरे।

तीन खान एक साथ
शाहरुख खान, आमिर खान तथा सलमान खानसहितका बलीवुडका दर्जनौँ निर्माता कम्पनीले अहिले ती रिपोर्टिङका केही शैलीलाई लिएर कारबाहीको माग गरेका हुन्।

‘प्रतिवादीहरूका हिलो छ्याप्ने अभियानका कारण बलीवुडसँग सम्बद्ध मानिसहरूको जीविकामा प्रभाव परेको छ,’ रिट निवेदनमा जिकिर गरिएको छ।

पछिल्ला महिनाहरूमा भारतीय सञ्चारमाध्यममा ती अभिनेताको निधनको समाचार छाएको थियो।

अहिले दुईवटा च्यानल र तिनका चार समाचार प्रस्तोताविरुद्ध कुल ३४ निर्माता एवम् फिल्म उद्योगसम्बद्ध चारवटा सङ्घहरूले दिल्लीमा उक्त मुद्दा हालेका छन्। प्रतिवादीहरूको प्रतिक्रिया आइसकेको छैन।

उक्त मुद्दा रिपब्लिक टीभी र त्यसका प्रस्तोता अर्णव गोस्वामी र प्रदीप भण्डारी अनि टाइम्स नाउ टीभी र उसका प्रस्तोता राहुल शिवशङ्कर र नविका कुमारविरुद्ध हालिएको छ।

‘बलीवुडका सदस्यहरूको निजत्व उल्लङ्घन गरिएको छ। सम्पूर्ण बलीवुडलाई अपराधीको सङ्ज्ञा दिने, सबै दुर्व्यसनी भए जस्तो प्रचार गर्ने र जनमानसमाझ बलीवुडसँग जोडिनु भनेको आपराधिक कार्य गर्नु जस्तो गरी व्यवहार गरेर बलीवुडका सदस्यहरूको प्रतिष्ठामा अपूरणीय क्षति पुगेको छ,’ मुद्दामा भनिएको छ।

के हो यो विषय ?
चौतीस वर्षीय राजपूत मुम्बईस्थित उनकै फ्ल्याटमा जुन १४ तारिख मृत अवस्थामा फेला परेका थिए।

उनले आत्महत्या गरेको प्रहरीले बताएको थियो।

तर उनका परिवारले उनको प्रेमिका रिया चक्रवर्तीविरुद्ध आत्महत्या गर्न उक्साएको तथा अन्य अपराध गरेको भन्दै प्रहरीमा निवेदन दिए।

चक्रवर्तीले ती आरोप अस्वीकार गरिन्।

त्यसयता अभिनेत्री दीपिका पादुकोनसहित कैयौँ कलाकारसँग सोधपुछ गरिएको छ। ती कसैलाई कुनै गल्ती गरेको आरोप भने लगाइएको छैन।

सो मामिलालाई अहिले तीनवटा सङ्घीय निकायले अनुसन्धान गरिरहेका छन्।

अनुसन्धानकर्ताहरूले सञ्चारमाध्यममा बेलाबखत टुक्राटाक्री जानकारी दिन थालेपछि के भएको हो अनि को जिम्मेवार हो भन्ने विषयमा हल्ला तथा अनुमान व्याप्त भएका थिए।

अशोज २७ गते, २०७७ - १३:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना सङ्क्रमणबाट विराटनगरमा थप दुई जनाको मृत्यु

विराटनगर । विराटनगरमा आज थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । नोबेल शिक्षण अस्पताल विराटनगरमा...   

पोल्याण्डका राष्ट्रपति डुडालाई कोभिड–१९ सङ्क्रमण पुष्टि

पोल्याण्ड । पोल्याण्डका राष्ट्रपति एन्डरजेज डुडालाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको उनका प्रवक्ता...   

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

कर्णाली । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने...   

जाजरकोटमा माटो खन्दा दुई जनाको मृत्यु

जाजरकोट । छेडागाड नगरपालिका –३ दशेरामा माटो खन्दा ढिस्काले पुरी आज अपराह्न दुई जनाको मृत्यु भएको छ...   

कोरोना निको हुनेको संख्या १ लाख ८ हजार ३३४, ८४२ जनाले ज्यान गुमाए

काठमाडौं । यसै गरी पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या...   

काठमाडौँ उपत्यकामा ११ सय १० सहित २ हजार २२५ जनामा संक्रमण पुष्टि

काठमाडौं । शनिबार थप २ हजार २२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये १ हजार ४४६ जना पुरुष...   
नयाँदिल्लीको वायु झन झन प्रदुषित हुदै

नयाँदिल्लीको वायु झन झन प्रदुषित हुदै

नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली शहरको वायु झन झन प्रदुषित हुदै गएको छ । शनिबार...   
चर्च भवन भत्किदा २२ जनाको मृत्यु, कैयौँ घाइते

चर्च भवन भत्किदा २२ जनाको मृत्यु, कैयौँ घाइते

अबुजा । चर्च रहेको भवन भत्किदा शुक्रबार घानामा कम्तीमा २२ जनाको मृत्यु भएको छ । देशको पूर्वी क्षेत्रमा...   

कोरोना सङ्क्रमणबाट जनकपुरमा एक महिलाको मृत्यु

जनकपुर । जनकपुरमा गएराति कोरोना सङ्क्रमणबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका–१...   

गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या छ हजार ४५९ पुग्यो

कास्की । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ४५९ पुगेको छ । अद्यावधिक विवरण अनुसार आज...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top