Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

२७ जना कैदीबन्दीको सजाय छुट

तनहुँ । तनहुँ कारागारमा रहेका कैदीबन्दीमध्ये २७ जना कैदीबन्दीले कैद सजायमा छुट पाएर घर गएका छन् । सर्वोच्च अदालतले कोभिड–१९ महामारीमा उच्च जोखिमका कैदीबन्दीको सजाय छुट दिने व्यवस्थाअनुरुप ती कैद मिनाहा गरिएको कारागार प्रशासनले जनाएको छ ।

अदालतबाट एक वर्षभन्दा कम सजाय तोकिएका कैदीबन्दीले दिनको रु ३०० का दरले कैद भुक्तानबापतको रकम तिरेर छुट पाउने व्यवस्था रहेकाले उनीहरुको कैद मिनाहा भएको तनहुँ कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीले जानकारी दिए । गत चैत ११ गतेदेखि असोज २६ गते आइतबारसम्ममा २७ जनाको कैद मिनाहा भएको हो । उनले भने, “कानूनी व्यवसायीको सहायतामा अदालतमा निवेदन दिएपछि प्राथमिकताको आधारमा जोखिममा रहेकालाई छुट दिने कानूनी व्यवस्था रहेको छ ।”

कोभिड–१९ का कारण नेपाल सरकारले सुरक्षित हुन आह्वान गरेको बन्दाबन्दीदेखि हालसम्म ती कैदीबन्दीले छुट पाएका हुन् । कैद मिनाहामा वृद्धा, अशक्त, रोगीले प्राथमिकता पाउने नियम रहेको कारागारले जनाएको छ । यसरी छुट पाउनेमा अधिकांश सवारी ज्यान मुद्दाका रहेका छन् भने केही काठ मुद्दा, चोरी मुद्दा र लागुऔषध र ठगी मुद्दाका रहेका छन् । पच्चीस क्षमताको उक्त कारागारमा सोमबार आजसम्म कैदी १४९ र थुनुवा ६५ गरी जना कूल २१४ जना कैदीबन्दी रहेका छन् । धेरै कैदीबन्दी भएकाले ८० जनाक्षमता रहेको महिला बन्दीगृहमा पुरुष राखिएको र महिलालाई पोखरा पठाउने गरिएको कारागारले जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies