Khabar Dabali Logo
  October 24, Sat

ग्यास सिलिन्डरको धरौटी शुल्क २१ सय

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले सबै ब्रान्डको ग्यास सिलिन्डरको एउटै मूल्य हुने गरी धरौटी रकम २ हजार १ सय रुपैयाँ निर्धारण गरेको छ । यसअघि उद्योगले आफूअनुकूल धरौटी रकम निर्धारण गर्दै आएका थिए ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – जसकारण अस्वस्थ प्रतिस्पर्धा भई डिलरहरूले धेरै ग्यासको सिलिन्डर लुकाइदिने र बढी मुनाफा भएको सिलिन्डर बिक्री गर्न जोड दिने गरेका थिए । संघले एक निर्णय गरी सोमबारबाट नयाँ सिलिन्डर लिँदा उपभोक्ताले २ हजार १ सय रुपैयाँ मात्र तिर्नुपर्ने व्यवस्था गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

त्यस्तै, नयाँ सिलिन्डर खरिद गरेको बिल अनिवार्य रूपमा लिएर राख्न पनि संघले आग्रह गरेको छ । ‘उपभोक्ताले सिलिन्डर खरिद गर्दा अनिवार्य रूपमा सम्बन्धित उद्योगको धरौटी रसिद विक्रेता (डिलर) मार्फत लिनुपर्नेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘रसिद नलिइएका सिलिन्डरहरूको जवाफदेही तथा दायित्व उद्योगले लिनेछैन ।’

यस्तो निर्णयपछि अब जुनसुकै कम्पनीको सिलिन्डरसहित ग्यास खरिद गर्दा उपभोक्ताले समान रकम भुक्तानी गर्ने अवस्था सिर्जना भएको छ । अहिले ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ३ सय ७५ रुपैयाँ कायम छ । यसर्थ, ग्याससहित कुनै पनि ब्रान्डको नयाँ सिलिन्डर खरिद गर्ने जुनसुकै उपभोक्ताले ३ हजार ४ सय ७५ रुपैयाँ भुक्तानी गर्नुपर्नेछ ।

संघको २३ भदौमा सम्पन्न भर्चुअल २५औँ वार्षिक साधारणसभाले यस्तो निर्णय गरी कार्यान्वयन गर्न डिलरहरूलाई आग्रह गरेको हो । ग्याससहित नयाँ सिलिन्डर बिक्री गर्दा डिलरहरूलाई प्रतिसिलिन्डर १ सय रुपैयाँ ह्यान्डलिङ खर्च उपलब्ध गराउने निर्णयसमेत भएको छ ।

खाली सिलिन्डर लिएर आउने उपभोक्तालाई भरिएको सिलिन्डर बिक्री गर्दा डिलरहरूले प्रतिसिलिन्डर ३२ रुपैयाँ कमिसन पाउँदै आएका छन् ।

अशोज २७ गते, २०७७ - ०६:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई...   

विपन्न नागरिक भन्छन् : दशैँ कसरी टार्ने ?

टीकापुर । टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् । दशैँको सप्तमीका...   

किसान क्रेडिट कार्ड अन्तिम चरणमा दशैंपछि किसानका हातमा

काठमाडौं । व्यावसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएकाका लागि...   

कोरोनाले पर्यटन क्षेत्र थिलथिलो, व्यवसायीलाई बैंकको ब्याज तिर्नै समस्या

मोरङ । कोरोना भाइरसको संक्रमण फैलिएसँगै पर्यटन क्षेत्रमा ठूलो असर परेको छ । कोरोनाका कारण बाह्य र...   

कपिलवस्तुमा युवतीमाथि सामूहिक बलात्कारको प्रयास

कपिलवस्तु । कपिलबस्तुमा एक बालिकामाथि सामूहिक बलात्कारको असफल प्रयास भएको छ । कपिलबस्तुको शुद्धोधन...   

देशभर आज बडादशैंको आठौं दिन महाअष्टमी पर्व मनाइदैँ

काठमाडाैँ । नेपाली हिन्दूधर्माबलम्बीकाे महान् चाड बडा दसैंको आठौं दिन आज शक्ति स्वरुपा महादुर्गाको...   
‘लकडाउन’ ले ‘लक’ नभएको उद्योग

‘लकडाउन’ ले ‘लक’ नभएको उद्योग

कैलाली । सबै खालका उद्योग र व्यवसाय कारोना महामारीले गर्दा सुस्त रहेका बेला धनगढी उपमहानगरपालिका–१४...   

‘ठूला माछा’ होलान् त ठहरै ?

काठमाडौं । पहुँचवाला भ्रष्टाचारी चोख्याउँदै तल्लो तहका कर्मचारी सताएको कारण अख्तियार सुस्ताएको...   

दसैंको टीका छाडेर आँसु खसाल्दै मुगलान लागे नेपाली

काठमाडौं । यतिवेला हिन्दू धर्मावलम्बीहरूको घरमा दसैँ पसिसकेको छ । अघिल्ला वर्षहरूमा यतिखेर नाकामा...   

चौरसिया हत्यामा संलग्नलाई कारबाही गर्न नेकपा नेता नेपालको माग

काठमाडौं। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पर्सा जिल्ला कमिटी सदस्य मुकेश चौरसियालाई आक्रमण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top