Khabar Dabali Logo
  October 28, Wed

६ खर्ब निक्षेप बढ्दा पनि सात अर्ब घट्यो ब्याज खर्च

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी सुस्तिएपछि निक्षेपको ब्याजदर घटाएका कारण बैंकहरूको ७ अर्ब रुपैयाँ जोगिएको छ । बैंकहरूले ग्राहकलाई दिने औसत ब्याजदर एक वर्षमा ६ दशमलव ८ प्रतिशतबाट घटेर पाँच दशमलव ६१ प्रतिशतमा सीमित भएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्ष भदौमा बैंक तथा वित्तीय संस्थामा ३३ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । बैंकहरूले यसका लागि ४० अर्ब १९ करोड रुपैयाँ खर्च गरेका थिए । यस्तो खर्च कुल निक्षेपको एक दशमलव १९ प्रतिशत थियो ।

तर, यो भदौमा संस्थाहरूको निक्षेप ६ खर्ब ४ अर्ब रुपैयाँले बढेर ३९ खर्ब ६० अर्ब पुगेको छ । यसले बैंकहरूको निक्षेपको लागत ४३ करोड घटेर ३९ अर्ब रुपैयाँमा सीमित भएको छ । गत वर्षजस्तै १ दशमलव १९ प्रतिशतको दरमा खर्च गर्नुपरेको भए लागत ४७ अर्ब १२ करोड रुपैयाँ पुग्ने थियो ।

बैंक तथा वित्तीय संस्थाले बचत खाता र मुद्दती खाताको ब्याजदरमा कटौती गरेका हुन् । मुद्दती खातामा यसअघि औसत ९ दशमलव ८७ प्रतिशत ब्याजदर दिइरहेकोमा यस पटक ८ दशमलव ६८ प्रतिशतमा झारेका छन् ।

त्यस्तै, बचतमा यसअघि औसत ४ दशमलव ८५ दिइरहेका संस्थाहरूले ३ दशमलव ३३ मा यसलाई सीमित पारेका छन् । वाणिज्य बैंकहरूले केही वर्षअघि राष्ट्र बैंककै रोहबरमा मुद्दती निक्षेपमा ९ प्रतिशत र साधारण बचतमा ६ प्रतिशतभन्दा बढी ब्याज दिन नपाइने गरी अघोषित सीमा तोकेका थिए । ब्याजदर उकालो लाग्दा गरिएको यो अघोषित प्रतिबद्धता तोडिएसँगै ब्याजदरसमेत ओरालो लाग्न थालेको थियो ।

वाणिज्य बैंकहरूले नै सार्वजनिक गरेको तथ्यांकले भने गत असारको तुलनामा भदौमा ब्याज नदिइने वाणिज्य बैंकहरूमा रहेको चल्ती खातामा ९५ अर्ब रुपैयाँ घटेको छ । चल्ती खातामा सरकारले ठेक्कालगायतका लागि दिने भुक्तानीहरू समेत रहने भएकाले असारपछि यस्तो खातामा रहेको रकम घट्दै जाने बैंकरहरू बताउँछन् ।

‘ब्याज कम दिएका कारण सस्तो लागतको निक्षेप नै गुम्यो भन्न नमिल्ला,’ नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले भने, ‘चल्ती खातामा ग्राहकले ब्याज पाउँदैनन् भने असारको तुलनामा त्यसपछिका महिना यस्तो बचत रकमसमेत घट्दै जान्छ ।’

तर, चल्ती खाताको घट्दो प्रवृत्तिमा भने गत वर्षभन्दा दोब्बरले वृद्धि भएको छ । यो खातामा गत वर्षको असारदेखि साउनमा भने ३० अर्ब ९५ करोड रुपैयाँ मात्रै घटेको थियो । हुन त कल निक्षेपमा समेत एक महिनामा करिब ५ प्रतिशत अर्थात् १५ अर्बले कटौती भएको छ ।

राष्ट्र बैंकले कल बचतमा यसअघि कायम ११–१२ प्रतिशतसम्म ब्याज दिने प्रचलन रोक्दै साधारण बचतसरह ब्याज दिन निर्देशन दिएको थियो । पछि त्यसलाई पुनः संशोधन गर्दै साधारण निक्षेप खातामा दिइने ब्याजदरभन्दा आधा कम (५० प्रतिशत) बराबर मात्र दिन निर्देशन दिएको थियो ।

अशोज २७ गते, २०७७ - ०६:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हेर्नुहाेस्, तपाईंको आजको राशिफल

काठमाडौं । वि.सं.२०७७ साल कार्तिक ११ गते । मंगलबार । ईश्वी सन् २०२० अक्टोबर २७ तारिख । नेपाल संवत् ११४०...   

जोखिम ख्याल नगरी बजारमा चहलपहल

डोटी । दशैँका समयमा यहाँका प्रमुख बजार दिपायल, पिपल्ला र राजपुरमा चहलपहल बढेको छ । कोरोना सङ्क्रमणका...   

आज दसैंको मुख्य दिन विजयादशमी , टिकाकाे साइत बिहान १०ः१९ बजे

काठमाडाैं । आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी अर्थात धार्मिक कथाअनुसार असत्यमाथि सत्यको...   

गण्डकी प्रदेशमा चार काेराेना संक्रमितकाे मृत्यु, जम्मा मृत्तककाे संख्या ६३ पुग्यो

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा एक महिलासहित थप चार जनाको मृत्यु भएकाे छ । पोखराका...   

नेकपाका नेता जनार्दन शर्मालाई पनि देखियाे कोरोना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई पनि...   
फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

दोलखा। एक महिलसँग फेसबुक च्याटमा अश्लिल गतिविधिका लागि प्रस्ताव गरेको च्याटका ‘स्क्रिन सट’ हरु सामाजिक...   

आज महानवमी पर्व मनाइँदै

काठमाडौं । नेपाली हिन्दुहरूकाे महान् चाड बडा दशैंको आज नवौं दिन महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा...   

बलात्कारको पनि बद्ला ! दाजुभाइ पक्राउ

राजविराज । बलात्कारको आरोपमा कारागार थुनामा परेका आरोपितकी ४५ वर्षीया श्रीमतीमाथि बलात्कार प्रयास...   
बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई...   

विपन्न नागरिक भन्छन् : दशैँ कसरी टार्ने ?

टीकापुर । टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् । दशैँको सप्तमीका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top