Khabar Dabali Logo
  October 23, Fri

काठमाडौंँ उपत्यकामा आकस्मिकबाहेक अन्य शल्यक्रिया नगर्न निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंँ उपत्यकाका अस्पताललाई आकस्मिकबाहेक अन्य शल्यक्रिया नगर्न निर्देशन दिएको छ । पछिल्लो समय हरेक दिन लक्षण भएका कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेका समयमा मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

यस किसिमको व्यवस्था भएमा कोरोनाका बिरामीलाई केही हदसम्म भए पनि सघन उपचार कक्ष र भेन्टिलेटर बेड पाइने मन्त्रालयको भनाइ छ । काठमाडौँ उपत्यकामा ३०० शय्याको सरुवा रोग अस्पताल निर्माणका लागि भवन तथा जग्गा खोज्ने कार्यको शुरुआत भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए।

त्यसैगरी सरकारले काठमाडौँ उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने जनाएको छ । सार्वजनिक स्थान तथा सार्वजनिक यातायातमा सुरक्षाका मापदण्ड कडाइका साथ लागु गर्न गराउन सम्बद्ध निकायलाई अनुरोध गरिने भएको छ । यात्रापूर्व सात दिन र गन्तव्यमा पुगिसकेपछि पुनः सात दिन एकान्तबास बसी कोरोनासँग सम्बन्धित कुनै लक्षण देखिए चिकित्सकको निगरानीमा बस्न मन्त्रालयले आग्रह गरेको छ ।

अशोज २६ गते, २०७७ - २१:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकारमा केसी

अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकारमा केसी

काठमाडौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलका प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएको छन्...   

तीन लाख नक्कली नोटसहित एक जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले रु तीन लाख २१ हजार नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।...   

गुह्येश्वरी गर्भगृहको दुई किलो सुन गायब !

काठमाडौं । गुह्येश्वरी मन्दिरमा १७३.५ तोला सुन अनियमितता भएको तथ्य फेला परेको छ । पशुपति क्षेत्र विकास...   

फूलपाती भित्र्याउने पर्व स्थगित

मकवानपुर । कोरोना सङ्क्रमण फैलिएसँगै वागमती प्रदेशको राजधानी हेटौँडामा फूलपाती भित्र्याउने कार्य...   
उपराष्ट्रपति पुनद्वारा चाडपर्व खर्च कोरोना उपचार कोषमा प्रदान

उपराष्ट्रपति पुनद्वारा चाडपर्व खर्च कोरोना उपचार कोषमा प्रदान

काठमाडाै‌ । उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्व खर्चवापत आफूलाई प्राप्त रकम ‘कोरोना भाइरस संक्रमण...   

प्रदेश २ सरकारले कोरोनाको उपचार निःशुल्क गर्ने

धनुषा । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना महामारीको उपचार प्रदेश २ का सरकारले...   
सात महिनापछि नेपाल एयरलाइन्सको ताप्लेजुङ उडान

सात महिनापछि नेपाल एयरलाइन्सको ताप्लेजुङ उडान

फुङ्लिङ । ताप्लेजुङको विमानस्थल सुकेटारमा नेपाल एयरलाइन्सले सात महिनापछि पहिलो पटक आजदेखि उडान...   

मानव तस्करमा परेका २४ जनालाई उद्धार

काठमाडाै‌ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखाले...   

विश्वमा कोरोना सङक्रमितको संख्या चार करोड नाघ्यो

वासिङ्टन । विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड नाघेको जोन्स हप्किन्स विश्व...   
अफगानिस्तानको जलालावादमा भागदौडमा परी १२ जना महिलाको मृत्यु

अफगानिस्तानको जलालावादमा भागदौडमा परी १२ जना महिलाको मृत्यु

जलालावाद । अफगानिस्तानको जलालावादमा आज अपरान्ह भएको भागदौडमा परेर कम्तीमा पनि बाह्र जना महिलाको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top