Khabar Dabali Logo
  October 21, Wed

प्रधानमन्त्री ओलीलाई प्रचण्डको आग्रह- कर्णाली प्रदेशको विवाद मिलाउने पहल गर्नुहोस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशको पार्टी विवाद मिलाउन प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान दुई अध्यक्षबीच भएको छलफलमा अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशमा आएको विवादबारे ओलीसँग वास्तविकता बुझ्ने प्रयास गरेका थिए ।

स्रोतका अनुसार ओलीले विवादबारे प्रष्ट नपारेपनि आफ्नो स्वीकृतिमै अविश्वासको प्रस्ताव दर्ता गरेको कुरा भने स्वीकार गरेका थिए ।

भेटवार्ताका क्रममा प्रचण्डले कर्णाली प्रदेशमा आएको विवादले राम्रो सङ्केत नगरेको भन्दै त्यसलाई पार्टी नेतृत्व तहले नै मिलाउन पहल गर्नुपर्ने धारणा राखेका थिए । कर्णालीमा जे भयो राम्रो भएन भनेर प्रचण्डले भन्नुभयो’, प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले नै मिलाएर लैजानुपर्छ भन्ने कुरा भयो।’

कर्णाली प्रदेशका १८ सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। तत्कालीन एमाले र माओवादी एकताअघि मुख्यमन्त्री भागवण्डा हुँदा कर्णाली प्रदेश माओवादीको भागमा परेको थियो।

पूर्व एमालेतर्फका १५ सांसद र पूर्वमाओवादीका ३ सांसदले शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।

अशोज २६ गते, २०७७ - १३:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं उपत्यकामा मात्रै ३ हजार १०७ जनामा कोरोना, मृत्यु हुनेको संख्या ७९१ पुग्यो

काठमाडौं । बुधबार काठमाडौ उपत्यकामा मात्रै ३ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य...   

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, मंसिर ९ देखि हुने

काठमाडौं । कोरोना भाइरसका कारण सरेको कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ। राष्ट्रिय...   

देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ नाघ्यो, निको हुनेको संख्या एक लाख नजिक

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या अहिलेसम्मकै...   

बुधबार थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित, २६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या अहिलेसम्मकै...   

अनिश्चितकालका लागि हुम्ला जिल्ला अस्पताल बन्द

हुम्ला । जिल्ला अस्पताल हुम्लाका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल...   

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक...   

ललितपुरका चार हजार बढीले राहत बुझे

ललितपुर । कोरोना महामारीले दिनानुदिन उत्पन्न गरेको भयाभह अवस्थामा दक्षिण ललितपुरका चार हजार बढीले...   
गृह मन्त्रालयकाे नाम लिएर भ्रामक सूचना प्रवाह भएपछि दूरसञ्चारले दियाे कारवाहीकाे चेतावनी

गृह मन्त्रालयकाे नाम लिएर भ्रामक सूचना प्रवाह भएपछि दूरसञ्चारले दियाे कारवाहीकाे चेतावनी

काठमाडौँ । मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक सन्देश ग्राहकलाई सम्प्रेषण...   

समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन

दार्चुला । सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन...   

गण्डकी मेडिकल कलेजमा मृत्यु भएकाको कुशको शव बनाएर दाहसंस्कार

दमौली । मृत्युपश्चात् कोरोना सङ्क्रमण पुष्टि भएका व्यास नगरपालिका–३ का ६५ वर्षीय एक व्यक्तिको कुशको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top