Khabar Dabali Logo
  October 29, Thu

चीनसँगको सीमा नाका बन्द हुँदा हुम्लाको लिमीमा खाद्यान्न सङ्कट, भोकमारीको सङ्केत देखियो

हुम्ला । कोरोना भाइरस महामारीपछि चीनसँगको सीमा नाका बन्द हुँदा हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा खाद्यान्न सङ्कट भएको छ । सीमा नाका बन्द भए पनि नाम्खा गाउँपालिकाका नागरिकलाई खाद्यवस्तु बिक्री गर्दै आएका व्यापारीले सात महिनादेखि खाद्यान्न कारोबार गरेका छैनन् ।

व्यापारीले खाद्यान्न नपठाउँदा नाम्खा – ६ लिमीका तिल, जाङ र हल्जी गाउँमा भोकमारीको सङ्केत देखिएको छ । चीनसँग जोडिएको वडा –६ लिमी गाउँवासीले वर्षौँदेखि चीनका व्यापारीबाट खरीद गरी खाद्यान्न आयात गर्दै आएको स्थानीयवासी पेमाछ्योकी लामाले बताए । वडाध्यक्ष पाल्जोर तामाङका नेतृत्वमा ११ जनाको टोली चामलको माग गर्दै लिमीबाट चार दिनको पैदल हिँडेर हुम्लाको सदरमुकाम सिमकोट आइपुगेको छ ।

स्थानीय बासिन्दासहित सिमकोट आइपुगेका वडाध्यक्ष तामाङले भने, ‘गाउँमा खाद्यान्न छैन । चीनको नाका बन्द भएकाले ल्याउन पाएका छैनौँ । भोकै बस्नुपर्ने अवस्था आएपछि चार दिन हिँडेर सदरमुकाम पुगेका हौँ ।’

वडा नं ६ लिमीसहित नाम्खा गाउँपालिकाभरिका नागरिकले चीनको तिब्बतबाट दैनिक उपभोग्य सामानको आपूर्ति गर्दै आए पनि यस पटक विश्वभर फैलिएको कोरोनाका कारण सात महिनादेखि हुम्लासँगको हिल्सा र लाप्चा नाका बन्द हुँदा यस क्षेत्रमा खाद्यान्न सङ्कट भएको हो । वडा नं ६ लिमीका तिल, जाङ र हल्जीमा १८० परिवार बसोबास गर्दै आएका छन् ।

लिमी जिल्लाकै अग्लो क्षेत्रमा अवस्थित रहेकाले जौ र उवा मात्रै फल्छ, अन्य खाद्यान्न उत्पादन हुँदैन । यहाँका बासिन्दाले फापर र आलु पनि उत्पादन गरे पनि बढीमा ६ महिना मात्र धान्ने गरेको वडाध्यक्ष तामाङले बताए । स्थानीय उत्पादनले नपुग्ने भएका कारण स्थानीयवासीले चीनका व्यापारीको भर पर्नुपर्ने अवस्था छ । अब हिउँ पर्ने समय शुरु भएकाले समयमै खाद्यान्न ढुवानी नभए भोकै मर्नुपर्ने अवस्था आउने स्थानीयवासी छिरिङमुटुप तामाङले बताए ।

उत्तरी क्षेत्र नाम्खा गाउँपालिकामा कात्तिक मध्यतिरदेखि हिउँ पर्न थाल्छ, जसले गर्दा नेपालतिरको गोरेटो बाटो बन्द हुने गर्छ । त्यसपछि ढुवानी गर्न नसकिने भएकाले तत्काल खाद्यान्न व्यवस्था गर्न माग गर्दै सदरमुकाम सिमकोट आइपुगेको तामाङ्गले बताए ।

लिमीबाट आएको टोलीले बिहीबार र शुक्रबार जिल्लाका राजनीतिक दलका नेता, सरकारी कार्यालयका प्रमुख तथा सरोकार पक्षसँग भेटघाट गरिसकेको छ । सबैलाई तत्काल खाद्यान्नको व्यवस्थाका लागि पहल गरिदिन आग्रह गरिएको वडाध्यक्ष तामाङले बताए ।

सरकारले दिएको अनुदानको चामल ३० केजीको रु दुई हजार तथा ढुवानी प्रतिबोरा रु पाँच हजार पर्ने भएको छ । सिमकोटबाट लिमीको जाङ र हल्जी गाउँमा पु¥याउन प्रतिकेजी रु १७५ पर्ने भएको छ । यसबाट मूल्यभन्दा तीन गुणा बढी ढुवानी खर्च हुने भएको छ ।

लिमीमा भएको खाद्य सङ्कटका बारेमा माथिल्लो निकायमा जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए। यता नेपाल खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड हुम्लाले सिमकोट शाखाबाट तत्कालका लागि एक हजार क्विन्टल चामल उपलब्ध गराउने भएको कम्पनी हुम्लाका प्रमुख रामबहादुर विष्टले बताए। नाम्खा गाउँपालिकाका लागि आएको गत वर्षको एक हजार क्विन्टल चामल सिमकोटमा रोकिएकाले त्यो पनि पठाउने तयारी भहिरहेको जनाइएको छ ।

अशोज २६ गते, २०७७ - १२:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोभिड अस्पतालमा लापरवाहीको कारण बिरामीको मृत्यु भएपछि आकस्मिक अनुगमन

धरान । विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान, धरानले सञ्चालन गरेको कोभिड–१९ अस्पतालमा लापारवाही...   

बाघको आक्रमणबाट बच्न दिगो उपाय खोज्न प्रशासन र जनप्रतिनिधि अग्रसर

बर्दिया । मानव र वन्यजन्तु द्वन्द्वबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि दिगो समाधानका उपाय खोज्न...   
प्रधानमन्त्रीसँग रअ प्रमुखले गरेको भेटवार्ताबारे विवरण सार्वजनिक गर्न पूर्व राजदूतको आग्रह

प्रधानमन्त्रीसँग रअ प्रमुखले गरेको भेटवार्ताबारे विवरण सार्वजनिक गर्न पूर्व राजदूतको आग्रह

कपिलवस्तु । नेपाली काँग्रेसका नेता एवं भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री...   

सहकारीमार्फत तोकिएको मूल्यमा धान किन्दा किसानलाई राहत हुने

काठमाडौँ । सरकारले यसवर्ष समयमै धानको न्यूनतम् समर्थन मूल्य तोकेकाले किसानलाई राहत हुने भएको छ । सरकारले...   

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो, १ लाख २४ हजार ८६२ निकाे भए

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या...   

काठमाडौं उपत्यकामा मात्रै १६१५ संक्रमित थपिए

काठमाडौं । बिहिबार काठमाडौं उपत्यकामा १६१५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...   

बिहिबार थप २ हजार ३६४ जनामा कोरोना पुष्टि, ३ हजार ३८ जना निको भए

काठमाडौँ । पछिल्लो २४ घण्टामा बिहीबार थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...   

भारतको देहरादूनमा कुटिएका नेपालीको उद्धार गर्न कांग्रेसको आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको देहरादूनमा अध्ययनरत नेपाली विद्यार्थी...   

नेपालगञ्जमा २९ लाखसहित १० जना जुवाडे पक्राउ

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले गएराति नेपालगञ्जमा जुवाको खालमा छापा मारी रु २९ लाखसहित १०...   

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजदेखि शुरु

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि प्रशिक्षण शुरु गर्दैछ । बङ्गलादेशसँगको मैत्रीपूर्ण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top