Khabar Dabali Logo
  December 5, Sat

भीआईपीहरूले नै सरकारी प्रोटोकल नमानेपछि…

काठमाडौं । हाल नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघिसकेको छ । संक्रमण बढ्दै जाँदा सरकारले कुनै पनि क्षेत्रमा काम गर्दा कसरी व्यवहार गर्ने भन्ने सन्दर्भमा प्रोटोकल तय गरेको छ । तर, सरकारका प्रधानमन्त्री, विभिन्न पार्टीका नेतादेखि मन्त्री र सरकारी उच्च ओहोदामा रहेका भीआईपीहरू नै सरकारी प्रोटोकल मान्दैनन् अर्थात् हेलचेक्रयाइँ गर्छन् । उनीहरू मास्क नलगाई सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आइरहेका छन् ।

आजको राजधानी दैनिकमा खबर छ – प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि पत्रकार ऋषि धमलासँगको टेलिभिजन अन्तर्वार्ताका क्रममा मास्क नै लगाएका थिएनन् । यस्तै, उनले २६ भदौमा सम्पन्न नेकपाको स्थायी समितिको बैठकमा समेत मास्क लगाएका छैनन् । प्रायः प्रधानमन्त्रीका भेटघाटका तस्बिरहरू बिनामास्कका देखिन्छन् ।

यसैगरी, कांग्रेस सभापति शेरबहादुर देउवासमेत विरलै मास्क प्रयोग गर्छन् । उनले बाहिर हिँड्दा मास्क प्रयोग गर्ने गरेको देखिए पनि कार्यक्रममा सहभागी हुँदा र नेताहरूसँगको भेटघाटमा मास्क प्रयोगमा बेवास्ता गरेको देखिन्छ । देउवाले राप्रपा परित्याग गरी कांग्रेस भित्रिएका सुनिल थापासँगको सामूहिक तस्बिर खिचाउँदा मास्क प्रयोगमा बेवास्ता गरिएको तस्बिर उनकै फेसबुक पेजमा छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि मास्क लगाउने तर हेलचेक्र्याइँ गर्नेमा पर्छन् ।

सरकारका उपप्रधानमन्त्री एवं कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारबाटै बनाइएको उच्चस्तरीय समिति सीसीएमसीका संयोजक ईश्वर पोखरेल समेत मास्क प्रयोगमा हेलचेक्रयाइँ गर्नेमा पर्छन् ।

अशोज २६ गते, २०७७ - ०७:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले सरकारविरुद्ध सडकमा उत्रने गर्याे निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सरकारको पछिल्लो कदमविरुद्ध सडकमा उत्रने भएको छ। कोरोना...   

भिजिट भिसामा मानव तस्करी भएको आशंकामा गृहले थाल्याे छानबिन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘सेटिङ’ मा मानव तस्करी भइरहेको आशंकामा गृह मन्त्रालयले...   
करोडौं मूल्य पर्ने मन्दिरको सार्वजनिक जग्गा व्यक्तिको नाममा : रातारात जग खनियो

करोडौं मूल्य पर्ने मन्दिरको सार्वजनिक जग्गा व्यक्तिको नाममा : रातारात जग खनियो

वीरगञ्ज । वीरगन्जको मुख्य व्यपारिक केन्द्र घण्टाघर नजिक रहेको करोडौं मूल्य पर्ने मन्दिरको सार्वजनिक...   

‘भारतीय गुप्तचर संस्थाका प्रमुखको भ्रमण अपारदर्शी छैन’

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय गुप्तचर संस्था (रअ) प्रमुखको भ्रमणले थुप्रै...   

नेकपा विवाद : दुवै पक्षको अडान कायमै

सहमतिको आधार खोज्न ओली पक्ष दौडधुपमा काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको...   

चिकित्सा शास्त्र प्रवेश परीक्षा नहुँदा अन्योल

काठमाडौं । चिकित्सा शास्त्र स्नातकोत्तर तहमा प्रवेश परीक्षा नहुँदा अध्ययन गर्न तयारी अवस्थामा रहेका...   
दक्षिण एसियाकै ठूलो म्याग्नेसाइट उद्योग २२ वर्षदेखि बन्द

दक्षिण एसियाकै ठूलो म्याग्नेसाइट उद्योग २२ वर्षदेखि बन्द

दोलखा। दोलखा र सिन्धुपाल्चोक जिल्लामा फैलिएको छ, ओरियन्ड म्याग्नेसाइट उद्योग । यो दक्षिण एसियाकै...   

हुम्लामा जीप दुर्घटना हुदाँ चारको मृत्यु, सात जना घाइते

हुम्ला । हुम्लामा बिरामी बोकेको बोलेरो जीप दुर्घटना हुदाँ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका...   

कोरोना महामारीका कारण सन् २०२० मा पर्यटक आगमन ८० प्रतिशतले घट्यो

काठमाडौं। कोरोना महामारीका कारण सन् २०१९ को तुलनामा सन् २०२० को ११ महिनामा ८० प्रतिशतले पर्यटक आगमनमा...   
हुम्ला विमानस्थलमा आगलागी, चिसाेकाे कारणले नियन्त्रणमा कठिनाइ

हुम्ला विमानस्थलमा आगलागी, चिसाेकाे कारणले नियन्त्रणमा कठिनाइ

हुम्ला । आज(बिहीबार) बिहानै हुम्ला सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top