Khabar Dabali Logo
  October 28, Wed

बुटवलमा एकै दिन तीन जना कोरोना सङ्क्रमितको मृत्यु

बुटवल । बुटवलमा कोरोना सङ्क्रमितको एकै दिन आज तीन जनाको मृत्यु भएको छ । अस्पतालका कोरोना सङ्क्रमितको उपचारका लागि सघन उपचार कक्षको अभाव हुँदा एक सङ्क्रमितको भने उपचारका लागि बुटवल बाहिर लैजाँदै गर्दा बाटामा मृत्यु भएको छ ।

बुटवलको सङ्क्रमितको उपचारका लागि सघन उपचार कक्ष नपाइएका दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा लैजाँदै गर्दा आज बिहान बाटैमा मृत्यु भएको हो । बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उनी लामो समयदेखि मुटु रोगको समस्याले पीडित रहेको जनाइएको छ ।

कोरोना सङ्क्रमित बुटवल–११ की ६१ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान करिब २ बजे कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको हो । बुधबार कोरोना विशेष अस्पतालको कक्षमा भर्ना भएकी सङ्क्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । श्वासप्रश्वासको समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

बुटवल–१ का ७० वर्षीय पुरुषको गए राति १० बजे कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । शनिबार अस्पताल भर्ना भएका उनमा यही असोज २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

अशोज २५ गते, २०७७ - १५:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सप्तकोशी नगरपालिका कार्यालय आजदेखि बन्द

सप्तरी । सप्तकोशी नगरपालिकाले आजदेखि एक हप्तासम्मका लागि कार्यालय तथा मातहतका वडा कार्यालय बन्द...   

उपत्यकामा थपिए ८४३ कोरोना संक्रमित, देशभरी सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३

काठमाडौँ । पछिल्लो २४ घण्टाको अवधिमा उपत्यकामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं...   

तातोपानी नाका आजदेखि पुनःसञ्चालन

चौतारा । नेपाल—चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा आएको...   

अब आइतबार र बुधबारमात्रै कोरोना ब्रिफिङ हुने

काठमाडौं । सरकारले अब हप्ताको दुई दिनमात्रै कोरोनाभाइरसको संक्रमणबारे प्रेस ब्रिफिङ गर्ने भएको छ। स्वास्थ्य...   

थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु, १ लाख २१ हजार ८२४ निको भए

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप १९५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य...   

बुधबार थप १९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप १९५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य...   
कोरोना परीक्षण र उपचार निरन्तर निःशुल्क हुन्छ : मुख्यमन्त्री भट्ट

कोरोना परीक्षण र उपचार निरन्तर निःशुल्क हुन्छ : मुख्यमन्त्री भट्ट

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड–१९ विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने...   

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा पठाउन थालियाे

चितवन । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा...   

हुम्लामा ८० घरधुरीलाई निःशुल्क सेनिटाइजर सहयोग

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ का ८० घरधुरीलाई निःशुल्क सेनिटाइजर प्रदान गरिएको...   

सशस्त्र द्वन्द्वका यौनजन्य हिंसा भोगेका महिला भन्छन्– कहिले पाइएला न्याय ?

काठमाडौं । नेपालमा विसं २०५२ देखि २०६३ सम्म भएको सशस्त्र द्वन्द्वका बेला बलात्कार तथा यौनजन्य हिंसा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top