Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

४४ जिल्ला कोरोना संक्रमणको रेडजोनमा

प्रदेश–१ का तीन, प्रदेश–२ का सबै आठ, बागमतीका सात, गण्डकीका सात, लुम्बिनीका १०, कर्णालीका तीन र सुदूरपश्चिमका सात जिल्ला रेड जोनमा

काठमाडौं । शनिबार अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् पाँच हजार आठ जनामा कोरोना संक्रमण पुष्टि भयो । योसँगै देशभर कोरोना संक्रमितको संख्या एक लाख पाँच हजार ६८४ पुगेको छ । यसमध्ये आधा संक्रमित रेड जोनमा रहेका जिल्लाका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार सयभन्दा बढी संक्रमित रहेका जिल्लालाई रेड जोनका रूपमा छुट्याएको छ । यसरी हेर्दा ४४ जिल्ला रेड जोनमा छन् । यी जिल्लामा मात्रै २४ असोजसम्म संक्रमितको संख्या ६१ हजार ५६ पुगेको छ । तर, तीमध्ये धेरैलाई भने निको भइसकेको छ ।

प्रदेशगत हिसाबले धेरै संक्रमित हुनेमा पहिलो बागमती, दोस्रोमा प्रदेश २, तेस्रोमा लुम्बिनी, चौथोमा प्रदेश १, पाँचौँमा सुदूरपश्चिम, छैटौँमा गण्डकी र सातौँमा कर्णाली प्रदेश छ । प्रदेश १ का १४ जिल्लामध्ये तीन जिल्ला रेड जोनमा छन् ।

यी तीन जिल्लामा शनिबारसम्म संक्रमितको संख्या नौ हजार एक सय ७७ छ । प्रदेश २ का आठवटै जिल्ला रेड जोनमा छन्, जहाँ शनिबारसम्म संक्रमितको संख्या १६ हजार एक सय १८ पुगेको छ ।

बागमती प्रदेशका १३ मध्ये सात जिल्ला रेड जोनमा छन् । यी जिल्लामा ४३ हजार सात सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरी, गण्डकी प्रदेशका ११ मध्ये सात जिल्ला रेड जोनमा छन्, जहाँ शनिबारसम्म संक्रमितको संख्या चार हजार नौ सय चार छ । गण्डकी प्रदेशका दुई जिल्ला मनाङ र मुस्ताङमा अहिले सक्रिय संक्रमित छैनन् ।

लुम्बिनी प्रदेशका १२ मध्ये रेड जोनमा रहेका १० जिल्लामा शनिबारसम्म १२ हजार आठ सय १५ जनामा संक्रमण देखिएको छ । कर्णाली प्रदेशमा १० मध्ये तीन जिल्ला मात्रै रेड जोनमा छन् । ती जिल्लामा तीन हजार चार सय ९५ जनामा संक्रमण देखिएको छ । यसबाहेक नौमध्ये सात जिल्ला रेड जोनमा रहेको सुदूरपश्चिममा शनिबारसम्म सात हजार ६ सय २३ जनामा संक्रमणको पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार संक्रमित एक लाख पाँच हजार ६ सय ८४ मध्ये अहिलेसम्म ७४ हजार दुई सय ५२ जनालाई निको भइसकेको छ । अहिले देशभर ३० हजार आठ सय १८ सक्रिय संक्रमित छन् । तीमध्ये तीन सय १८ जना संक्रमित आइसियूमा र ७५ जना भेन्टिलेटरमा छन् । अहिलेसम्म कोरोनाबाट ६ सय १४ जनाको ज्यान गएको छ ।

उपत्यकामा एकै दिन २६ सय ७२ मा कोरोना
कोरोना भाइरसको संक्रमण देशका अन्य जिल्लाको भन्दा काठमाडौं उपत्यकामा तीव्र देखिएको छ । शनिबार दुई हजार ६ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मको सर्वाधिक संख्या हो ।

शनिबार भेटिएका संक्रमितमध्ये काठमाडौंमा दुई हजार एक सय, ललितपुरमा तीन सय ६९ र भक्तपुरमा दुई सय तीनजना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै काठमाडौंमा संक्रमितको संख्या ३२ हजार पाँच सय ६१ पुगेको छ । त्यस्तै, ललितपुरमा चार हजार चार सय ८८ र भक्तपुरमा तीन हजार तीन सय २४ पुगेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies