Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सातामा १४ अर्बको कारोबार, बुलिस प्रवृत्ति कमजोर बन्दै

काठमाडौं । गत साता सेयर बजारसूचक नेप्से परिसूचक १८ अंकले बढे पनि बुलिस (बढ्दो) प्रवृत्ति कमजोर बनिरहेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - सातामा कारोबार रकम पनि करिब २८ प्रतिशतले बढेर १४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । बजारमा रहेका सेयरहरूको सम्पत्ति (कुल बजार पुँजीकरण) २१ खर्ब १८ अर्ब रुपैयाँ भएको छ ।

एक वर्षको अन्तरालमा नेप्से दोस्रो पटक बजार बन्द हुँदा कायम बिन्दुका आधारमा १ हजार ६ सय बिन्दुमा आइपुगेको छ । नेप्सेले १ हजार ६ सय २० को प्रतिरोध सामना गरिरहेको छ । यो बलियो प्रतिरोध साबित भइरहेको छ ।
एक साताको उच्च, न्यून र बन्द बिन्दुका आधारमा निकालिएको पिभट विश्लेषणले आगामी साता नेप्से बढेमा १ हजार ६ सय ३ मा प्रतिरोध र घटेमा १ हजार ५ सय ७३ मा पहिलो टेवा पाउनेछ ।

नेप्सेको मैनबत्ती चित्रमा इंगल्फिङ बियरिस आकृति बनाएको छ । अन्तिम २ दिनमा पहिलो दिन सेतो र अन्तिम दिन कालो मैनबत्ती बनेको छ । सेतो मैनबत्तीको पूरै शरीर ढाकेर कालो मैनबत्ती बनेको हो । यसले बजार बियरिस प्रवृत्तिमा जाने संकेत गर्छ । यो मध्यम संकेत हो ।

बुलिस प्रवृत्तिमा धक्का लागेको र बियरिस प्रवृत्तिले बल पाइरहेको यसले जनाउँछ । आइतबारसमेत बजार सुरु हुँदाको तुलनामा घटेर केही तल कालो मैनबत्ती बनेमा थ्री आउटसाइड बियरिस प्रवृत्ति बन्नेछ । यसले भने केही दिन बजार घट्ने सुनिश्चित गर्नेछ ।

सातामा जलविद्युत् समूहले सबैभन्दा धेरै ८ दशमलव ५४ प्रतिशत अर्थात् १ सय १० अंक वृद्धि भएको छ । साताको अन्तिम दिन वित्त कम्पनीमा उछाल देखिए पनि समग्रमा यो क्षेत्र ७ प्रतिशतले बढेको छ । सातामा जीवन बिमा, निर्जीवन बिमा, लघुवित्त र सामूहिक लगानी कोषको समूहगत परिसूचक मात्रै बढेको छ ।

जलविद्युत् कम्पनीको मूल्यलाई लिएर लगानीकर्ता विभाजित हुन थालेका छन् । यी कम्पनीको वृद्धिमा यही कारण पनि ब्रेक लागेको छ । अन्तिम दिन यो समूहगत परिसूचक घटेको हो ।

अधिकांश कम्पनी सञ्चित नोक्सानमै रहेको र तुलनात्मक रूपमा ठूला मानिने वाणिज्य बैंकहरूको मूल्य हाराहारी पुगेकाले पनि थप मूल्य बढेर लगानी गर्न नचाहने लगानीकर्ताको संख्या बढिरहेको छ ।

यद्यपि, यो क्षेत्रमा लगानी भने घटिसकेको छैन । अन्तिम दिन समेत बजारमा जलविद्युत् कम्पनीहरूको ९२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies