Khabar Dabali Logo
  October 22, Thu

धमाधम बन्द हुन थाले सरकारी कार्यालय

कञ्चनपुर । कञ्चनपुरका पालिका सहित सरकारी कार्यालयमा सेवारत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि हुन थालेपछि धमाधम कार्यालयका सेवा अवरुद्ध हुन थालेका छन् । बेलौरी नगरपालिकामा कार्यरत तीन कर्मचारीमा कोरोना पुष्टि भएपछि नगरपालिका एक साताका लागि सिल गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमप्रसाद चौधरीले भने, “आगामी बिहीबारसम्म स्वास्थ्य सुरक्षा अपनाउन सिल गरिएको हो । कर्मचारीलाई नै कोरोना देखिएपछि सेवा दिन सक्ने अवस्था हुँदैन ।” नगरपालिकाले सङ्क्रमितको सम्पर्कमा आएका अन्य कर्मचारीको समेत कोरोना परीक्षण गर्ने जनाएको छ ।

त्यसैगरी दुई दिनदेखि महेन्द्रनगरस्थित आन्तरिक राजश्व कार्यालयले सम्पूर्ण सेवा बन्द गरेको छ । राजश्व कार्यालयमा एक पुरुष कर्मचारीमा सङ्क्रमण देखिएपछि कार्यालयले सेवा बन्द गरेको हो । कार्यालयमा कार्यरत अन्य १७ कर्मचारीको समेत स्वाब सङ्कलन गरिएको र सो नतिजाका आधारमा सेवा सञ्चालन गरिने राजश्व कार्यालयले जनाएको छ । यहाँको दक्षिण क्षेत्रमा रहेको पुनर्वास नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना देखिएको छ ।

दुई दिनअघि कर्मचारीमा कोरोना देखिएपछि अतिआवश्यकबाहेकका सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ । अत्यावश्यक सेवा लिनका लागि स्वास्थ्यका मापदण्ड पालना गरी सेवा लिन सकिने नगरपालिकाबाट जारी सूचनामा भनिएको छ ।

त्यसैगरी यहाँको महाकाली अस्पतालमा आइसीयूमा उपचाररत बिरामीलाई कोरोना सङ्क्रमण देखिएपछि केही दिनयता आइसीयू सेवा अवरुद्ध छ । शुक्रबार अस्पतालका केही कर्मचारीमा समेत कोरोना पुष्टि भएकोे छ ।

अशोज २४ गते, २०७७ - १५:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपराष्ट्रपति पुनद्वारा चाडपर्व खर्च कोरोना उपचार कोषमा

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्व खर्चवापत आफूलाई प्राप्त रकम ‘कोरोना भाइरस संक्रमण...   

प्रदेश २ सरकारले कोरोनाको उपचार निःशुल्क गर्ने

धनुषा । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना महामारीको उपचार प्रदेश २ का सरकारले...   

काठमाडौं उपत्यकामा मात्रै ३ हजार १०७ जनामा कोरोना, मृत्यु हुनेको संख्या ७९१ पुग्यो

काठमाडौं । बुधबार काठमाडौ उपत्यकामा मात्रै ३ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य...   

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, मंसिर ९ देखि हुने

काठमाडौं । कोरोना भाइरसका कारण सरेको कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ। राष्ट्रिय...   

देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ नाघ्यो, निको हुनेको संख्या एक लाख नजिक

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या अहिलेसम्मकै...   

बुधबार थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित, २६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या अहिलेसम्मकै...   

अनिश्चितकालका लागि हुम्ला जिल्ला अस्पताल बन्द

हुम्ला । जिल्ला अस्पताल हुम्लाका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल...   

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक...   

ललितपुरका चार हजार बढीले राहत बुझे

ललितपुर । कोरोना महामारीले दिनानुदिन उत्पन्न गरेको भयाभह अवस्थामा दक्षिण ललितपुरका चार हजार बढीले...   
गृह मन्त्रालयकाे नाम लिएर भ्रामक सूचना प्रवाह भएपछि दूरसञ्चारले दियाे कारवाहीकाे चेतावनी

गृह मन्त्रालयकाे नाम लिएर भ्रामक सूचना प्रवाह भएपछि दूरसञ्चारले दियाे कारवाहीकाे चेतावनी

काठमाडौँ । मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक सन्देश ग्राहकलाई सम्प्रेषण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top