Khabar Dabali Logo
  October 20, Tue

यी हुन् कोरोना भाइरसबाट अत्यन्तै प्रभावित भएका देशहरु

न्युर्योक । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७८ लाख ९४ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय शनिबार जानकारी दिएको छ ।

पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । कोरोना सङक्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १८ हजार नाघेको छ ।

कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ६९ लाख ७९ हजार भन्दा बढी सङ्क्रमित भएका र यस सङ्क्रमणबाट एक लाख ७ हजार ४५० जनाको मृत्यु भईसकेको छ ।

कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख ५७ हजार नाघेको छ । सङ्क्रमणको कारण एक लाख ४९ हजार भन्दा बढीको मृत्यु भएको छ । खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ७२ हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २२ हजार २५७ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।

कोलम्बियामा ८ लाख ९४ हजार ३०० जना कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २७ हजार ४९५ जनाको मृत्यु भएको छ । स्पेनमा ८ लाख ९० हजार ३८१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भन ३२ हजार ९२९ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिना ८ लाख ७१ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २३ हजार २५० जनाको मृत्यु भएको छ । पेरुमा ८ लाख ४३ हजार ३५५ मा व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३३ हजार १५८ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ८ लाख ९ हजार ७५१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ८३ हजार ५०७ जनाको मृत्यु भएको छ । फ्रान्समा ६ लाख ९१ हजार ९७७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३२ हजार ५८३ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख ८८ हजार ३५२ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने १७ हजार ५४७ जनाको मृत्यु भएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या शनिबारसम्म १० लाख ७२ हजार ८२६ जना पुगेको छ ।

यस भाइरसबाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ७१ लाख २० हजार पुगेको छ । कूल सङ्क्रमितमध्ये दुई करोड ७९ लाख २ हजार भन्दा बढी हजार निको छन् भने करिब ८१ लाख ४४ हजार मानिस सक्रिय सङ्क्रमित छन् । विश्वभर अझै पनि ६८ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ ।

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।एएफपी

अशोज २४ गते, २०७७ - १४:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज राति मृगशिरा उल्कावर्षा हुने, यसरी हेरिन्छ उल्कावर्षा

काठमाडौं । हेलीको पुछ्रेताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने नेपाल...   

कोरोना संक्रमित आफैंले उपचार खर्च गर्नुपर्ने सरकारको निर्णयप्रति नेता नेपालको यस्तो आपत्ति

काठमाडौं । नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार...   

दशैंँमा यस वर्ष कुनै पनि बैंक नखोल्ने

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैंँबिदामा आफ्ना शाखाहरु नखोल्ने...   

निर्वाचन नजिकिदै गर्दा राष्ट्रपति ट्रम्प सञ्चार माध्यम र डा फाउचीप्रति आक्रामक

टक्सन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मतदानको दिन नजिकिदै जाँदा सवैतिर थप आक्रामक देखिदै आएका...   

प्युठानमा बस दुर्घटनामा परि चालकको मृत्यु, तीन घाइते

प्युठान । प्युठानमा बस दुर्घटनामा चालकको मृत्यु भएको छ । जिल्लाको माण्डवी गाउँपालिका–१ तिरामदेखि...   

रुपन्देहीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

रुपन्देही । रुपन्देहीमा थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नंं ११...   

कर्णाली विवाद मिलाउने जिम्मा प्रदेशलाई नै दिन प्रचण्डको प्रस्ताव, ओली मौन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुपकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशमा...   

एकै दिन बिके ५४० खसीबोका

काठमाडौं । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी तथा बोका बजार मूल्यअनुसार...   

धरानमा थप एक जना सङ्क्रमितको मृत्यु

धरान ।यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक सङ्क्रमितको मृत्यु भएको छ । इटहरीका...   

कोरोना भाइरसको कारण देखाउँदै महोत्तरीमा चार कार्यालय बन्द

महोत्तरी । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै महोत्तरीका चारवटा कार्यालयले आजदेखि आकस्मिक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top