Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

मिटर रिडरबाट यसरी ठगिए मुसीकोटवासी

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१ का ६४ वर्षीय अमरबहादुर थापाले गत जेठ महिनामा दुई महिनाको बिजुलीको बिल एक हजार २०० बुझाए । उनी घरको मिटर रिडिङको लागि गत भदौको तेस्रो साता सोमबहादुर राना जानुभएको थियो । नाताले उनीहरु मामा भान्जा छन् । भान्जाले मामाको बिजुलीको बिलको रसिदको पछाडि यही असोज ६ गतेसम्म रु ६६४ बुझाउनुपर्ने जनाउँदै रसिद थमाए । रसिदको अगाडि भने प्रत्येक महिना रु ३०÷३० तिर्नुपर्ने उल्लेख गरिएको थियो । विभिन्न समयको जरिवाना जनाउँदै रानाले उक्त रकम बुझाउनुपर्ने उल्लेख गर्नुभएको बताइएको छ ।

त्यसलगत्तै थापा नेपाल विद्युत् प्राधिकरण शाखामा पुगेर आफ्नो मिटरबाट बुझाएको रकम हेरे। रकम हेर्दा उहाँ छक्क पर्नुभयो । गत जेठमा रु एक हजार २०० बुझाएमध्ये जम्मा रु ७४ मात्रै रानाले प्राधिकरणमा बुझाउनुभएको रहेछ । बाँकी रु एक हजार १२६ रानाले आफूसँगबाट बढी असुली गरेको उनले ठहर गरे। पछिल्लोपटक पनि रु ६० आएकामा रु ६०४ बढी असुल्न खोजेको थापाले आरोप लगाए । उहाँले यसपटक मात्र आफूले हेरेको तर विसं २०७० देखि यसैगरी रकम बुझाएको बताए। “यसभन्दा अगाडि पनि बिल नहेरीकनै रकम बुझायौँ”, उनले भने, “विद्युत् प्राधिकरणको नाममा मिटररिडर रानाले थुप्रै रकम ठगी गरेका रहेछन् ।”

अर्का स्थानीय गोपाल गिरीले पनि मिटररिडर रानाले विगत सात वर्षदेखि बिजुलीको रकम उठाउँदै आएको बताउनुभयो । सोझा गाउँलेहरुबाट सकेसम्म रकम असुली गरी रानाले विद्युत् प्राधिकरण र मिटररिडर पदको समेत दुरुपयोग गरेको आरोप लगाए । रानाले सधैँभरि जरिवाना भन्दै रकम असुली गर्ने गरेको उनको भनाइ छ । बिजुलीको रकम घटेर आए पनि रानाले सधैँभरि अधिकतम रकम भन्दै असुली गर्दै आएको गिरीले गुनासो गरे ।

गत वैशाख महिनाको स्थानीय पूर्णबहादुर थापाको मिटरको बिलमा तिर्नुपर्ने रकम रु ६० थियो तर बिलको पछाडि भने रु २०० लेखेर उक्त रकम रानाले नै बुझिलिए । उनले प्रधिकरणमा हेर्दा रानाले जम्मा रु ३१ मात्रै भुक्तानी गरेको जानकारी पाए । गत माघ महिनामा नेत्रबहादुर रानासँगबाट मिटररिडरले रु २४० उठाए । बिजुलीको बिलमा रु १८० मात्र आएको उल्लेख थियो भने प्राधिकरणमा जम्मा रु २९ मात्रै रानाले बुझाएका थिए । रानाबाट गाउँका १२५ घरधुरी ठगिएको थापाले बताए ।

विसं २०७० मा स्थानीय उपभोक्ता समितिले रानालाई मिटररिडरको काम गर्ने जिम्मेवारी दिएको हो । बिग्रेको बिजुली बनाउने गरी बिलमा उल्लेख भएभन्दा प्रतिपरिवार रु २० दिनेगरी सम्झौता भएको थियो । यही अवस्थामा रानाले बिलमा दुईथरि रकम उल्लेख गर्दै हालसम्म करिब रु १० लाखभन्दा बढी रकम गाउँलेसँगबाट असुली गरेको वडासदस्य गङ्गा श्रेष्ठले बताए।

रानाको ठगीका बारेमा गाउँलेले थाहा पाएपछि गत चैत १० गते उपभोक्ता समितिको बैठकले उहाँलाई हटाउने निर्णय ग¥यो । समितिले उक्त निर्णय विद्युत् प्राधिकरणमा पु¥याए पनि प्राधिकरणले कुरा सुनेन । उल्टै रानालाई मिटररिडरको नियुक्ति दिएको वडासदस्य श्रेष्ठको भनाइ छ । समितिले हटाएपछि पनि रानाले विभिन्न बहानामा स्थानीय उपभोक्तासँग बढी रकम असुल्ने गरेको स्थानीयवासीले आरोप लगाएका छन् ।

रानाले रकम असुल्न नछाडेपछि स्थानीयवासी ७० जनाले हस्ताक्षर गरेर स्थानीयको रकम फिर्ताका लागि विद्युत् प्राधिकरणमा गत भदौ २५ गते निवेदन बुझाएका थिए । उक्त निवेदनको अझैसम्म पनि सुनुवाइ नभएको वडासदस्य श्रेष्ठले गुनासो गरे । उनले रानाका विरुद्ध निवेदन दिँदा अगुवाइ गरेवापत उल्टै आफूलाई विद्युत् चोरी गरेको भनी चरित्रहत्या गर्न खोजेको बताए ।

ठगी गरेको आरोप लागेका रानाले आरोप पुष्टि भए कारवाही भोग्न तयार भएको प्रतिक्रिया दिए । पहिले–पहिले तीन महिनाको एकपटकमा मिटररिडर गर्दा रु नौ हजार हुने भए पनि पछिल्लो समयमा त्यो आम्दानी नभएपछि रकम लिएको उनको भनाइ छ ।

प्राधिकरण जिल्ला शाखा गुल्मीका इलेक्ट्रिकल सुपरभाइजर दीपेन्द्र अधिकारीले मिटररिडरलाई रकम उठाउने अधिकार नभएको प्रतिक्रिया दिए । रिडर र स्थानीयवासीको समझदारीमा लेनदेन भएको भए कार्यालय त्यसमा जानकार नहुने उनले बताए । विद्युत्को कर्मचारी भएर ठगी गरेमा कारवाही हुनुपर्ने जनाउँदै अहिले कार्यालय प्रमुख नभएको र प्रमुख आएपछि थप निर्णय गर्ने उहाँले जानकारी दिए। मिटररिडिङ गरेवापत व्यक्तिले प्रतिमिटर रु ११ पाउने र त्योभन्दा बढी रकम लिन नहुने उनले बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies