Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

पिसीआरको दायरा बढाउन माग

सप्तरी । सप्तरीमा कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न पिसीआर परीक्षणको दायरा बढाउनुपर्ने सरोकारवालाले जोड दिएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले लकडाउन खुलेसँगै राजविराजसहित जिल्लाको विभिन्न ठाउँमा कोरोना सङ्क्रममित बढ्न थालेको जनाउँदै पिसीआर परीक्षणको दायरा वढाउन माग गरेको छ । जिल्लामा दैनिक सङ्क्रमणको अवस्था तथा आगामी चाडपर्वको समयमा हुने सम्भावित ओहरदोहर र भीडभाडका कारण जिल्लामा हाल भइरहेको परीक्षणको दायरा बढाउन माग गरिएको हो ।

सोही बैठककले जिल्लामा स्वाब परीक्षण गर्ने भिटीएम र किट (रिएजेन्ट) लगायतका स्वास्थ्य सामग्री सहयोग गरिदिन सङ्घ र प्रदेश सरकारलाई आग्रह समेत गरेको छ । बैठकमा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जीतकुमार झा र स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले कोरोनाको अवस्थाबारे अवगत गराएका थिए ।

सो बैठकमा विभिन्न निकायका सरोकारवाला, राजनीतिकर्मी, सञ्चारकर्मी, सुरक्षा निकायका पदाधिकारीको सहभागिता रहेको थियो । जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ भने एक हजार ३६२ सङ्क्रमित भएका छन् । ती मध्ये एक हजार १०३ जना डिस्चार्ज भइसकेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख रहेको पाइएको छ ।

पाँच जना थपिए कोरोना सङ्क्रमित

सप्तरीमा प्रहरी नायव उपरीक्षक (डिएसपी)सहित थप पाँच कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला प्रहरी कार्यालयमा एक साताअघि आएका डिएसपीसहित पाँच जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताए ।

उनका अनुसार राजविराज नगरपालिकाका–३ र सुरुङ्गा नगरपालिका एक जनामा सङ्क्रमण देखिएको हो । यससँगै सप्तरीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ३६२ जना पुगेको छ । ती मध्ये एक हजार १०३ जना डिस्चार्ज भइसकेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । कोरोनाबाट हालसम्म सप्तरीमा १९ जनाले ज्यान गुमाइसकेको जनाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies