Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

अनशनको २७ औं दिन : सहमति नजिक पुगेको सरकार–डा. केसीको वार्ता भाँडियो

काठमाडौं। बिहीबार सहमतिको प्रारम्भिक मस्यौदा तयार पारे पनि सरकार र डा. गोविन्द केसी पक्षबीच शुक्रबार वार्ता भाँडिएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - सहमतिको प्रारम्भिक मस्यौदाबाट सरकार पछि हटेपछि वार्ता विना निष्कर्ष टुंगिएको डा. केसी पक्षघर वार्ता टोलीको भनाइ छ । तर, सरकारी वार्ता टोलीका तर्फबाट भने शुक्रबार राति अबेर कुनै प्रतिक्रिया जनाइएन ।

दिनभर सरकारी टोलीले वार्ताबारे कुनै तयारी नगरेपछि आक्रोशित चिकित्सकले आन्दोलन सुरु गर्ने चेतावनी दिएका थिए । त्यसपछि सरकारले राति ९ बजे सिंहदरबारमा वार्ताका लागि केसी पक्षलाई बोलाएको थियो । तर, राति ११ बजेसम्म चलेको वार्तामा सहमति भने जुट्न सकेन ।

बिहीबार तयार सहमतिको प्रारम्भिक मस्यौदा प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ पठाइएको थियो । प्रधानमन्त्री ओलीले अध्ययन गरेपछि शुक्रबार औपचारिक सहमति गर्ने वार्ता टोलीको गृहकार्य थियो । तर, सहमति हुनुको साटो परिस्थिति झन् बिग्रिएको छ । डा. केसीको अनशन २७ औँ दिनमा छ ।

केसीपक्षीय वार्ता टोलीका संयोजक डा. जीवन क्षेत्रीले सरकारले नतिजामुखी वार्ता नचाहेको आरोप लगाए । उनले भने, ‘डा. केसीका तर्फबाट गठित वार्ता टोली सरकार छलछामपूर्वक अनिश्चित कालसम्म वार्ता लम्ब्याएर अनशनरत डा. केसीको ज्यान गम्भीर जोखिममा परोस् भन्ने चाहन्छ भन्ने हाम्रो निष्कर्षमा पुगेको छ ।’

बिहीबारको सहमतिबाट सरकार पछि हटेपछि वार्ता निष्कर्षविहीन भएको डा. क्षेत्रीको भनाइ छ । सरकारी टोलीले बिहीबारको सहमतिअनुसार काम गर्न नसक्ने जानकारी शुक्रबार रातिको वार्तामा आफूहरूलाई दिएको उनले बताए । डा. क्षेत्रीका अनुसार सरकारी वार्ता टोलीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग सम्पर्क नभएको भन्दै केही निर्णय लिन नसक्ने बताएको थियो ।

उनले सरकारी रवैयाविरुद्ध थप सशक्त आन्दोलनका कार्यक्रम ल्याउने र आन्दोलनबाट हुने असहज परिस्थितिको जिम्मेवार सरकार र मुख्यगरी शिक्षामन्त्री पोखरेल हुनुपर्ने बताए । उनले अन्तिम समयमा आएर मन्त्री पोखरेल आफ्नै वार्ता टोलीसँग सम्पर्कविहीन भई बदनियत र दुराशय देखाएको आरोप लगाए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies