Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

लाख नाघे संक्रमित : ५७ वर्ष पुरानो कानुन लागू– संक्रमित व्यक्ति घर बाहिर निस्केमा ६ महिनासम्म जेल

काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रणभन्दा बाहिर गएपछि सरकारले ५७ वर्ष पुरानो कानुनलाई ब्युँताएको छ । अब कोरोना संक्रमित व्यक्ति घर बाहिर निस्केमा ६ महिनासम्म जेल सजाय हुन सक्ने भएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - दैनिक जनस्वास्थ्यका नियम पालना गर्न अनुरोध गर्दा पनि नागरिकले अटेर गरेपछि सरकारले ‘संक्रामक रोग ऐन, २०२०’ लाई प्रयोगमा ल्याएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ‘संक्रामक रोग ऐन २०२०’ लागू गरिएकाले कोरोना पुष्टि भएको वा आशंकामा आइसोलेसन बसेको व्यक्ति घरबाहिर निस्केमा यही ऐनअनुसार कारबाही गरिने बताए ।

राजा महेन्द्रले देशभर वा देशको कुनै भागमा कुनै संक्रामक रोग फैलिएमा वा फैलिने सम्भावना देखिएमा त्यस्तो रोगले उग्र रूप लिन नपाउने गरी निर्मुल गर्न वा रोकथाम गर्न यो ऐन बनाएका थिए ।

संक्रामक रोग फैलिएमा रोग निर्मुल गर्न वा रोकथाम गर्न सरकारले आवश्यक कारबाही गर्न सक्ने र जनता वा कुनै व्यक्तिको समूहउपर लागू हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने यस ऐनमा विशेष व्यवस्था गरिएको छ । त्यही व्यवस्थाअनुसार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरिएको छ ।

ऐनअन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्नेछ । त्यस्तै, ऐनअन्तर्गत खटिएका व्यक्तिलाई काममा बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

कोरोना संक्रमित व्यक्ति आइसोलेसनमा नबसी अन्यत्र हिँडेको थाहा भएमा घर परिवार वा छिमेकीले अनुगमन गरी खबर गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । यस्तै, कोरोना भाइरसको पिसिआर परीक्षणका लागि स्वाब दिएका व्यक्तिलाई पनि रिपोर्ट नआउन्जेलसम्म क्वारेन्टिनमा बस्न मन्त्रालयले आग्रह गरेको छ ।

७३,०२३ संक्रमित निको भए

देशभर कोरोना भाइरस संक्रमितको संख्या लाख नाघेको छ । शुक्रबार मुलुकभर दुई हजार ५९ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या लाख नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार दुई सय ७९ नमुना परीक्षण गर्दा दुई हजार ५९ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार १८ हजार चार सय ७२ नमुना परीक्षण गर्दा चार हजार तीन सय ६४ जनामा संक्रमण देखिएको थियो ।

त्यस्तै, पछिल्लो २४ घन्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । सुनसरीमा तीन, काठमाडौं, झापा र रुपन्देहीमा दुई–दुई तथा ललितपुरमा एकजनाको मृत्यु भएको हो । संक्रमितमध्ये ७३ हजार २३ जना निको भएका छन् । अहिले २७ हजार ५३ जना आइसोलेसनमा रहेका छन् ।

उपत्यकामा एक हजार चार सय नौ जनामा संक्रमण

काठमाडौं उपत्यकामा शुक्रबार एक हजार चार सय नौजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार दुई हजार पाँच सय ४० जनामा संक्रमण देखिएको थियो ।

उपत्यकाका तीन जिल्लामध्ये पनि काठमाडौंमा धेरै संक्रमित देखिएका छन् । शुक्रबार काठमाडौंमा एक हजार एक सय १६, ललितपुरमा एक सय ६३ र भक्तपुरमा एक सय ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारको प्रमुख काम कोभिड–१९ विरुद्धको लडाइँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले कोभिड– १९ को रोकथाम, नियन्त्रण र उपचारमा हरसम्भव प्रयास गरिएको बताएका छन् । एनआरएन विश्व ज्ञान सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले सरकारको प्रमुख काम कोभिड– १९ विरुद्धको लडाइँ रहेको र नेपालीको जीवनरक्षाका लागि लागिरहेको पनि बताए ।

‘अहिले कोभिड– १९ को विश्वव्यापी महामारीको असर नेपालमा पनि परेको छ । नेपालमा अहिलेसम्म यो बढिरहेको छ । हाम्रो नियन्त्रणको प्रयास जारी छन् र अझै प्रभावकारी ढंगले प्रयासलाई अघि बढाएर केही समयभित्रै यसलाई न्यूनीकरण गर्ने र पूर्ण रूपमा नियन्त्रण गर्ने प्रयासमा आफूलाई केन्द्रित गरेका छौँ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले अहिले सरकारको प्रमुख काम कोभिड– १९ विरुद्धको लडाइँ भएको र कोही पनि नेपाली भोकै नपरोस् भनेर सचेत रहेको बताए । ‘कोभिड– १९ का कारण, स्वास्थ्यका कारण वा बिरामीका कारण क्षति हुन नपाओस् भनेर जीवनरक्षा गर्नुपर्ने दायित्व एकातिर छ ।

अर्कोतिर कोभिड– १९ ले पारेको प्रतिकूल प्रभावबाट आर्थिक संकट उत्पन्न भई जनताको जीवनमा भोकमरीजस्ता कुरा प्रकट हुने र त्यसले जीवनरक्षामा कठिनाइ हुने स्थिति नआओस् भन्ने अर्कोतिर छ ।

दुईवटै हिसाबले नेपालीले ज्यान गुमाउन नपरोस् र भोकले पनि नेपालीले ज्यान गुमाउन नपरोस् भनेर जनताको जीवन सुरक्षित गर्नु नै सबैभन्दा महत्वपूर्ण कुरा हो । यसबारे मैले सुरुदेखि नै अभिव्यक्ति दिँदै आएको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसका निम्ति मेरो नेतृत्वको सरकारले पूर्ण रूपमा प्रयास पनि गरेको छ । नेपाल सरकार दुईवटै पक्षबाट जनताको जीवनरक्षाका निम्ति प्रयासरत छ ।’

प्रधानमन्त्री ओलीले औषधिमय नेपाली भान्साको परम्परा, ज्ञानलाई थप खोज र विस्तार गर्न पनि आग्रह गरे । ‘हाम्रो भान्सामा अस्पताल छ । औषधीय गुण भएका मसलाका रूपमा खाइरहेका छौँ । घर–घरमा त्यसको प्रचलन बढ्दै गएको छ । यसलाई ज्ञानको, गौरवको परम्पराका रूपमा विस्तार गर्न जरुरी छ,’ उनले भने ।

कोभिड– १९ नियन्त्रणका लागि होमियोपेथिक, एलोपेथिक, आयुर्वेदिक चिकित्सा पद्धति अपनाइएको भन्दै उनले आयुर्वेद उपचार पद्धतिबारे जनतालाई सूचना सम्प्रेषण गर्नुपर्नेमा पनि जोड दिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies