Khabar Dabali Logo
  October 19, Mon

पौड्याल परराष्ट्रसचिव सहकर्मीहरूलाई निर्देशन– राष्ट्रिय स्वार्थमा खरो उत्रिनूस्

काठमाडौं । नवनियुक्त परराष्ट्रसचिव भरतराज पौड्यालले शुक्रबार कार्यभार सम्हालेका छन् । मन्त्रिपरिषद् बैठकले उनलाई बिहीबार मुलुकको २४ औं परराष्ट्रसचिव नियुक्त गरेको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – पौड्याल आगामी चार वर्ष परराष्ट्रसचिव रहनेछन् । यसअघि परराष्ट्रसचिव रहेका शंकरदास बैरागी मुख्यसचिवमा बढुवा भएपछि पौड्याल वरीयताका आधारमा सचिवमा बढुवा भएका हुन् ।

‘मैले कार्यभार सम्हालेको छु,’ परराष्ट्रसचिव पौड्यालले भने । कार्यभार सम्हालेपछि परराष्ट्रका कर्मचारीलाई सम्बोधन गर्दै पौड्यालले जनताको आवाज सम्बोधन गर्दै राष्ट्रिय स्वार्थ पूरा गर्न मन्त्रालय खरो उत्रिनुपर्ने बताए । उनले परराष्ट्रका कर्मचारीहरूलाई यसका लागि तयार हुनसमेत निर्देशन दिए ।

बमपरराष्ट्र मन्त्रालयप्रति पछिल्लो पटक सरकारको विश्वास बढेको भन्दै यो विश्वास कायम राख्न आफूले सक्दो प्रयास गर्ने उनको भनाइ थियो ।

‘परराष्ट्र मन्त्रालयबाट यसपटक मुख्यसचिव बन्ने अवसर प्राप्त भयो, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको तहबाट मन्त्रालयप्रति देखाइएको विश्वासले हाम्रो आत्मविश्वास बढेको छ, यसलाई कायम गर्न हामी खरो उत्रिनुपर्छ,’ सचिव पौड्यालको भनाइ उद्धृत गर्दै परराष्ट्रका एक सहसचिवले भने ।

सम्बोधनका क्रममा परराष्ट्रसचिव पौड्याल आफू विद्यालय नभएको स्याङ्जाको चिलाउनेबास गाउँबाट आएर परराष्ट्रसचिव बन्ने अवसर पाएको भन्दै भावुक भएका थिए ।

सचिव हुनुअघि पौड्याल परराष्ट्र मन्त्रालयका वरिष्ठ सहसचिव एवं प्रवक्ता थिए । उनले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संघसंस्थासम्बन्धी महाशाखाको नेतृत्व गर्दै आएका थिए । त्यसअघि परराष्ट्रसचिव पौड्याल सन् २०१२ देखि २०१६ सम्म पाकिस्तानका लागि नेपाली राजदूत थिए ।

पाकिस्तान जानुअघि पौड्याल परराष्ट्र मन्त्रालयको दक्षिण एसिया तथा सार्क महाशाखा प्रमुख थिए । यो महाशाखामा नेपाल–भारत सम्बन्धका काम प्राथमिकतामा हुने गरेको छ । उनीसँग दक्षिण एसिया महाशाखाको प्रमुख र सेकेन्ड म्यान दुवैको अनुभव छ ।

पौड्यालले उत्तरपूर्वी तथा दक्षिणपूर्वी एसिया महाशाखामा पनि उपसचिव हुँदा काम गरेका छन् । यसमा विशेषतः चीन र जापान मामिला पर्छ ।

उनीसँग जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका उपनियोग प्रमुखका रूपमा काम गरेको अनुभव छ । उनले युरोप–अमेरिका डिभिजनमा पनि काम गरिसकेका छन् भने उपशिष्टाचार महापालदेखि राहदानी विभागको महानिर्देशकको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

भारतसँग वार्ता के हुन्छ ?
जानकारहरूका अनुसार परराष्ट्रसचिव पौड्यालको परीक्षा भारतीय समकक्षी हर्षवद्र्धन सृंगलासँग हुने आगामी वार्ताबाट सुरु हुनेछ । कालापानी, लिपुलेक, लिम्पियाधुराका विषयमा दुवै देशका परराष्ट्रसचिवस्तरीय वार्ताका लागि दुई पक्षबीच छलफल भए पनि मिति तय भएको छैन ।

कोरोना महामारी सकिएपछि वार्ता गर्ने भारतको अडान छ । नेपालले भने तत्कालै वार्ता सुरु गर्नुपर्नेमा जोड दिँदै आएको छ । ‘भारतसँग वार्ताका लागि कूटनीतिक पहलकदमी कसरी लिनुहुन्छ, पौड्यालको परीक्षा त्यहीँबाट सुरु हुन्छ,’ एक जना पूर्व राजदूतले भने ।

दुई राजदूतको एग्रिमो आयो
सरकारले पाकिस्तान, जर्मनी र बेल्जियमका लागि सिफारिस गरेका तीन राजदूतमध्ये दुईजनाको एग्रिमो आएको छ । पाकिस्तान र जर्मनीका लागि सिफारिस क्रमशः तापस अधिकारी र रामकाजी खड्काको एग्रिमो आएको छ ।

अब चाँडै राष्ट्रपतिबाट नियुक्ति र शपथको तयारी हुने परराष्ट्र स्रोतले बतायो । बेल्जियमका लागि राजदूत सिफारिस प्रमुख शिष्टाचार महापाल गेहेन्द्र राजभण्डारीको एग्रिमो भने आउन बाँकी छ ।

अशोज २४ गते, २०७७ - ०६:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा जीप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु, तीन जना गम्भीर घाइते

उदयपुर । शनिबार उदयपुरमा भएको जीप दुर्घटनामा पाँच जनाको निधन भएको छ र तीन जना गम्भीर घाइते छन् । भैरहवाबाट...   

निजी स्कुल र अभिभावकबीचको शुल्क विवाद राष्ट्रपति कार्यालयसम्म पुग्यो

काठमाडौं । कोभिड– १९ का कारण भौतिक रूपमा विद्यालयमा उपस्थित भएर अध्ययन गर्न नपाएका विद्यार्थीबाट...   

प्रचण्डले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेका छन् : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलैले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेग्लै पार्टी...   

कोरोना संक्रमण फैलाउने ‘हटस्पट’ बन्दै पशुपतिको आर्यघाट क्षेत्र

काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या गुणात्मक रूपले बढ्न थालेसँगै पशुपति क्षेत्र...   

नेपाल र चीनले एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गर्ने

काठमाडौं । नेपाल र चीन दुवैले एकैपटक सगरमाथाको उचाइसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने भएका छन् ।...   
कोरोनाकाे त्रास: नवरात्रमा पनि सुनसान नै छन् शक्तिपीठ

कोरोनाकाे त्रास: नवरात्रमा पनि सुनसान नै छन् शक्तिपीठ

काठमाडौं । जमरा राखेपछि विधिवत् रूपमा दसैँ आरम्भ भएको मानिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म...   

नेकपामा बेथिति : कार्यकर्तामा असन्तुष्टि

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्व तहमा नै पार्टी एकताको बाँकी काम टुंग्याउन...   

अस्पतालले शैया लुकाउँदा गम्भीर संक्रमित पनि आइसोलेसनमै बस्न बाध्य

काठमाडौं । अस्पतालले कोरोना भाइरस संक्रमितलाई शैया दिन आनाकानी गर्दै खाली शैया समेत लुकाउन थालेपछि...   

दशैंमा पनि उपत्यका छाड्ने यात्रुमा कमी, खुलाइएन टिकट बुकिङ

काठमाडौं । सरकारले भनेको छ, ‘जहाँ छौं त्यहीं नै चाडबाड मनाऔं ।’ तर, दसैं मनाउन घटनास्थापनाकै दिन शनिबार...   

विश्व भोकमरीको सूचीमा नेपाल ७३ औं स्थानमा

काठमाडौं । विश्वमा भोकमरी हुने देशमध्ये नेपाल ७३ औं स्थानमा रहेको छ । भोकमरी मापनमा आधारित विश्वव्यापी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top