Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

वाग्मती प्रदेश सरकारद्वारा दश लाखसम्म सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम लागू

बाग्मती । वाग्मती प्रदेश सरकारले युवा उद्यमीलाई लक्षित गरी उत्पादन तथा रोजगारी सिर्जनाको लागि सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम लागू गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७७÷०७८ मा सहुलियतपूर्ण ऋण व्यवस्थापन कार्यक्रमअन्तर्गत कूल रु तीन अर्ब बजेट विनियोजन गरिएको बताइएको छ । जसअनुसार विभिन्न व्यावसायिक क्षेत्रका लागि एक युवा उद्यमी वा युवा मिलेर बनेको समूहलाई बढीमा पाँच वर्षको लागि वार्षिक तीन प्रतिशत ब्याजदरमा न्यूनतम रु पाँच लाखदेखि अधिकतम रु दश लाखसम्म ऋण उपलब्ध गराउने कार्यक्रम रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयका योजना बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख घनश्याम पन्थीले जानकारी दिए ।

कार्यक्रमअनुसार प्रदेश सरकारले कृषि व्यवसायसम्बन्धी उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरणसम्बन्धी, उद्योग व्यवसाय, पर्यटन प्रवद्र्धन, व्यापार व्यवसाय, वन तथा वातावरणजन्य उद्योग, महिला उद्यमशीलता, वन तथा वातावरण क्षेत्र, महिला तथा दलित समुदाय विकासको क्षेत्र र फोहरमैला व्यवस्थापनतर्फ ऋण लगानी गर्ने योजना छ ।

प्रदेश सरकारले १३ वटै जिल्लामा रहेका कृषि विकास बैंक लिमिटेडमार्फत युवा उद्यमीलाई सहुलियत दरमा ऋण लगानी गर्नेछ । कार्यक्रमलाई थप प्रभावकारी बनाउन सबै जिल्लामा जिल्ला समन्वय समितिका प्रमुख संयोजक र अन्य सरोकारवाला कार्यालयका प्रतिनिधि सम्मिलित अनुगमन समितिसमेत रहने छ । एक्काइस वर्षदेखि ४० वर्ष उमेर समूहका व्यक्ति वा सो उमेर समूह मिलेर बनेको समूहले सञ्चालन गर्ने फर्म, कम्पनी वा संस्थालाई सहुलियतपूर्ण ऋण लगानी गरिने छ ।

कार्यक्रमअनुसार कृषि व्यवसायसम्बन्धी उत्पादन प्रशोधन भण्डारण बजारीकरणतर्फ, उद्योग व्यवसायतर्फ, पर्यटन प्रवद्र्धनतर्फ, महिला उद्यमशीलतातर्फ, दलित समुदाय व्यवसायतर्फ र फोहरमैला व्यवस्थापनतर्फ ऋण उपलब्ध गराइने छ । धितो नभएकाको हकमा ऋण प्रवाह हुने परियोजना नै सुरक्षित रहने गरी ऋण वा परियोजनाबापत रु पाँच लाखसम्म र धितो राखेमा बढीमा रु दश लाखसम्म ऋण उपलब्ध गराइने छ ।

कार्यक्रमलाई व्यवस्थित, सरल, एवं पारदर्शीरुपमा सञ्चालन गर्न उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण लगानी कार्यविधि २०७७ समेत प्रदेश राजपत्रमा प्रकाशित भइसकेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता नारनप्रसाद पोखरेलले जानकारी दिए ।

कृषि, पशुपंक्षी , मत्स्य क्षेत्रको उत्पादकत्वमा वृद्धि गर्नुका साथै रोजगारी सिर्जना गर्ने, वन तथा वातावरण र पर्यटक क्षेत्रको वृद्धि गरी रोजगारी प्रवद्र्धन गर्ने, बेरोजगार युवालाई रोजगारीमा आबद्ध गर्ने, फोहरमैला व्यवस्थापन गर्ने, महिला तथा दलित समुदायको उद्यमशीलतालाई प्रवद्र्धन गर्ने र कोभिड–१९ बाट प्रभावित कृषि पर्यटन एवं रोजगारीमूलक घरेलु तथा लद्यु उद्योग व्यवसायीलाई पुनःउत्थान गर्ने कार्यक्रमको मुख्य उद्देश्य छ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies