Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

बैतडीका नौ स्थानीय तहमा अस्थायी कोभिड अस्पताल बनाइने

बैतडी । कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि बैतडीका नौवटा स्थानीय तहमा पाँच श्ययाको ‘कोभिड–१९ अस्थायी अस्पताल’ निर्माण हुने भएको छ ।

कोभिड–१९ सङ्क्रमित बिरामीको उपचारका लागि सरकारले सबै स्थानीय तहलाई पाँच श्ययाको अस्थायी अस्पताल बनाउन पत्राचार गरेपछि बैतडीका नौवटा स्थानीय तहमा कोभिड–१९ अस्थायी अस्पताल निर्माण हुने भएको हो ।

अस्पताल नभएका स्थानीय तहमा अस्थायी अस्पताल निर्माण गर्नका लागि सरकारले जिल्लामा बजेट समेत पठाइसकेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । अस्थायी अस्पताल निर्माणका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत प्रत्येक स्थानीय तहमा रु १० लाखका दरले बजेट निकासा भएको उनको भनाइ छ ।

बैतडीमा दशरथचन्द नगरपालिकाबाहेक सबै स्थानीय तहमा पाँच श्ययाका अस्थायी कोभिड अस्पताल निर्माण हुने स्वास्थ्य कार्यालयले जनाएको छ । “कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा स्थानीयस्तरका नागरिकलाई सजिलो होस् भनेर अस्थायी कोभिड अस्पताल बन्न लागेका हुन् । स्थानीय तहहरुले यी अस्पतालको व्यवस्थापन गर्नेछन्”, प्रमुख भट्टले बताए, “तीन महिनाका लागि मात्रै अस्थायी कोभिड अस्पताल सञ्चालनमा आउने छन् ।”

कोरोना भाइरसको जोखिम बढ्दै गएकाले कोरोनाका बिरामीको उपचारका लागि अस्थायी कोभिड अस्पताल निर्माणको अवधारणा ल्याइएको हो । जिल्लाको दोगडाकेदार गाउँपालिका, पुर्चौंडी नगरपालिका र सिगास गाउँपालिकाले अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्तिको समेत माग गरिसकेका छन् ।

ती अस्पतालमा एक चिकित्सक, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगीको तीन महिनाका लागि दरबन्दी रहेको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए । निर्माण हुने अस्थायी अस्पताल व्यवस्थापनमा प्रतिबेड रु दुई लाखका दरले खर्च गर्न सक्ने व्यवस्था गरिएको छ । त्यस्तै स्थानीय तहले तीन महिनाका लागि पाँच बेडमा रु पाँच लाख, औषधिका लागि रु ५० हजार तथा चकित्सक, नर्स र कार्यालय सहयोगीको पारिश्रमिकबापत रु चार लाख ५० हजार खर्च गर्न पाउने व्यवस्था गरिएको छ ।

जिल्लाको पाटन नगरपालिकाले पनि केही दिनभित्रै जनशक्ति माग गर्ने तयारी गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । उनले भने, “प्राथमिक स्वास्थ्य केन्द्रमै पाँच श्ययाको अस्थायी कोभिड अस्पताल निर्माणका लागि कार्यपालिकाले निर्णय गरिसकेको छ । केही दिनभित्रै जनशक्ति माग गरेर अस्पताल सञ्चालन गरिनेछ ।”

यस्तै सिगास गाउँपालिकाले पनि अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी गरेको स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले जानकारी दिए । उनले भेन, “हामी अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्तिका लागि आवेदन आह्वान गरिसकेका छौँ । छिट्टै कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याउनेछौँ ।”

केही स्थानीय तहले भने अझै पनि अस्पताल सञ्चालनको तयारी गर्न सकेका छैनन् । कोरोना भाइरसका जटिल बिरामीलाई अस्थायी कोभिड अस्पतालमा उपचार गरिने बताइएको छ । बैतडीमा हालसम्म ४१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । जसमध्ये २० जना सक्रिय सङ्क्रमित छन् भने एक जनाको मृत्यु भइसकेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies