Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

घारखोला जलविद्युत आयोजनाको ६५ प्रतिशत निर्माण कार्य सम्पन्न

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित घारखोला जलविद्युत आयोजनाको ६५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको १४ मेगावाट क्षमताको घारखोलाको बाँध, सुरुङ, विद्युत्गृह, पेनस्टक पाइप जडानलगायत पूर्वाधार निर्माणको काम धमाधम भैरहेको छ । सन् २०१८ जनवरीदेखि शुरु भएको आयोजनाको हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको म्याग्दी हाइड्रोपावर लिमिटेडका आवासीय इञ्जिनीयर जोसेब बज्राचार्यले बताए ।

अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा बाँध निर्माण भैरहेको छ । जगदेखि १२ मिटर अग्लो बाँध र पानी थिग्राउने ‘डिसेन्डर’ निर्माण अन्तिम चरणमा पुगेको छ । डिसेन्डरदेखि सुरुङसम्म ३८।३ मिटर लामो ‘डिसेण्डर एप्रोच क्यानल’ जडानको काम पनि अन्तिम चरणमा छ । तीन हजार पाँच मिटर लामो सुरुङमध्ये हालसम्म दुई हजार १७५ मिटर सुरुङ खनिएको छ । बाँधतर्फबाट एक हजार २१८ र किराथाप्ने स्थित ‘आउटलेट’ बाट ९५७ मिटर सुरुङ खनिएको हो । नेपाली सेनाको श्रीबक्स गुल्मअन्तर्गत घारस्थित बेस क्याम्पका सैनिकको निगरानीमा सुरुङ खन्न विस्फोटक पदार्थ प्रयोग गरिएको छ ।

पोखरेबगरस्थित गोजेखोल्सीमा विद्युत्गृह बनाउन माटो खन्ने काम भैरहेको छ । आउटलेटदेखि विद्युत्गृहसम्म ४९० मिटर पेनस्टक पाइप जडान गरिँदैछ । कारखानामा तयार भएको पेनस्टक पाइप ढुवानीको तयारी भएको छ । दशँै लगत्तै पाइप जोड्न शुरु गर्ने इञ्जिनीयर बज्राचार्यले बताए ।

घारखोलाको सिभिल ठेकेदार साउथ एसियन इन्फ्राइन्ट्रक्चर प्रालि हो । इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रालि र हाइड्रोमेकानिकल ठेकेदार सिई हाइड्रोमेकानिकल वर्क प्रालिले उपकरण तयार पार्ने काम धमाधम गरिरहेका छन् ।

सिभिल ठेकेदारका १४४ जना मजदूरले काम गरिरहेका छन् । कोरोनाका कारण बाहिरबाट मजदूर ल्याउन समस्या भए पनि उपलब्ध मजदूरलाई परिचालन गरिएको हो । लकडाउन घोषणा लगत्तै करिब २० दिन आयोजनाको काम रोकिएको थियो । भौगोलिक विकटता, कोरोनाको जोखिम र लकडाउनको असहज अवस्थाका बीच पनि कामलाई निरन्तरता दिएको आयोजनाले जनाएको छ ।

सन् २०२१ को सेप्टेम्बर अन्तिमसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले पोखरेबगरदेखि २२० केभी क्षमताको दाना सव स्टेशनसम्म साढे सात किलोमिटर प्रशारणलाइन निर्माण गर्नेभएको छ । यो आयोजनाको अनुमानित कूल लागत रु दुई अर्ब ४१ करोड ५८ लाख २५ हजार हो । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्ट्रिखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छ् । पाँच मेगावाट क्षमताको घलेम्दी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन शुरु गरेको छ ।

जम्मा ११० मेगावाट क्षमताको निलगिरि र निलगिरि क्यासकेट जलविद्युत् आयोजना निर्माण पनि धमाधम भैरहेको छ । त्यस्तै १० मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाले बेशी गाउँदेखि लेकगाउँ हुँदै बाँधतर्फ पहुँचमार्ग निर्माण गरिरहेको छ । कालीगण्डकी र आसपासका नदीमा सञ्चालित आयोजनामा उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न नेपाल विद्युत् प्राधिकरणले अन्नपूर्ण–३ दानामा सबस्टेशन र त्यहाँदेखि खुर्कोट जोड्ने प्रशारणलाइन निर्माण अन्तिम चरणमा पुगेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies