Khabar Dabali Logo
  October 29, Thu

जङ्गली हात्तीले सामुदायिक वनमा छावा जन्मायो

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वाणीस्थित महाकाली सामुदायिक वनमा जङ्गली हात्तीले छावा (बच्चा जन्माएको) पाएको छ । बिहीवार हात्तीले छावा पाएको हो । भर्खरै पाएको छावा सामुदायिक वनमा रहेको कुलोमा फसेपछि दर्जन बढीको सङ्ख्यामा रहेको हात्तीको बथानले निकालेर लगेको स्थानीय हरि चौधरीले बताए ।

“हात्तीले पाएको छावा जन्मेको केही समयमै हिँड्न थाल्यो”, उनले भने, “नजिकै खनिएको कुलोको माटोमा फसेपछि मानिसझै बथानका हात्तीले काठको प्रयोग गरी आधा घण्टा बढी समय लगाएर छावालाई निकालेर छाडे ।” नजिकैको सामुदायिक वनमा हात्तीले छावा पाएपछि टाढाबाटै हेर्नेहरुको घुइँचो लागेको उनले बताए । बस्तीमै आएर हात्तीले उपद्रो मच्चाउने डरले हात्तीको बथानलाई सामुदायिक वनको बाँसघारीबाट टाढा भगाइएको छ ।

सामुदायिक वन नजिकै मुक्तकमैया बस्ती छ । सामुदायिक वन संरक्षण गरिएपछि केही वर्षदेखि सुरक्षित बासस्थान र पर्याप्त आहाराका कारण हात्तीको बथान यस क्षेत्रमा पुग्ने गर्दछ । लालझाडी संरक्षण क्षेत्र नजिकैको महाकाली सामुदायिक वन हात्तीको पुरानो करिडरका रूपमासमेत रहेको छ । “सामुदायिक वन क्षेत्रमा हात्ती हेर्न जाने र जिस्काउनेहरुका कारण मानवीय क्षति हुन नदिनका लागि सबै जनालाई त्यस ठाउँमा नजानका लागि सेचत गराएका छौँ”, प्रहरी चौकी वाणीका प्रहरी सहायक निरीक्षक मोहन जोशीले भने, “सबडिभिजन वन कार्यालय वाणीका वनरक्षक, प्रहरी र सामुदायिक वनका पदाधिकारीको सहयोगमा हात्तीलाई वन क्षेत्रमा धपाइएको छ ।”

सामुदायिक वनले सार्वजनिक सूचना जारी गरेर वन क्षेत्रमा प्रवेशमा रोक लगाउनुका साथै वनक्षेत्र नजिकको बस्तीका बासिन्दालाई सचेत भएर बस्नका लागि आह्वानसमेत गरेको छ । भारतको दुधुवा नेशनलपार्क हँुदै हात्तीको बथान प्रतिवर्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझाडी संरक्षण क्षेत्र हुँदै चुरे क्षेत्रमा आउने गरेको छ । धानमा बाला लाग्नै आँटेका बेला हात्तीको बथान यहाँ आइपुग्दछ । धान काटेर किसानले भित्र्याइसकेपछि मात्रै हात्तीको बथान पुरानै बासस्थान दुधुवा नेशनल पार्कमा फर्कने गरेको छ ।

पुनः गहुँ बाली पाक्नै लागेका बेला हात्तीको बथान यहाँ आइपुग्दछ । हात्तीको बथानले स्थानीय बासिन्दाको खेतीपातीमा व्यापक नोक्सानसँगै घर भत्काउने र घरभित्र राखेको अन्नसमेत खान पछि पर्दैन । प्रतिवर्ष जङ्गली हात्तीको आक्रमणमा परेर स्थानीय बासिन्दाको ज्यान जाने र घाइते हुने क्रमसमेत विगत तीन वर्षयता बढेको छ । निकुञ्ज हँुदै स्थानीय किसानको खेतमा पुग्ने हात्तीको बथानलाई रोक्नका लागि मेसवायर जडानको कार्यसमेत अगाडि बढाइएको छ ।

अशोज २३ गते, २०७७ - १०:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली काँग्रेसको कार्यसमिति बैठक शुक्रबार हुने

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार अपराह्न पार्टीको केन्द्रीय कार्यालय,...   

हुम्ला स्वास्थ्य सेवा सञ्चालनमा

हुम्ला । हुम्ला स्वास्थ्य सेवा कार्यालयमा पीसीआर जाँच गर्दा गत असोज १२ गते सर्केगाड गाउँपालिका–५...   

तरकारी र फलफूल बलि दिएर मनाइयो दशैँ

हुम्ला । च्याङ्ग्रा, खसी नआएपछि स्थानीय बासिन्दाले तरकारी (आलु, फर्सी, करेला, प्याज, काँक्रो, मुला, स्याउ)...   

मध्य भियतनाममा पहिरो जाँदा कम्तीमा १६ जनाको मृत्यु

हनोई । मध्य भियतनामको क्वाङनाम प्रान्तमा बिहीबार पहिरो जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको भियतनामको...   

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका...   

देशलाई शान्तिको बाटामा लान पैगम्बरको जीवन र उपदेशले प्रेरणा प्रदान गरोस्ः मुख्यमन्त्री राउत

जनकपुर । मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मका प्रवत्र्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनका...   

भारतमा कोरोना संक्रमितको संख्या ८० लाख नाघे, १ लाख २० हजार बढीको मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बिहीबारसम्ममा ८० लाख नाघेको छ । भारतीय स्वास्थ्य...   

कोरोनाभाइरसबाट मेक्सिकोमा ९० हजार र अर्जेन्टिनामा ३० हजार बढीको मृत्यु

मेक्सिको सिटी । मध्य अमेरिकी राष्ट्र मेक्सिकोमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार...   

प्रदूषणविहीन इँटा उत्पादनका लागि एडीबीको एक करोड ४७ लाख अनुदान

काठमाडौँ । एशियाली विकास बैंक (एडीबी)ले प्रदूषणरहित ढङ्गले इँटा उत्पादन गर्न नेपाल सरकारलाई रु एक...   

कृषि क्षेत्रको विकासका लागि विश्व बैंकले ९ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने

काठमाडौँ । ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top