Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

‘हाम्रै अटेरीले संक्रमण तीव्र’

काठमाडौं । दुई महिनादेखि काठमाडौं उपत्यकामा फैलिने क्रममा रहेको कोरोना संक्रमणले अत्यास लाग्दोगरी घेरा हाल्न थालेको छ ।

आजको नागरिक दैनिकमा खबर छ - बिहीबार एकै दिन २५ सय ४० जना संक्रमित उपत्यकामा थप भएका छन् । एक महिनादेखि उपत्यकामा औसत ७ देखि १२ सयको संख्यामा संक्रमण दर रहेको छ । यो अवधिमा उपत्यकामा हालसम्म १ सय ८३ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

दैनिक बढ्दो संक्रमणको कारण उपत्यकाका कोभिड अस्पताल र उपचारमा खटिने स्वास्थ्यकर्मीको समेत अभाव हुने स्थिति देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ‘यही दरमा वृद्धि हुने हो भने केही दिनमै बिरामीले उपचार नपाउने स्थिति आउन सक्छ,’ मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले भने ।

तीव्र संक्रमण बढेपछि स्वास्थ्य विज्ञहरुले सरकारलाई केही अवधिको लागि लकडाउन गर्न सुझाव समेत दिइसकेका छन् । ‘विज्ञहरुले सुझाव दिइसकेका छन्, तर लकडाउन गर्ने निणर्य स्वास्थ्य मन्त्रालयको हैन,’ उनले भने ।

दैनिक संक्रमण तीव्र गतिमा बढ्दै जानुमा हाम्रै अटेरी व्यवहार रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । ‘ हाम्रै अटेरीले तीव्र संक्रमण बढिरहेको छ, हामीले स्वास्थ्य सुरक्षाको उपाय अपनाएका छैनौं,’ उनले भने ।

उनले दैनिक स्वास्थ्य सुरक्षामा मापदण्डप अपनाउन अनुरोध गरिरहेका छन् । तर उनले भने जस्तो सबै नागरिकले पालना गरेको नदेखिएको शुक्रराज सरुवा रोग अस्पतालका अनुसन्धान संयोजक डा. शेरबहादुर पुनले बताए ।

डा. पुनका अनुसार सुरक्षा मापदण्ड ५० प्रतिशत मात्र पालना भएको देखिन्छ । सबैले यी उपाय व्यवहारमा नउतारेसम्म लकडाउनले स्थायी समाधान दिँदैन । ‘लकडाउनकै बेलामा प्रहरीको आँखा छल्न मास्क लगाउने, प्रहरी गएपछि मास्क फुकाल्ने धेरै भेटिए,’ उनले भने ।

पुनले अहिले इन्द्रचोकमा गएर हेर्दा लाहपरवाही प्रष्ट देखिने बताए । अहिले हात नमिलाउने र नमिलाएरै भए पनि मास्क लगाउनेहरु बढेका छन् । तर सुरक्षामा सबै मापदण्ड पालना गराउन सरकारले मात्र नसक्ने उनले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies