Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

धेरै कठिन छ आइसियू पाउन : १२५ आइसियू र ५५ भेन्टिलेटर खाली, तर संक्रमितले पाएनन् बेड

काठमाडौं। उपत्यकाका अस्पतालमा मात्रै दुई सय सात कोभिड आइसियू र ८२ भेन्टिलेटर छन् । मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीका अनुसार उपत्यकामा ८२ जना आइसियूमा र २७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - बिहीबार साँझसम्म उपत्यकामा मात्रै एक सय २५ कोभिड आइसियू र ५५ भेन्टिलेटर खाली छन् । सरकारी अस्पतालमा मात्रै अझै ३९ वटा आइसियू र २७ वटा भेन्टिलेटर खाली नै छन् । तथ्यांकअनुसार निजी अस्पतालले उपत्यकामा कोभिडका लागि ७२ आइसियू र २८ भेन्टिलेटर छुट्याएका छन् ।

\"\"

घटना १ : सत्तारुढ नेकपाकी सचेतक शान्ता चौधरीलाई गत मंगलबार कोरोना संक्रमण पुष्टि भयो । ज्वरो, खोकी र श्वास-प्रश्वासमा समस्या देखिएपछि उनलाई आइसियूको आवश्यकता पर्‍यो ।

उपत्यकाका सबै अस्पतालले आइसियू खाली नभएको बताए । उनलाई आइसियू दिलाउन स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित मन्त्रालयको पूरै टिम लागिपर्‍यो । करिब २४ घन्टापछि वीर अस्पतालको एउटा आइसियू उपलब्ध गराएर उनलाई राखियो ।

घटना २ : काठमाडौंका राजन श्रेष्ठ (नाम परिवर्तन)लाई गत आइतबार कोरोना पुष्टि भयो । सुगरका बिरामी उनलाई भाइरसले निकैै च्याप्यो । आइसियूको आवश्यकता भएकाले उनले एकपछि अर्को अस्पतालमा सम्पर्क गरे ।

उपत्यकाका सबै अस्पतालले कोरोना पोजेटिभ भनेपछि शय्या प्याक भएको बताए । केही पार नलागेपछि उनले स्वास्थ्य मन्त्रालयमा सम्पर्क गरे । स्वास्थ्य मन्त्रालयदेखि नेतासम्मले प्रयास गरे पनि उनले समयमा आइसियू पाउन सकेनन् । एक दिनपछि मन्त्रालयले उनलाई निजी अस्पतालको आइसियूमा पठायो ।

यी दुई घटना प्रतिनिधिमूलक मात्रै हुन्, जसले कोभिडका गम्भीर बिरामीले पनि सहजै आइसियू नपाउने अवस्था झल्काउँछ । कोभिड उपचारमा जुटेका चिकित्सकका अनुसार संक्रमितको संख्या बढेसँगै आइसियू र भेन्टिलेटरको माग पनि बढेको छ ।

तर, मागअनुसार आइसियू र भेन्टिलेटर उपलब्ध छैनन् । बरु उपत्यकाका सबै अस्पतालले सघन उपचार कक्ष आइसियू खाली नभएको बताउन थालेका छन् । यसको प्रत्यक्ष मारमा गरिब र विपन्न समुदाय परेका छन् । र, तथ्यांकले भन्छ- अस्पतालले जानी-बुझी कोभिड बिरामीलाई आइसियूमा राख्न मानिरहेका छैनन् ।

उपत्यकामा मात्र होइन देशभर आइसियू र भेन्टिलेटरको माग बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर एक हजार ६९ वटा आइसियू बेड र पाँच सय १५ भेन्टिलेटर कोरोना संक्रमितको मात्रै उपचारका लागि छुट्याइएको छ । तर, कुन अस्पतालमा कति आइसियू र भेन्टिलेटर भरिए, कति खाली छन् भन्ने एकीकृत हिसाब मन्त्रालयसँग छैन ।

बिरामीको चापसँगै आइसियू र भेन्टिलेटरको माग बढेपछि स्वास्थ्य मन्त्रालयले उपत्यकाको हिसाब भने निकालेको छ । उपत्यकाका अस्पतालमा मात्रै दुई सय सात कोभिड आइसियू र ८२ भेन्टिलेटर छन् । मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीका अनुसार उपत्यकामा ८२ जना आइसियूमा र २७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

सरकारी तथ्यांकअनुसार बिहीबार साँझसम्म उपत्यकामा मात्रै एक सय २५ कोभिड आइसियू र ५५ भेन्टिलेटर खाली छन् । सरकारी अस्पतालमा मात्रै अझै ३९ वटा आइसियू र २७ वटा भेन्टिलेटर खाली नै छन् । तथ्यांकअनुसार निजी अस्पतालले उपत्यकामा कोभिडका लागि ७२ आइसियू र २८ भेन्टिलेटर छुट्याएका छन् ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता अधिकारी भन्छन्, ‘कोभिडका लागि छुट्याइएको आइसियू र भेन्टिलेटर नभरिँदै बिरामीलाई अभाव देखाउनु दुःखद पक्ष हो । यस विषयमा मन्त्रालयले छानबिन सुरु गर्नेछ ।’ उनले देशभर कति आइसियू र भेन्टिलेटर खाली राखेर भरियो भनेका छन् त्यसबारेमा अध्ययन गर्ने काम सुरु भएको बताए ।

कोभिड चिकित्सक डा. अनुप बाँस्तोला यसवेला प्रयोगमा नआएका आइसियू, भेन्टिलेटर अभाव भएका अस्पतालमा दिनु उचित हुने बताउँछन् । उनले भने, ‘सरकारले कुन-कुन ठाउँमा आइसियू, भेन्टिलेटर पठाएको छ, त्यसको अवस्था बुझेर नचलेको भए कोभिडको उपचार गरिरहेका अस्पतालमा दिनु राम्रो हुन्छ ।’

मन्त्रालयले कोभिडका बिरामी हेर्न नचाहेका कारण अस्पतालले बेड भरिएको जवाफ दिएको हुन सक्ने अनुमान गरेको छ । त्यस्तै, निजी अस्पतालहरूमा भने पैसा हुनेले संक्रमित नहुँदै दैनिक आइसियूको खर्च तिरेर होल्ड गराएको हुन सक्ने आशंकासमेत मन्त्रालयको छ ।

परीक्षण दर पनि बढ्यो, संक्रमित पनि बढे, थपिए ४,३६४ नयाँ संक्रमित

नेपालमा एकै दिन चार हजार तीन सय ६४ जना नयाँ संक्रमित थपिएका छन् । परीक्षण दरलाई पनि बिहीबार ह्वात्तै बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घन्टामा १८ हजार चार सय ७३ वटा नमुना परीक्षण गरिएको छ ।

परीक्षणको यो संख्या हालसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार निको भएका ७१ ह्जार तीन सय ३४ जनासहित हालसम्म संक्रमित संख्या ९८ हजार ६ सय १७ पुगेको छ । देशभर पाँच सय ९० जनाको मृत्यु भएको पनि प्रवक्ता गौतमले बताए । बिहीबार मात्रै १२ जनाको मृत्यु भएको बताइएको छ ।

कोरोना पुष्टि भएकामध्ये धेरैजसो काठमाडौं उपत्यकाभित्रका छन् । सरकारी तथ्यांकअनुसार बिहीबार पुष्टि भएकामध्ये २५ सय ४० उपत्यकाका छन् । तीमध्ये काठमाडौंमा दुई हजार ८५, ललितपुरमा तीन सय २० र भक्तपुरमा एक सय ३५ जना छन् । २४ घन्टामा मृत्यु हुने १२ जना सुनसरी, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, कास्की र सुर्खेतका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies