Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

सरकारी मेडिकल कलेज हुन् कि गौचरण ?

काठमाडौं । सातै प्रदेशमा मेडिकल कलेज खोल्न डा. गोविन्द केसीसँग भएको सहमतिअनुसार सरकारले ठाउँ ठाउँमा साइट कार्यालय समेत उद्घाटन गरेर कर्मचारी राखेको छ । तर, पूर्वाधार निर्माणका लागि डिपिआर समेत बनेको छैन ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - प्रधानमन्त्री केपी ओलीले रुपन्देहीको तिलोत्तमामा प्रदेशस्तरीय मेडिकल कलेज खोल्न ८ चैत ०७५ मा कलेज र पूर्वाधार विकास आयोजनाको कार्यालयको उद्घाटन गरेका थिए । गत आर्थिक वर्षमा सरकारले १० करोड बजेट विनियोजन गरेको थियो, तर पूर्वाधार निर्माणको शिलान्यास कहिले हुने भन्ने टुंगो छैन ।

त्यस्तै, महोत्तरीको बर्दिबासमा मेडिकल कलेज बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेलले डेढ वर्षअघि साइट कार्यालय उद्घाटन गरेका थिए । त्यहाँ सरकारले १० करोड ६३ लाख बजेट विनियोजन गरेको थियो ।

तर, बर्दिबासको प्रस्तावित जग्गा पनि गौचरण बनेको छ । अझ सप्तरीको राजविराजमा कलेज बनाउन ४० करोड ५० लाख विनियोजन गरिएको थियो । राजविराजमा सरकारले जग्गाको समेत टुंगो लगाउन सकेको छैन ।

रुपन्देहीमा प्रस्तावित कलेजको पूर्वाधार विकास आयोजनाका प्रमुख मानबहादुर घिमिरेले भने छोटो अवधिमा धेरै काम भएको दाबी गरे । उनका अनुसार गत वर्ष गुरुयोजना स्वीकृत गर्ने काम भएको छ । त्यस्तै, वातावरण प्रभाव मूल्यांकनको अन्तिम प्रतिवेदन वन मन्त्रालयमा पुगेको छ, स्वीकृत हुन बाँकी छ । डिपिआर निर्माणका लागि सम्झौता गर्ने अन्तिम तयारी रहेको आयोजनाले जनाएको छ ।

‘सार्वजनिक खरिद ऐनले व्यवस्था गरेको सबै प्रक्रिया पूरा गर्दा र कोभिडको महामारीमा पनि भएका काम हेर्दा आयोजनाका काममा ढिलाइ भएको छैन । जे-जे काम भएका छन्, यिनलाई छिटो भएको मान्नुपर्छ,’ आयोजना प्रमुख घिमिरेले भने, ‘मेडिकल कलेजको निर्माणका लागि बजेटको कमी छैन, कामलाई तीव्रता दिएका छौँ ।’

पूर्वाधार निर्माणका लागि तिलोत्तमा नगरपालिकास्थित करहिया सामुदायिक वन र शंकरनगर सामुदायिक वनको दुई सय बिघा जग्गा कलेजले लिइसकेको छ । जहाँ एक हजार शैंयाको अस्पताल बन्नेछ । आवासीय चिकित्सकदेखि कर्मचारीका छोराछोरीले अध्ययन गर्न विद्यालय, चिल्ड्रेन पार्क, बगैँचा, स्विमिङ पुललगायतका संरचनासमेत बनाउने योजना छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययनबारे तयारी नै छैन

डा. गोविन्द केसीको आन्दोलनकै क्रममा खोलिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि चिकित्सा शिक्षाका कार्यक्रम पूणर् रूपमा सञ्चालन भएका छैनन् । प्रतिष्ठानमा स्नातक तहमा एमबिबिएस, नर्सिङलगायत चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन भएका छैनन्न् ।

प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यका अनुसार एमडी र एमएस तहको पढाइ भने यसै वर्षदेखि सुरु गरिएको छ । अहिले जनरल सर्जरी र प्रसूति तथा स्त्री रोगमा चार-चार, हाडजोर्नीमा तीन, जनरल मेडिसिन, बालरोग र एनेस्थेसियोलोजीमा दुई-दुई गरी ६ विधाका १७ सिटसंख्यामा अध्यापन सुरु गरिएको छ । आगामी वर्ष यो संख्या बढाएर २६ पुर्‍याउने योजना रहेको आचार्यले बताए ।

एमबिबिएसलगायतका कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा भने प्रतिष्ठानमा अहिलेसम्म छलफल र तयारी नै नभएको निर्देशक आचार्यले बताए । ०७२ मा ऐन आएको करिब डेढ वर्षपछि प्रतिष्ठानमा उपकुलपति, डिन र निर्देशक नियुक्त गरिएका थिए ।

त्यसअघि १६ चैत ०६९ को मन्त्रिपरिषद्ले तीन सय शय्याको अस्पतालमा दुई सय शैंया थपेर पाँच सयको बनाउने निणर्य गरेको थियो । तर, अहिलेसम्म तीन सय ५० बेड मात्रै सञ्चालन छन् । केही भवन निर्माणाधीन अवस्थामा रहेकाले सम्पन्न भएपछि पूणर् क्षमतामा सञ्चालन गरिने प्रतिष्ठानले जनाएको छ ।

उता गण्डकी प्रदेश सरकारले प्रदेशमा पाँच सय शैंयाको शिक्षण अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा चिकित्सा विज्ञान तथा सूचना प्रविधिसम्बन्धी अध्ययन-अध्यापन कार्य सुरु गर्ने उल्लेख छ ।

प्रदेश सरकारले गण्डकी विश्वविद्यालय पनि स्थापना गर्न लागेको छ । विश्वविद्यालयमातहत चिकित्सा विज्ञान विषयको पढाइ सुरु गर्ने उसको तयारी छ । गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले यसका लागि पाठ्यक्रम बनाउने काममा आफूहरू लागेको बताए । विश्वविद्यालय सञ्चालनका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेटमा ४२ लाख ७५ हजार रकम विनियोजन गरेको छ ।

बर्दिबासमा कार्यालय उद्घाटन भयो, काम अघि बढेन
प्रदेश २ मा शिक्षा र स्वास्थ्य मन्त्रालयले छुट्टाछुट्टै ढंगले मेडिकल कलेज सञ्चालनको प्रक्रिया अघि बढाएका छन् ।

शिक्षा मन्त्रालयले महोत्तरीको बर्दिबासमा मेडिकल कलेज स्थापनाका लागि कार्यालय खोलेको छ । डेढ वर्षअघि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कलेजको भौतिक पूर्वाधार विकास आयोजनाको कार्यालय उद्घाटन गरेका थिए । तर, त्यसपछि सरकारले वास्ता नगर्दा काम अघि बढ्न सकेको छैन ।

आयोजनाले केही काम अगाडि बढाए पनि संघीय सरकारको सुस्त गतिका कारण कामले आवश्यक गति लिन सकेको छैन । आयोजनाका प्रमुख देवीप्रसाद सुवेदीका अनुसार गुरुयोजनाअनुसार डिपिआर बनाउन कन्सल्टेन्टसँग सम्झौता गरिएको छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरेर वन तथा वातावरण मन्त्रालयमा फाइल पठाएको छ । तर, स्वीकृत नभएको उनले बताए ।

बर्दिबास नगरपालिका- ४ को माईस्थान सामुदायिक वन र गढन्ता साझेदारी वनको सय हेक्टर जग्गामा हजार शैंयाको मेडिकल कलेज बनाउने सरकारको योजना छ । पहिलो चरणमा तीन सय शय्याको भौतिक पूर्वाधार तयार गरी अस्पताल खोल्ने र त्यसपछि क्रमशः पाँच सय र हजार शैंया पुर्‍याउने योजना रहेको आयोजना प्रमुख सुवेदीले बताए । यसका लागि एक सय ६४ बिघा जग्गा चाहिने प्रतिवेदन वन मन्त्रालयमा बुझाइएको उनले बताए ।

बर्दिबास नगरपालिकाका मेयर विदुर कार्कीले भने मेडिकल कलेज सञ्चालनका लागि भौतिक पूर्वाधार निर्माणपूर्व गर्नुपर्ने सम्पूर्ण प्रक्रिया द्रुत गतिमा बढिरहेको बताए । अब संघीय सरकारबाट आवश्यक प्रक्रिया छिटोछरितो हुनुपर्ने उनको भनाइ छ ।

त्यस्तै, स्वास्थ्य मन्त्रालयले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाएको छ । भौतिक पूर्वाधार निर्माणको प्रक्रिया अघि बढे पनि शैक्षिक पाटोमा भने कुनै प्रगति भएको छैन । प्रतिष्ठानमा पदाधिकारी नियुक्त गरिएका भए पनि अहिले अवस्था भद्रगोल छ ।

सुर्खेतमा भौतिक संरचना कहाँ बनाउने समेत टुंगो लागेन

कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने भनिए पनि अहिलेसम्म भौतिक संरचना कहाँ निर्माण गर्ने भन्ने समेत टुंगो लागेको छैन । जसले गर्दा सरकारले बजेट छुट्याए पनि काम अघि बढ्न सकेको छैन ।

सरकारले गत आर्थिक वर्षमा मेडिकल कलेजका लागि १० करोड बजेट विनियोजन गरेको थियो । कलेजले कर्णाली प्रादेशिक अस्पतालसँग सम्झौता गरिसकेको छ, तर एक वर्ष बितिसक्दा पनि थप प्रगति हुन सकेको छैन ।

मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका प्रमुख जितबहादुर शाहले अस्पताल र प्राज्ञिक भवन अलग-अलग स्थानमा बनाउने तयारी भएको बताए । ‘वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ११, १२ र १३ का ६ वटा सामुदायिक वन क्षेत्रको अध्ययन भइरहेको छ,’ उनले भने, ‘शिक्षण प्रयोजनका लागि प्रदेश अस्पताल कालागाउँ र आवासीय, प्रशासनिक तथा अन्य प्राज्ञिक प्रयोजनका लागि गागे्रताल वन क्षेत्रमा भवन बनाउने योजना छ ।’

भवन बन्ने क्षेत्र सामुदायिक वनमा पर्ने भएकाले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्नका लागि वन तथा वातावरण मन्त्रालयसँग सहमति माग गरिएको आयोजना प्रमुख शाहले बताए ।
‘तीन वटा वडामा रहेका सामुदायिक वनको कति जग्गा आवश्यक पर्छ भन्ने टुंगो लागेको छैन,’ उनले भने, ‘भेरीगंगा नगरपालिकामा बनाउने भन्ने प्रस्ताव पनि आएको छ । अझै संरचना कहाँ बनाउने भन्ने विषयमा टुंगो लाग्न सकेको छैन ।’

त्यस्तै, अस्पताललाई शिक्षण अस्पतालका रूपमा स्तरोन्नति गर्ने प्रदेश मन्त्रिपरिषद्ले निणर्य गरिसकेको कर्णालीका सामाजिक विकासमन्त्री दल रावलले बताए । ‘संघीय सरकारले सुर्खेतमै मेडिकल कलेज स्थापनाको प्रक्रिया सुरु गरिसकेपछि प्रदेशले छुट्टै मेडिकल कलेज बनाउन जरुरी भएन । अहिले प्रक्रिया ढिलासुस्तीका विषयमा मलाई जानकारी छैन,’ उनले भने । संघीय सरकारले बनाउने भएपछि प्रदेशको योजना रोकिएको उनले बताए ।

मेडिकल कलेजका लागि आवश्यक संरचना बनाउन कम्तीमा तीन वर्ष लाग्ने आयोजना प्रमुख शाहले बताए । ‘कलेज स्थापना भएको तीन वर्षपछि पढाइ हुन्छ । अहिले राजनीतिक खिचातानी, जग्गा झमेलालगायत विषयमा अड्किएको छ,’ उनले भने । त्यस्तै, कोरोनालाई देखाउँदै संघीय सरकारले पनि अहिले मेडिकल कलेजको कुनै काम अगाडि नबढाउन निर्देशन दिएका कारण सबै प्रक्रिया रोकिएको उनको भनाइ छ ।

समिति बन्यो, काम अगाडि बढेन

तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले मेडिकल कलेज स्थापनाका लागि एक कार्यदल बनाएर दुई महिनाभित्र विस्तृत अध्ययन प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए । जग्गा तथा पूर्वाधार पहिचान गरी भोगाधिकार प्राप्तिका लागि सिफारिस गर्ने, पूर्वाधार तथा सम्भाव्यताको अध्ययन गरी शिक्षा मन्त्रालयमा विस्तृत अध्ययन प्रतिवेदन पेस गर्ने र स्थानीय स्तरमा समन्वय गरेर पूर्वाधार विकासका लागि तयार गर्ने कार्यदेश दिइएको थियो ।

त्यसअनुसार, जितबहादुर रानाको संयोजकत्वमा तीन सदस्यीय मेडिकल कलेज पूर्वाधार विकास समितिले बनेको थियो । समितिले प्रारम्भिक अध्ययनमा सुर्खेतको ग्रागेतालमा जग्गा अधिग्रहणका लागि रिफारिस गरेको थियो । त्यसपछि भने कुनै प्रक्रिया अघि बढेको छैन ।

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको काम अझै अन्योलमा
गत आर्थिक वर्ष विनियोजित ४० करोड ५० लाख फ्रिज

सरकारले निणर्य गरेको दुई वर्ष बित्न लाग्दासमेत रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भौतिक प्रगति शून्य छ । गत आर्थिक वर्ष प्रतिष्ठानका लागि विनियोजित ४० करोड ५० लाख बजेट पनि फ्रिज भएको छ ।

‘एक प्रदेश – एक स्वास्थ्य विज्ञान प्रतिष्ठान’ निर्माण गर्ने नीतिअनुसार २३ पुस ०७५ मा सरकारले प्रदेश २ को राजविराजमा प्रतिष्ठान स्थापना गर्ने निणर्य गरेको थियो । तर, प्रतिष्ठानले लिने भनेको जग्गामा विवाद भएपछि भौतिक निर्माण कार्य अन्योलमा छ ।

प्रतिष्ठानको पूर्वाधार विकास समितिका सदस्यसमेत रहेका राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवका अनुसार विवादका कारण गत वर्ष भौतिक पूर्वाधार निर्माणका लागि विनियोजित ४० करोड र कार्यालय व्यवस्थापनका लागि छुट्याइएको ५० लाखसमेत खर्च हुन सकेन ।

‘जबसम्म प्रतिष्ठानको नाममा जग्गा पास हुँदैन, तबसम्म प्रतिष्ठानका नाममा एक रुपैयाँ पनि खर्च हुँदैन,’ उनले भने, ‘चालू आर्थिक वर्षमा पनि १० करोड रकम विनियोजन भएको छ, तर त्यो पनि खर्च हुने छाँटकाँट छैन ।’

सरकारको निणर्यपछि पूर्वाधार निर्माणका लागि राजविराज नगरपालिकाले वडा नम्बर १० स्थित बिरौलमा प्रतिष्ठानलाई ६२ बिघा जग्गा दिने निणर्य गरेको थियो । तर, त्यही जग्गाको केही भाग नगरपालिकाले त्यसअघि नै कृषि हाटबजार सञ्चालनका लागि स्थानीय ग्लोबल बहुमुखी सहकारी संस्थालाई दिने सम्झौता गरिसकेको थियो । नगरपालिका कानुनी प्रक्रियामा चुकेका कारण जग्गाको फाइल मन्त्रालयमा अड्किएको छ ।

तर, सहकारीका अध्यक्ष सुखराम यादवले सुरुमा केही समस्या भए पनि पछिल्लो समय आफूहरूले मेडिकल कलेज स्थापना गर्नुपर्ने आवाज उठाउँदै आएको बताए । ‘सहकारीका तर्फबाट प्रतिष्ठानको काममा कुनै बाधा छैन, प्रधानमन्त्री समेतलाई यो विषयमा प्रतिवेदन पेस गरेका छौँ,’ उनले भने । मेडिकल कलेज बनाउन आठ महिना अघिदेखि संघर्ष समितिको संयोजक भएरसमेत आफूले काम गरिरहेको यादवले बताए ।

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गठित ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान सुझाब समिति’ले ०७६ वैशाखमा प्रतिष्ठान निर्माणस्थलको स्थलगत निरीक्षण गरेको थियो ।

समितिका संयोजक चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का शिक्षाध्यक्ष डा. सुबोध अधिकारी, सल्लाहकार डा. भगवान कोइराला, सदस्यहरू डा. विनोद यादव, डा. सतीश देव र सदस्यसचिव डा. वसन्त अधिकारीसहितको टोलीले जनप्रतिनिधिसँग वस्तुगत अवस्थाबारे जानकारी लिएको थियो ।

तत्कालीन उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र इन्जिनियरहरूको टिमले जग्गाको निरीक्षण गरेका थिए । प्राविधिक दृष्टिकोणले प्रतिष्ठान निर्माणका लागि जग्गा उपयुक्त देखिएपछि नगरपालिकाले जग्गाको स्वामित्व हस्तान्तरणका लागि मन्त्रालयमा फाइल पठाएर प्रक्रिया अघि बढाएको थियो । तर, जग्गामा विवाद देखिएपछि वन मन्त्रालयबाट स्वीकृत भएको फाइल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा थन्किएको छ ।

हालसम्मको प्रगति

सरकारको निणर्यपछि १२ जेठ ०७६ मा प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको कार्यालय स्थापना गरिएको थियो । समितिको अध्यक्षको जिम्मेवारी डा. रोहित पोख्रेल र कार्यकारी निर्देशकको जिम्मेवारी वीर अस्पतालका वरिष्ठ जेनरल फिजिसियन एवं डाइबिटोलोजिस्ट प्रा. डा. सञ्जयकुमार ठाकुरलाई दिइएको थियो ।

गजेन्द्रनरायण सिंह सगरमाथा अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट रञ्जित झाका अनुसार अहिले अध्यक्ष पोखरेल र निर्देशक ठाकुर दुवैजनाले राजीनामा दिएका छन् । अस्पताल परिसरमै प्रतिष्ठानको कार्यालय भए पनि अहिले बन्द छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies