Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

परीक्षा हलमा मास्क अनिवार्य : लोकसेवामा नक्कली परीक्षार्थीको जोखिम

काठमाडौं । संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन)सम्बन्धी मापदण्ड-२०७७ लागू गरेर परीक्षा सञ्चालन गर्ने लोकसेवा आयोगको तयारी छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - मापदण्डअनुसार परीक्षाहलमा परीक्षार्थीका लागि मास्क अनिवार्य गरिएको छ, जसबाट नक्कली परीक्षार्थी परीक्षामा सहभागी हुने जोखिम देखिएको छ ।

कोरोना महामारीबीच लोकसेवा आयोगले स्थगित र नयाँ परीक्षाको कार्यतालिका धमाधम सार्वजनिक गरेको छ । स्वास्थ्यसम्बन्धी मापदण्ड लागू गरेर कात्तिकदेखि परीक्षा सञ्चालन गर्ने लोकसेवाको तयारी छ । तर, यसले नक्कली परीक्षार्थी बढ्ने जोखिम बढाएको छ ।

बमसंक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड-२०७७ लागू गरेर परीक्षा सञ्चालन गर्न लागिएको छ । यो मापदण्डअनुसार परीक्षाहलमा परीक्षार्थीका लागि मास्क अनिवार्य गरिएको छ, जसबाट नक्कली परीक्षार्थी परीक्षामा सहभागी हुने जोखिम देखिएको छ ।

मास्कका कारण परीक्षार्थीको अनुहार पहिचान गर्न गाह्रो हुँदा एउटाको परीक्षामा अर्को व्यक्ति सहभागी हुन सक्ने जोखिम छ । आयोगको बैठकमा समेत जोखिम बढ्न सक्नेबारे छलफल भएको थियो । तर, मापदण्डमा यससम्बन्धी केही उल्लेख छैन । तर, आयोग सचेत रहेको प्रवक्ता गीताकुमारी होमेगाईले बताइन् ।

आयोग प्रवक्ता गीताकुमारी होमेगाईं भन्छिन्- मास्कका कारण एउटाको परीक्षा दिन अर्को आउने जोखिम हुन सक्छ । आयोगको बैठकमा पनि यस विषयमा छलफल भएको थियो । तर, हामीले सुरुमा एकपटक मास्क खोल्न लगाएर क्रसचेक गर्छौँ । यसमा हामी सचेत छौँ ।

‘मास्कका कारण एउटाको परीक्षा दिन अर्को आउने जोखिम हुन सक्छ,’ प्रवक्ता होमेगाईले भनिन्, ‘हामीले सुरुमा एकपटक मास्क खोल्न लगाएर क्रसचेक गर्छौँ ।’ दूरी कायम गरेर एकपटक मास्क खोल्न लगाउने र प्रवेशपत्रमा भएको तस्बिर तथा परीक्षार्थीको अनुहार हेर्ने प्रणाली लागू हुने सम्भावना छ ।

सामान्य अवस्थामा पनि आयोगको परीक्षामा पटक-पटक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । बायोमेट्रिक प्रविधिसहितको कार्ड वा प्रवेशपत्रको व्यवस्था हुन नसक्दा नक्कली परीक्षार्थीको समस्या आयोगले भोग्दै आएको छ ।

आयोगले बनाएको मापदण्डमा एउटा परीक्षा केन्द्रमा बढीमा सय परीक्षार्थी तथा एउटा कोठामा बढीमा २५ जनालाई सहभागी गराइनेछ । दुई मिटर कायम हुने गरी सिट प्लानिङ गरिने मापदण्डमा उल्लेख छ ।

परीक्षार्थीले अनिवार्य रूपमा स्यानिटाइजर र मास्क प्रयोग गर्नुपर्नेछ । परीक्षार्थीले पिउने पानी आफैले लैजानुपर्ने हुन्छ । यसका बाबजुद हाजिरी गर्ने तथा कपी बुझ्नेलगायत काममा चुनौती हुने भएकाले त्यसमा विशेष सतर्कता अपनाउने उल्लेख गरिएको छ ।

आयोगको परीक्षा खर्च पनि बढ्ने भएको छ । विगतमा भन्दा झन्डै दोब्बर परीक्षा हल प्रयोग गर्नुपर्ने भएको छ । परीक्षा केन्द्रको भाडा विगतमा दुई परीक्षार्थीबराबर हाल एकजनाको उपलब्ध गराउने निणर्य भएको छ । त्यस्तै, जनशक्ति पनि धेरै लाग्ने भएकाले स्वाभाविक रूपमा खर्च बढ्ने आयोगकी प्रवक्ता होमेगाई बताउँछिन् ।

आयोगले गत आर्थिक वर्षमा रोकिएका सबै परीक्षा सञ्चालन प्रक्रियामा लगिसकेको छ । प्रवक्ता होमेगाईका अनुसार धेरै परीक्षाको कार्यतालिका सार्वजनिक भइसकेको छ । चालू आर्थिक वर्षको परीक्षा कार्यक्रम पनि संशोधन भइसकेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies