Khabar Dabali Logo
  October 28, Wed

गलकोटका दुई सामुदायिक वनमा आगलागी

बागलुङ । गलकोट नगरपालिका वडा नं ५ र ७ का दुई सामुदायिक वनमा आगलागी भएको छ । ठूलाचौर र भैँसे–दानसिङ सामुदायिक वनमा बुधबार दिउँसोदेखि आगलागी भएको हो । अझैसम्म आगो नियन्त्रणको प्रयास भएको छैन ।

भैँसे–दानसिङ सामुदायिक वनका सदस्य झङ्कबहादुर बस्नेतले आगो झन्झन् फैलिरहेको बताए । “आगलागी भएको ठाउँमा म दुईपटकसम्म पुगेँ, धेरै मान्छे नजुटेसम्म आगो नियन्त्रणमा आउने अवस्था छैन”, उनले भने । आगलागी भएको ठाउँमा अहिलेसम्म कोही पनि नआएको उक्त वनका उपभोक्तासमेत रहेका बस्नेतले जानकारी दिए । उनले वर्षौँदेखि वनमा थुप्रिएको सल्ली, खर, सुकेका काठ र पातपङ्तिगरले गर्दा आगो फैलिएको बताए ।

ठूलाचौर सामुदायिक वन नजिकको खरबारीमा व्यक्तिले लगाएको आगो वनतिर सरेको स्थानीयवासीले बताएका छन् । आगो कस्ले लगायो भन्नेबारेमा केही थाहा हुन नसकेको जनाइएको छ । आगो लामदारा सामुदायिक वनतर्फ सोझिँदै गएको छ ।

समयमा नियन्त्रण नगरे पर्यटकीय लेक घुम्टेको जङ्गतर्फ आगो फैलिने सम्भावना रहेको बताइएको छ । आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय हरिचौरमा खबर गरिएको घुम्टे युवा परिवार मल्मका अध्यक्ष थम्मन थापाले बताए । “प्रहरी र स्थानीयवासी मिलेर आगलागी नियन्त्रणको काम तत्काल थाल्नुपर्छ, नत्र रुख, वनस्पति, वन्यजन्तु र चराचुरुङ्गीको विनाश हुन सक्छ”, उनले बताए ।

अशोज २२ गते, २०७७ - १५:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतमा कोरोना संक्रमितको संख्या ७९ लाख ९० हजार, एक लाख २० हजारको मृत्यु

नयाँदिल्ली । भारतमा विगत २४ घण्टामा कोरोना भाइरसबाट थप ४३ हजार ८९३ जना नयाँ संक्रमित भेटिएका छन् ।...   

ठूलो परिमाणमा लागुऔषधसहित २ जना युवक पक्राउ

जलेश्व । सशस्त्र प्रहरीले आज महोत्तरीमा ठूलो परिमाणमा लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ...   

कर्मचारीमा कोरोना देखिएपछि म्याग्दे गाउँपालिकाको सेवा ३ दिनका लागि बन्द

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले तीन दिन सेवा बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका केही कर्मचारीमा...   

कूटपिट र सार्वजनिक अपराध मुद्दाका २ फरार प्रतिवादी पक्राउ

बागलुङ । कूटपिट र सार्वजनिक अपराध मुद्दाका दुई फरार प्रतिवादीलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ...   

अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोेर्नमा १११ दिने लकडाउन अन्त्य

मेलबोर्न । अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोेर्नमा कोरोनाभाइरसको महामारीका कारण लगाइएको लकडाउन...   

दशैँ मान्न आउनेमा कोरोना सङ्क्रमण, ५ दिनका लागि पालिका प्रवेश बन्द

कास्की । दशैँ मनाउन भारतबाट आएका युवामा कोरोना सङ्क्रमण देखिएपछि बागलुङको काठेखोला गाउँपालिका–३...   

नेकपा केन्द्रीय कमिटी बैठक स्थगन

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को यही कातिक १५ देखि १७ गतेका लागि तोकिएको केन्द्रीय...   

सप्तरीमा शौच गर्न गएकी एक दलित किशोरी बलात्कृत

सप्तरी । एकातिर शहर र राजमार्गमा सार्वजनिक शौचालय नहुँदा बटुवा र यात्रुले चर्को समस्या झेल्नुपरेको...   

डोटीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका २ बालिकाको मृत्यु

डोटी । जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको...   

५ महिनादेखि सम्पर्कबिहीन अलपत्र किशोरीको उद्दार

म्याग्दी । म्याग्दीको धौवलागिरि गाउँपालिका–२ लुलाङमा अलपत्र अवस्थामा भेटिएकी एक किशोरीको उद्दार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top