Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

एकै ठाउँमा २ पटक जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु, शव उठाउन अवरोध

जाजरकोट । मापदण्डविपरीत निर्माण भएको सडकमा कति बेला दुर्घटना हुन्छ भन्ने चिन्ताले जुनिचाँदे गाउँपालिकाका सर्वसाधारणले पटक–पटक सरोकारवाला निकायले आवाज उठाउँदै आएका थिए । कुरा उठाउँदा, उठाउँदै यसै सडकको एकै ठाउँमा दुई पटक जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भइसकेको छ ।

जुनिचाँदे–१ लोड्नीदेखि मजकोटसम्मको सडक निर्माण गर्दा व्यवसायीले डोजर चालकलाई इञ्जिनीयर बनाएर सडक खनेका थिए । “अघिल्लो वर्ष मात्र खनिएको सो सडकमा जिप चल्नै नसक्ने भएपछि गाउँपालिकाले समेत केही रकम विनियोजन गरी सडकलाई केही सजिलो बनाएको थियो”, गाउँपालिकाका कावाध्यक्ष शिवा आचार्यले भने, “पटक–पटक सडकको गुणस्तरको कुरा हामीलगायत यहाँका सर्वसाधारणले गर्दागर्दै दुई पटक दुर्घटना भयो ? जनप्रतिनिधिभन्दा ठेकेदार बलिए भएको यो देश छ । सडक बनाउँदा हामीसँग कुनै समन्वय गरिएन ।”

भर्खरै मात्र जुनिचाँदे गाउँपालिकाको केही भागमा सडक सञ्जाल जोडिएको छ । जुनिचाँदे मात्र जिल्लाका अधिकांश ठाउँमा डोजर चालकनै इञ्जिनीयर भएर खनिएका सडकमा यो दुर्घटनाको शिकार बन्दै आएको छ । जथाभावी खनिएका सडकमा नियमनकारी निकायले ध्यान नदिँदा अझै कति दुर्घटना हुन्छन् भन्न नसकिने कावाध्यक्ष आचार्यले जानकारी दिए । भर्खरै मात्र साधारण बाटो सञ्चालन भएको यो सडकखण्डमा सडकको गुणस्तरलाई ध्यान नदिँदा समस्या हुँदै आएको छ ।

चालकको पसलमा आगजनी

जुनिचाँदे गाउँपालिका–१ औलमा बुधबार बेलुकी भे १ ज ९३५ नम्बरको जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ११ का वडाध्यक्ष ५० वर्षीय अमरबहादुर शाही, ६० वर्षीया कृति शाही, ३२ वर्षीय खेमबहादुर शाही, वडा नं ५ की ३० वर्षीया मालिका बस्नेत, २९ वर्षीय कृष्णबहादुर शाही र लालबहादुर बुढा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले जानकारी दिए । बेपत्ता भनिएका छेडागाड नगरपालिका–५ का कर्णबहादुर शाहीको परिचान खुलेको छ । चालक गोरखबहादुर बस्नेत सम्पर्कमा नरहेको डिएस्पी किशोर श्रेष्ठले जानकारी दिए । चालकको सुवानाउलीमा रहेको घुम्ती पसलमा पीडितले आगजानी गरेका छन् । पीडितले अझै घटनास्थलमा प्रहरीलाई जान नदिएको डिएस्पी श्रेष्ठले जानकारी दिए ।

जनप्रतिनिमाथि आक्रमणको प्रयास भएका कारण घटनास्थल जान नसकिएको कावाध्यक्ष आचार्यले जानकारी दिए । जुनिचाँदे गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलङ्गाबाट पराले जाँदै गरेको जिप दुर्घटना परेको हो । जिपमा सवार जुनिचाँदे–११ का नरबहादुर बुढा घाइते भएका छन् । घाइतेका सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार कार्य जारी रहेको छ । जिप खोलामा परेको छ । मृतकमध्ये खेमराज शाही र कृष्णबहादुर शाही स्वास्थ्यकर्मी हुन् ।

शव निकाल्न दिइएन

शव निकाल्न आएका प्रहरीलाई स्थानीयवासीले शव निकाल्न नदिएको प्रहरीले जनाएको छ । मापदण्डविपरीत बनाएको सडकले गाडी दुर्घटना परेको भन्दै शव निकाल्न नदिएको प्रहरीले जनाएको छ । जुनिचाँदे–१ लोड्नेदेखि लुहादहसम्म निर्माण भएको सडक ठेकेदारको लापर्वाहीका कारण मापदण्डविपरीत निर्माण भएको थियो । पटक–पटक सो सडक मापदण्डविपरीत निर्माण भएको आवाज उठे पनि सरोकारवालाको नसुन्दा यो ठाउँमा यातायातका साधन दुर्घटना हुँदै आएका छन् ।

केही महिनाअघि मात्र सोही ठाउँमा जिप दुर्घटना हुँदा मानवीय क्षति भएको थियो । कच्ची कटान गरेको सडकमा निर्माण व्यवसायीले नाफाका लागि जथाभावी गर्दा समस्या उत्पन्न भएको हो । सदरमुकामबाट गए राति नै सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतको थप टोली पठाएको भए पनि स्थानीयवासीको अवरोधका कारण सुरक्षाकर्मी नजिक जान नसकेको प्रहरीको भनाइ छ ।

मन्त्री बस्नेतद्वारा दुःख व्यक्त

जाजरकोट: जुनिचाँदे गाउँपालिका–१ औलभिरमा जिप दुर्घटना परी मृत्यु भएकाप्रति वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भावपूर्ण श्रद्धाञ्जलि अपर्ण गर्नुका साथै शोकाकुल परिवार, आफन्तजनसहितमा समवेदना व्यक्त गर्नुभएका साथै घाइते नरबहादुर बुढाको स्वास्थ्य लाभको कामना गरे ।

यस्तै जुनिचाँदे गाउँपालिका कावाध्यक्ष शिवा आचार्यले शोक विज्ञप्ति निकाल्दै दुःख व्यक्त गरेका छन् । उनले मृतकप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै दुःखमा परिवारमा समवेदना व्यक्त गरे ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies