Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

जाजरकोट बस दुर्घटना : मापदण्डविपरीतको सडकले ज्यान लिएको भन्दै शव उठाउन अवरोध

जाजरकोट । मापदण्डविपरीत निर्माण भएको सडकमा कति बेला दुर्घटना हुन्छ भन्ने चिन्ताले जुनिचाँदे गाउँपालिकाका सर्वसाधारणले पटक–पटक सरोकारवाला निकायले आवाज उठाउँदै आएका थिए । कुरा उठाउँदा, उठाउँदै यसै सडकको एकै ठाउँमा दुई पटक जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भइसकेको छ ।

जुनिचाँदे–१ लोड्नीदेखि मजकोटसम्मको सडक निर्माण गर्दा व्यवसायीले डोजर चालकलाई इञ्जिनीयर बनाएर सडक खनेका थिए । “अघिल्लो वर्ष मात्र खनिएको सो सडकमा जिप चल्नै नसक्ने भएपछि गाउँपालिकाले समेत केही रकम विनियोजन गरी सडकलाई केही सजिलो बनाएको थियो”, गाउँपालिकाका कावाध्यक्ष शिवा आचार्यले भने, “पटक–पटक सडकको गुणस्तरको कुरा हामीलगायत यहाँका सर्वसाधारणले गर्दागर्दै दुई पटक दुर्घटना भयो ? जनप्रतिनिधिभन्दा ठेकेदार बलिए भएको यो देश छ । सडक बनाउँदा हामीसँग कुनै समन्वय गरिएन ।”

भर्खरै मात्र जुनिचाँदे गाउँपालिकाको केही भागमा सडक सञ्जाल जोडिएको छ । जुनिचाँदे मात्र जिल्लाका अधिकांश ठाउँमा डोजर चालकनै इञ्जिनीयर भएर खनिएका सडकमा यो दुर्घटनाको शिकार बन्दै आएको छ । जथाभावी खनिएका सडकमा नियमनकारी निकायले ध्यान नदिँदा अझै कति दुर्घटना हुन्छन् भन्न नसकिने कावाध्यक्ष आचार्यले जानकारी दिए । भर्खरै मात्र साधारण बाटो सञ्चालन भएको यो सडकखण्डमा सडकको गुणस्तरलाई ध्यान नदिँदा समस्या हुँदै आएको छ ।

चालकको पसलमा आगजानी

जुनिचाँदे गाउँपालिका–१ औलमा बुधबार बेलुकी भे १ ज ९३५ नम्बरको जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ११ का वडाध्यक्ष ५० वर्षीय अमरबहादुर शाही, ६० वर्षीया कृति शाही, ३२ वर्षीय खेमबहादुर शाही, वडा नं ५ की ३० वर्षीया मालिका बस्नेत, २९ वर्षीय कृष्णबहादुर शाही र लालबहादुर बुढा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले जानकारी दिनुभयो । बेपत्ता भनिएका छेडागाड नगरपालिका–५ का कर्णबहादुर शाहीको परिचान खुलेको छ । चालक गोरखबहादुर बस्नेत सम्पर्कमा नरहेको डिएस्पी किशोर श्रेष्ठले जानकारी दिए । चालकको सुवानाउलीमा रहेको घुम्ती पसलमा पीडितले आगजानी गरेका छन् । पीडितले अझै घटनास्थलमा प्रहरीलाई जान नदिएको डिएस्पी श्रेष्ठले जानकारी दिनुभयो ।

जनप्रतिनिमाथि आक्रमणको प्रयास भएका कारण घटनास्थल जान नसकिएको कावाध्यक्ष आचार्यले जानकारी दिनुभयो । जुनिचाँदे गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलङ्गाबाट पराले जाँदै गरेको जिप दुर्घटना परेको हो । जिपमा सवार जुनिचाँदे–११ का नरबहादुर बुढा घाइते भएका छन् । घाइतेका सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार कार्य जारी रहेको छ । जिप खोलामा परेको छ । मृतकमध्ये खेमराज शाही र कृष्णबहादुर शाही स्वास्थ्यकर्मी हुन् ।

शव निकाल्न दिइएन

शव निकाल्न आएका प्रहरीलाई स्थानीयवासीले शव निकाल्न नदिएको प्रहरीले जनाएको छ । मापदण्डविपरीत बनाएको सडकले गाडी दुर्घटना परेको भन्दै शव निकाल्न नदिएको प्रहरीले जनाएको छ । जुनिचाँदे–१ लोड्नेदेखि लुहादहसम्म निर्माण भएको सडक ठेकेदारको लापर्वाहीका कारण मापदण्डविपरीत निर्माण भएको थियो । पटक–पटक सो सडक मापदण्डविपरीत निर्माण भएको आवाज उठे पनि सरोकारवालाको नसुन्दा यो ठाउँमा यातायातका साधन दुर्घटना हुँदै आएका छन् ।

केही महिनाअघि मात्र सोही ठाउँमा जिप दुर्घटना हुँदा मानवीय क्षति भएको थियो । कच्ची कटान गरेको सडकमा निर्माण व्यवसायीले नाफाका लागि जथाभावी गर्दा समस्या उत्पन्न भएको हो । सदरमुकामबाट गए राति नै सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतको थप टोली पठाएको भए पनि स्थानीयवासीको अवरोधका कारण सुरक्षाकर्मी नजिक जान नसकेको प्रहरीको भनाइ छ ।

मन्त्री बस्नेतद्वारा दुःख व्यक्त

जाजरकोट स् जुनिचाँदे गाउँपालिका–१ औलभिरमा जिप दुर्घटना परी मृत्यु भएकाप्रति वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भावपूर्ण श्रद्धाञ्जलि अपर्ण गर्नुका साथै शोकाकुल परिवार, आफन्तजनसहितमा समवेदना व्यक्त गर्नुभएका साथै घाइते नरबहादुर बुढाको स्वास्थ्य लाभको कामना गरे ।

यस्तै जुनिचाँदे गाउँपालिका कावाध्यक्ष शिवा आचार्यले शोक विज्ञप्ति निकाल्दै दुःख व्यक्त गरेका छन् । उनले मृतकप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै दुःखमा परिवारमा समवेदना व्यक्त गरेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies