Khabar Dabali Logo
  October 21, Wed

२४ घन्टा यता ट्रम्पमा कोरोनाभाइरसको लक्षण देखिएन

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमा पछिल्लो २४ घन्टा भन्दा लामो समयदेखि कोभिड-१९ को कुनै लक्षण नदेखिएको उनका चिकित्सकहरूले जनाएका छन्।

त्यसअवधिमा ट्रम्प ज्वरोबाट पनि मुक्त रहेको उनीहरूको भनाइ छ।

राष्ट्रपतिका चिकित्सक सीन कोन्लीका अनुसार ट्रम्पमा पहिचान गर्न सकिने तहमा भाइरसलाई परास्त गर्न सक्ने एन्टिबडी देखिएको छ।

कोन्लीले अस्पताल लगिएयता ट्रम्पलाई अतिरिक्त अक्सिजन दिन नपरेको जानकारी दिए। शुक्रवार अस्पताल भर्ना गरिएका ट्रम्प सोमवार फर्किएका थिए।

ह्वाइट हाउसले जनाए अनुसार ब्रिफिङको निम्ति ट्रम्प ओभल कार्यालय फर्किएका छन्।

संक्रमित भएको एक साता भन्दा कम समयमै उनी ह्वाइट हाउसको काममा फर्केका हुन्। 

डा. कोन्लीले भने, ‘अक्सिजन र स्वासप्रश्वास दर लगायत सबै परीक्षण र महत्त्वपूर्ण सूचक स्थिर तथा सामान्य श्रेणीमा छन्।’

उनका अनुसार सोमवारको प्रयोगशालाको परिणामले राष्ट्रपतिमा कोरोनाभाइरसलाई परास्त गर्ने एन्टिबडी पहिल्याउन सकिने स्तरमा फेला परेको देखाएको छ। गत बिहिवार एन्टिबडी पहिचान गर्न नसकिने तहमा झरेको थियो।

शरीरले सङ्क्रमण विरुद्ध लड्न एन्टिबडी बनाउँछ र रगतमा कोरोनाभाइरस एन्टिबडी देखिनुले कुनै व्यक्तिमा भाइरस थियो भन्ने सङ्केत दिन्छ।

तर त्यसको उपस्थितिले उक्त व्यक्तिमा भाइरसको सङ्क्रमण फेरि हुन्छ कि हुन्न भन्ने अझै अस्पष्ट छ।

अशोज २२ गते, २०७७ - ०८:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनिश्चितकालका लागि हुम्ला जिल्ला अस्पताल बन्द

हुम्ला । जिल्ला अस्पताल हुम्लाका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल...   

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक...   

ललितपुरका चार हजार बढीले राहत बुझे

ललितपुर । कोरोना महामारीले दिनानुदिन उत्पन्न गरेको भयाभह अवस्थामा दक्षिण ललितपुरका चार हजार बढीले...   
गृह मन्त्रालयकाे नाम लिएर भ्रामक सूचना प्रवाह भएपछि दूरसञ्चारले दियाे कारवाहीकाे चेतावनी

गृह मन्त्रालयकाे नाम लिएर भ्रामक सूचना प्रवाह भएपछि दूरसञ्चारले दियाे कारवाहीकाे चेतावनी

काठमाडौँ । मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक सन्देश ग्राहकलाई सम्प्रेषण...   

समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन

दार्चुला । सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन...   

गण्डकी मेडिकल कलेजमा मृत्यु भएकाको कुशको शव बनाएर दाहसंस्कार

दमौली । मृत्युपश्चात् कोरोना सङ्क्रमण पुष्टि भएका व्यास नगरपालिका–३ का ६५ वर्षीय एक व्यक्तिको कुशको...   

राष्ट्रपतिबाट रानीपोखरी उद्घाटन : उपत्यकाको विकासमा कोशेढुङ्गा सावित हुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गरेकि छिन् । गोर्खा...   

कराँचीमा बम बिस्फोटन, ३ जनाको मृत्यु

कराँची । पाकिस्तानको कराँचीस्थित मस्कान चौरंगी नजिक बुधबार भएको बम बिस्फोटनमा कम्तीमा तीन जनाको...   

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या घट्दो

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहेको छ । कोरोनाभाइरसको...   
राष्ट्रपति भण्डारीद्वारा रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन

राष्ट्रपति भण्डारीद्वारा रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्याएको ऐतिहासिक रानीपोखरी र दरबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top