Khabar Dabali Logo
  October 28, Wed

प्रदेश-२ सरकारको बेरुजु ११ गुणा बढ्यो

जनकपुरधाम । आर्थिक वर्ष ०७५-७६ मा प्रदेश-२ सरकारको बेरुजु १ अर्ब ८२ करोड ५३ लाख ९९ हजार रहेको छ । यो अघिल्लो वर्षको तुलनामा ११ गुणा वृद्धि हो । आर्थिक वर्ष ०७४-७५ मा प्रदेश सरकारको बेरुजु १६ करोड ४६ लाख रहेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – प्रदेशका मन्त्रालय, मातहतका कार्यालय तथा समितिहरू गरी कुल १ सय २६ निकायको लेखापरीक्षण गर्दा सो बेरुजु भेटिएको हो । प्रतिवेदनअनुसार ती कार्यालयहरूले कुल २५ अर्ब ७३ करोड १४ लाख २६ हजारको खर्चको लेखापरीक्षण गराएका छन् ।

बेरुजु रकममध्ये असुल गर्नुपर्ने १३ करोड ८३ लाख, कागज प्रमाण पेस गर्नुपर्ने ६९ करोड ८८ लाख, नियमित गर्नुपर्ने रकम ४३ करोड ५५ लाख ३४ तथा पेस्की ५५ करोड २६ लाख रहेको छ ।

बेरुजु रकमको आकारअनुसार प्रदेश-२ सरकारले ब्रह्मलुट र ऐन-नियमविपरीत जथाभावी खर्च गरेको आर्थिकविज्ञ डा. सुरेन्द्र लाभले बताएका छन् । उनले भने, ‘सुशासन र पारदर्शिताको कुरा गर्ने सरकारले आफैँ कति सुशासनको पालक र पारदर्शितालाई ध्यानमा राखेको छ, बेरुजु रकमकै आकारले देखाउँछ ।’

प्रतिवेदनअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयको ५८ दशमलव ९० प्रतिशत अर्थात् १ अर्ब ७ करोड ८९ लाख बेरुजु रहेको छ । त्यसैगरी, सामाजिक विकास मन्त्रालयको १७ करोड ८८ लाख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको १६ करोड ९४ लाख बेरुजु रहेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको १५ करोड ९८, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको १२ करोड ८७ लाख तथा अन्य मन्त्रालय तथा निकायको ११ करोड ३२ लाख रहेको छ ।

अशोज २२ गते, २०७७ - ०७:२१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हेर्नुहाेस्, तपाईंको आजको राशिफल

काठमाडौं । वि.सं.२०७७ साल कार्तिक ११ गते । मंगलबार । ईश्वी सन् २०२० अक्टोबर २७ तारिख । नेपाल संवत् ११४०...   

जोखिम ख्याल नगरी बजारमा चहलपहल

डोटी । दशैँका समयमा यहाँका प्रमुख बजार दिपायल, पिपल्ला र राजपुरमा चहलपहल बढेको छ । कोरोना सङ्क्रमणका...   

आज दसैंको मुख्य दिन विजयादशमी , टिकाकाे साइत बिहान १०ः१९ बजे

काठमाडाैं । आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी अर्थात धार्मिक कथाअनुसार असत्यमाथि सत्यको...   

गण्डकी प्रदेशमा चार काेराेना संक्रमितकाे मृत्यु, जम्मा मृत्तककाे संख्या ६३ पुग्यो

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा एक महिलासहित थप चार जनाको मृत्यु भएकाे छ । पोखराका...   

नेकपाका नेता जनार्दन शर्मालाई पनि देखियाे कोरोना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई पनि...   
फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

दोलखा। एक महिलसँग फेसबुक च्याटमा अश्लिल गतिविधिका लागि प्रस्ताव गरेको च्याटका ‘स्क्रिन सट’ हरु सामाजिक...   

आज महानवमी पर्व मनाइँदै

काठमाडौं । नेपाली हिन्दुहरूकाे महान् चाड बडा दशैंको आज नवौं दिन महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा...   

बलात्कारको पनि बद्ला ! दाजुभाइ पक्राउ

राजविराज । बलात्कारको आरोपमा कारागार थुनामा परेका आरोपितकी ४५ वर्षीया श्रीमतीमाथि बलात्कार प्रयास...   
बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई...   

विपन्न नागरिक भन्छन् : दशैँ कसरी टार्ने ?

टीकापुर । टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् । दशैँको सप्तमीका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top