Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सेनाको संगठनात्मक पुनर्संरचनाको गृहकार्य : आठ पृतनामाथि चार कमान्ड

काठमाडौं । तीन वर्षअघि मुलुकको प्रादेशिक संरचनाअनुसार संगठन पुनर्संरचना गरेको नेपाली सेनाले अब त्यसमाथि कमान्ड प्रणालीमा आधारित संरचनामा जाने तयारी गरेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - हाल काठमाडौं उपत्यकामा एउटा र सबै प्रदेशमा एक-एकवटा गरी जम्मा आठ पृतना रहेकोमा नयाँ संरचनाअनुसार अब त्यसभन्दा माथि चार वटा केन्द्रीय कमान्ड रहने छन् ।

नयाँ पुनर्संरचनाअनुसार उपत्यकामा एउटा तथा पूर्व, मध्य र पश्चिममा तीन कमान्ड रहनेछन् । आन्तरिक र बाह्य सुरक्षा खतरा, देशभित्र प्रकोपको रेस्पोन्स र व्यवस्थापनको सहजतालाई लक्षित गर्दै सेनाले कमान्डस्तरीय संरचना तय गर्न लागेको हो । यसको प्रारम्भिक अभ्यासको सुरुवात भएको सेनाले जनाएको छ ।

सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलका अनुसार अहिले कमान्ड प्रणालीको अवधारणा कार्यान्वयनमा आइरहेको छ ।

‘विशिष्ट भौगोलिक परिस्थिति र सुरक्षा चुनौतीलाई सामना गर्न कमान्डको अभ्यास गर्ने अवधारणामा काम गरिरहेका छौँ । ऐतिहासिक अनुभव र भौगोलिक सहजताका लागि यो आवश्यक छ भन्ने निष्कर्ष हो । यसको अपरेसनल ओरिन्टेसन त छँदैछ । राष्ट्रनिर्माण तथा प्रकोपको रेस्पोन्स र व्यवस्थापनका लागि गर्दै आएको कामको समन्वयमा पनि थप सहज हुनेछ,’ प्रवक्ता पौडेलले भने ।

पुरानो जिम्मेवारी क्षेत्रको अनुभव, राजनीतिक र सैन्य सीमाको आधारमा पूर्व, मध्य र पश्चिम तथा काठमाडौं उपत्यका गरी चार कमान्डमा जाने तयारी भएको प्रवक्ता पौडेलले बताए । यसअघि प्रधानसेनापति पूणर्चन्द्र थापाले २४ भदौमा सकल दर्जालाई सम्बोधनका क्रममा सेना अब कमान्ड संरचनामा जान लागेको र अभ्यास सुरु भएको जानकारी दिएका थिए ।

सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेल भन्छन्-
विशिष्ट भौगोलिक परिस्थिति र सुरक्षा चुनौतीलाई सामना गर्न कमान्डको अभ्यास गर्ने अवधारणामा काम गरिरहेका छौँ । ऐतिहासिक अनुभव र भौगोलिक सहजताका लागि यो आवश्यक छ भन्ने निष्कर्ष हो ।

यसको अपरेसनल ओरिन्टेसन त छँदैछ । राष्ट्रनिर्माण तथा प्रकोपको रेस्पोन्स र व्यवस्थापनका लागि गर्दै आएको कामको समन्वयमा पनि थप सहज हुनेछ । पुरानो जिम्मेवारी, क्षेत्रको अनुभव, राजनीतिक र सैन्य सीमाको आधारमा पूर्व, मध्य र पश्चिम तथा काठमाडौं उपत्यका गरी चार कमान्डमा जाने तयारी छ ।

जंगी अड्डाको अधिकारसमेत कमान्ड हेडक्वार्टरहरूमा प्रत्यायोजन हुने गरी काम भइरहेको छ । पृतनापतिहरूको अधिकार भने कायम हुनेछ । राष्ट्रिय सुरक्षा नीतिका आधारमा सरकारको प्राथमिक तथा अतिरिक्त दायित्वलाई विकेन्द्रित हुने गरी यो अवधारणामा काम भइरहेको छ ।

नयाँ कमान्डस्तरीय संरचनामा जाँदा रक्षा बजेट नबढ्ने र सेनाको संख्या अहिलेकोमा थपघट नहुने सेनाले सुनिश्चित गरेको छ । सेनासँग रहेको साधन-स्रोतबाट नयाँ संरचना तय हुने जंगी अड्डाको बुझाइ छ । सेनाका आठ पृतना र मुख्यालयअन्तर्गत करिब ९७ हजार सैनिक कार्यरत छन् । तीन वर्षअघि सेनाको पृतना थप्दा पनि राज्यको अतिरिक्त व्ययभार परेको थिएन भने सेनाको दरबन्दी थपिएको थिएन । यही अभ्यास कायम राख्ने सेनाको भनाइ छ ।

सैनिक प्रवक्ता पौडेलका अनुसार नयाँ संरचनामा जाँदा सेनाका विशिष्ट श्रेणीका पद नयाँ सिर्जना हुने छैन । यसको अर्थ हाल कायम रहेका दुईजना तीनतारे (रथी) जर्नेल थपिने छैनन् । कमान्डको नेतृत्व दुईतारे जर्नेलले गर्नेछन् ।

तर, महासेनानीको संख्या थपिने सम्भावना छ । प्रवक्ता पौडेलका अनुसार अहिलेका महासेनानीहरूको वृत्ति-विकास र सांगठनिक आवश्यकताका आधारमा यो पद थप्ने प्रस्ताव हुन सक्छ । यसअघि मन्त्रिपरिषद्ले २९ वैशाख ०७४ मा सेनाको पृतना ६ बाट ८ पुर्‍याउने निणर्य गरेको थियो ।

कहाँ-कहाँ हुन्छन् कमान्ड हेडक्वार्टर ?

सैनिक स्रोतका अनुसार पूर्वी पृतना र मध्यपूर्वी पृतनालाई पूर्वी कमान्ड, मध्य र पश्चिम पृतनालाई पश्चिम कमान्ड, उत्तरपश्चिम, मध्यपश्चिम र सुदूरपश्चिम पृतनालाई पूर्वी कमान्डअन्तर्गत रहने गरी तयारी भइरहेको छ ।

काठमाडौं उपत्यकामा रहेको उपत्यका पृतना र विशेष बाहिनीलगायतलाई उपत्यका कमान्डमा समेट्ने गरी छलफल भइरहेको छ । कोसी, गण्डकी र कर्णाली नदी प्रणालीलाई आधार मानेर उत्तर र दक्षिण जोड्ने गरी कमान्ड हेडक्वार्टर स्थापना हुनेछन् । जसअनुसार पूर्वमा इटहरी, मध्यको पोखरा र पश्चिम कमान्ड सुर्खेतमा हुने अवधारणा छ । तर, यी सबै विषय टुंगिइसकेका छैनन् ।

तीन नदी प्रणालीको रणनीतिक अवस्थाका आधारमा विगतमा पनि यो अभ्यास प्रचलनमा थियो । सैनिक प्रवक्ता पौडेलका अनुसार पहिलो चरणमा पूर्वी कमान्डअन्तर्गत अभ्यास हुनेछ भने त्यसपछि क्रमशः मध्य, पश्चिम र उपत्यकामा यसको अभ्यास हुनेछ ।

प्रवक्ता पौडेलले भने, ‘अहिले बौद्धिक बहस र अभ्यासमा यो अवधारणा आएको छ । अभ्यासका क्रममा धेरै विषयको टुंगो लाग्छ ।’ सेनाको व्यवस्था तथा युद्ध कार्य महानिर्देशनालय (डिजिएमओ) ले यसको गृहकार्य गरिरहेको छ ।

काठमाडौं केन्द्रित साधन-स्रोत र कतिपय अधिकार अब कमान्ड हेडक्वार्टरहरूले प्रयोग गर्ने गरी अवधारणा अघि सारिएको छ । प्रवक्ताका अनुसार प्रकोप रेस्पोन्स तथा व्यवस्थापनलगायत सेनाले गर्दै आएका गैरसैन्य काम समेत सहज हुने गरी कमान्डको संरचना तय हुँदै छ । उनले भने, ‘सेनाको संगठनात्मक पुनर्संरचना पनि यही आधारमा हुन्छ ।’

सामान्यतया अहिले जिल्लाहरूमा राखिएका गण तथा गुल्म यथावत् रहनेछन् । उनीहरूको सञ्चार केन्द्र साझा बनाउन खोजिएको छ । कोर वा चमुको अवधारणा रहे पनि अहिलेको अवधारणा यसभन्दा फरक छ । सैनिक प्रवक्ता पौडेलको भनाइ छ, ‘यसलाई हामीले कमान्ड भनेका छौँ । पछि नाम परिवर्तन पनि हुन सक्छ ।’

सेनाको एयरबेस पूर्वमा विराटनगर, मध्यमा काठमाडौं उपत्यका तथा पश्चिममा सुर्खेतमा छ । प्रकोप व्यवस्थापनका लागि इटहरीस्थित पूर्वी पृतनाबाट पूर्व क्षेत्रका लागि समन्वय भइरहेको छ । सुर्खेतस्थित पश्चिम एयरबेसबाट सेनाले कणर्ालीलगायत दुर्गम क्षेत्रमा खाद्यान्न आपूर्ति, बिरामीको उद्धारलगायत गर्दै आएको छ ।

सेनाले सैन्य सामग्री तथा उद्धार सामग्री पनि विकेन्द्रीकृत गर्ने योजना बनाएको छ । बाँकेमा लजिस्टिक बेस राखेर मध्यपश्चिम, सुदूरपश्चिम र उत्तरपश्चिम पृतनाअन्तर्गतका क्षेत्रमा पुर्‍याउँदै आएको छ ।

चितवन, बर्दिबासलगायत क्षेत्रमा पनि लजिस्टिक बेस राख्न सकिने अवधारणामा छलफल भइरहेको छ । लजिस्टिक बेसमा सैन्य सामग्री, मेडिकल सामग्री, यातायातका साधन, यसको मर्मत तथा सम्भार केन्द्र रहने छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies