Khabar Dabali Logo
  October 31, Sat

दशैँ नजिकिएसँगै बजार अनुगमन तीव्र

भक्तपुर । दशैँ नजिकिएसँगै भक्तपुर नगरपालिकाले बजार अनुगमन तीव्र पारेको छ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज भक्तपुरका विभिन्न ठाउँमा अनुगमन गरेको हो ।

बजारमा खाद्यान्नलगायत दैनिक उपभोग्य बस्तुमा मिसावट गरिएको, म्याद गुज्रेका सामानमा नयाँ ट्याग राखेर बिक्री गरेको, म्याद गुज्रेको सामान बिक्रीमा राखेको र अखाद्य वस्तुहरुको बिक्री भएको गुनासो आएपछि नगरपालिकाले अनुगमनलाई तीब्र पारेको संयोजक गोराले जानकारी दिए । नगरपालिकाले आजसम्म लान्चाफल्चा, कमलविनायक, च्याम्हासिंहलगायतका क्षेत्रको २४ वटा पसलको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा अधिकांश पसलमा म्याद गुज्रेका सामान बिक्री गरेको, खाद्य विभागको अनुज्ञापत्र नलिएको, खाद्य वस्तुमा अखाद्य वस्तु मिसाएको, दर्ता तथा नवीकरण नगरेको, मूल्यसूची नराखेको, ढक तराजु नवीकरण नगरेको तथा म्याद जुग्रेको सामान बिक्री गरेको पाइएको उनले जानकारी दिए । त्यस्ता पसलहरुबाट सामान जफत, अखाद्य र म्याद गुज्रेका सामान नष्ट गर्दै पसल नवीकरण गर्न, प्याकेजिड्ड सामानमा खाद्य विभागको अनुज्ञापत्र लिई लेवल राख्न, मूल्य सूची राख्न निर्देशन दिइएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

अशोज २१ गते, २०७७ - २१:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना सङ्क्रमणबाट वृद्धको मृत्यु

कोरोना सङ्क्रमणबाट वृद्धको मृत्यु

दमक । कोरोना सङ्क्रमणबाट झापा गौरीगञ्ज गाउँपालिका–६ का एक वृद्धको मृत्यु भएको छ । धरानस्थित विपी...   
लकडाउनपछि सौराहामा अपेक्षाभन्दा बढी पर्यटक

लकडाउनपछि सौराहामा अपेक्षाभन्दा बढी पर्यटक

चितवन । लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा...   

एक किशोरीसहित तीन जनाको शव फेला

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा आज बिहान दुई जनाको शव भेटिएको...   

कारको ठक्करबाट महिलाको मृत्यु

भरतपुर । चितवनमा कारको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१, ज्यामिरेस्थित पूर्वपश्चिम...   

पोखरेमा आगलागी हुँदा करीब तीन लाखको क्षति

भोजपुर । भोजपुर नगरपालिका –८ पोखरेमा आज आगलागी भएको छ । स्थानीय बालकुमार रोक्काको गोठघरमा आगलागी...   

फ्रान्समा भएको आतंककारी हमलाको राष्ट्रसंघद्धारा निन्दा

न्युयोर्क । संयुक्त राष्ट्रसंघले फ्रान्समा बिहीबार भएको आतंककारी हमलाको कडा शब्दमा निन्दा गरेको...   

सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा सापकोटाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान...   

विश्वभरी कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो

न्युयोर्क । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार...   
१०८ वर्षीय बाबुले गराइदिए छोराको चौरासी पूजा

१०८ वर्षीय बाबुले गराइदिए छोराको चौरासी पूजा

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता...   

सेनेगलको समुद्री इलाकामा डुंगा डुब्दा एक सय ४० जनाको मृत्यु

डाकार । अफ्रिकी मुलुक सेनेगलको समुद्री इलाकामा गत सप्ताहान्तमा एउटा डुंगा दुर्घटनाग्रस्त हुँदा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top