भक्तपुर । नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का निर्वाचित जनप्रतिनिधिसहित कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । नेकपा भक्तपुरले आज सूर्यविनायकमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा वाग्मती प्रदेशका सचिव आनन्दप्रसाद पोखरेलले नेमकिपा परित्याग गरी नेकपा प्रवेश गर्ने जनप्रतिनिधिसहितका कार्यकर्तालाई टीका र खादा ओढाएर स्वागत गरे।
सो अवसरमा पूर्वमन्त्री पोखरेलले लामो समय भक्तपुर जिल्लाका जनताले जनप्रतिनिधि बनाएर पठाए पनि भक्तपुर नगरबाहेक जिल्लाको विकास गर्न नसकेको, नगरभित्रै पनि जनतालाई विभेद गर्दै आएको र जनताको समस्यालाई आत्मासात् गर्न नसकेको नेमकिपाका नेताकार्यकर्ता नेकपा प्रवेश गर्नाको विकल्प नभएको बताए ।
नेमकिपाबाट निर्वाचित भक्तपुर नगरपालिकाका–१ का वडा सदस्य विश्वराज शिल्पकारको नेतृत्वमा २०४ जनाले नेमकिपा त्यागेर नेकपामा प्रवेश गरेको नेकपा भक्तपुर जिल्ला अध्यक्ष वचन देउजाले जानकारी दिए ।
पार्टी प्रवेश गर्दै वडा सदस्य शिल्पकारले नेमकिपा विधि र पद्धतिमा चल्न नसकेको, व्यक्तिवादी चरित्र हावी भएको, नगरपालिकाभित्र सीमित हुँदै क्षेत्रगत दायरा साँघुरिदै गएको र राष्ट्रिय राजनीतिमा पहुँच राख्न नसकेकाले नेमकिपा परित्याग गर्नुपरेको स्पष्ट गरे।
कार्यक्रममा नेकपा भक्तपुर इञ्चार्ज एवं केन्द्रीय सदस्य दिलीप प्रजापति, चाँगुनारायण नगरपालिकाका प्रमुख एवंं नेकपा केन्द्रीय सदस्य सोम मिश्र, नेकपा जिल्ला सचिव डिपी ढकाललगायतले काठमाडौँ उपत्यकाभित्र रहेर पनि पिछडिएको भक्तपुरको मुहार फेर्न नेकपा सक्रिय रहेको जिकिर गरे।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: