Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको चोरी शिकारी रोक्न ड्रोनबाट गस्ती

डोल्पा । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले चोरी शिकारी रोक्न ड्रोन क्यामेराबाट गस्ती गर्ने भएको छ ।

हिँउदको समयमा हुने चोरी शिकारी रोक्नका लागि निकुञ्ज क्षेत्रमा अत्याधुनिक ड्रोन क्यामेराको प्रयोग गरेर तस्करहरुको निगरानि राख्ने भएको हो ।

नेपालकै गहिरो ताल फोक्सुण्डोमा आयोजित सोह्रै जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको बैठकबाट यस्तो निर्णय गरिएको निकुञ्जले जनाएको छ । बैठकबाट हिँउदको समयमा अत्यधिक चिसो हुने हुँदा पोष्टहरु गाभिने भएकाले ड्रोन प्रविधिबाट अनुगमन गर्ने, निकुञ्ज सुरक्षार्थ बसेको नेपाली सेनाको गुल्ममा थप सुरक्षाबल माग गर्ने, यार्सागुम्बा सङ्कलन निर्देशिका सच्याउन केन्द्रमा पहल गर्ने, वन्यजन्तु अपराध नियन्त्र एकाइको संयन्त्रलाई सङ्घीयतानुसारको बनाउन राष्ट्रिय निकुञ्ज विभागमा लेखी पठाउनेलगायत महत्वपूर्ण निर्णय गरिएको प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जनाकारी दिए ।

हिँउदको समयमा स्थानीयवासीसमेत करिब छ महिनाका लागि पशु चौपायासहित चिसो छल्न बेँसी झर्ने भएकाले यस समयमा तस्करहरुको बिगबिगी हुनेहुँदा आधुनिक प्रविधिबाट गस्ती शुरु गरिने उनको भनाइ छ । नेपालमै पहिलो पटक तीन हजार ६०० मिटर उचाइमा जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको बैठक बसेको पौडेलको दाबी छ । शे–फोक्सुण्डो राष्«िटय निकुञ्जको आयोजना र विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा आयोजित बैठकमा कर्णाली प्रदेशका वन सचिव कृष्णप्रसाद आचार्यसहित जिल्लास्तरीय सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको उपस्थिति थियो ।

निकुञ्ज क्षेत्रमा चोरी निकासी बढेकाले निरन्तर रुपमा संरक्षण भइराख्न जरुरी रहेको वन सचिव कृष्णप्रसाद आचार्यले बताए । ठूलो भूगोल, कम जनशक्ति र भौगोलिक रुपमा विकट शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संरक्षणका लागि आधुनिक प्रविधिबाट गस्ती गर्न अति आवश्यक रहेको उनको भनाइ छ ।

गत आवमा निकुञ्ज क्षेत्रमा अनुमति नलिएर विकास योजना सञ्चालन भए पनि आव ०७७÷७८ मा प्रदेशबाट आउने सम्पूर्ण विकास योजना राष्ट्रिय निकुञ्ज विभागको अनुमति लिएर मात्रै सञ्चालन गर्न दिइने उनले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies