Khabar Dabali Logo
  October 30, Fri

ललितपुरमा ३ हजारभन्दा बढी कोरोना सङ्क्रमित

ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार २६२ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ८०३ रहेको छ ।

यसैगरी जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ४३० र मृतकको सङ्ख्या २९ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताए । उनले भने, “स्वास्थ्य मन्त्रालय र जिल्लाको तथ्याङ्कमा केही फरक देखिएको छ । ललितपुरको ठेगाना राखेर अन्य जिल्लामा बसोबास गर्ने मानिसको तथ्याङ्क पाइएको हुँदा कूल सङ्क्रमितको सङ्ख्यामा केही फरक देखिएको हो ।” त्यसलाई खोजेर मिलाउने काम गरिने गेलालले जानकारी दिए ।

ललितपुर महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ९८८ पुगेको छ । तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ८८, सक्रिय सङ्क्रमित ८७९ र मृतक २१ रहेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए । उनले भने, “सक्रिय सङ्क्रमितमध्ये ८१२ होम आइसोलेसनमा र ६७ जना अस्पताल रहेका छन् ।”

गोदावरी नगरपालिकामा सङ्क्रमित सङ्ख्या २०३ रहेको छ । तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या १३२, होम आइसोलेसनमा ५७, बडिखेल आइसोलेसनमा छ र मृतकको सङ्ख्या तीन रहेको नगरपालिकाले जनाएको छ ।

महालक्ष्मी नगरपालिकामा सङ्क्रमित सङ्ख्या ४०८ पुगेको छ । तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या २३५ र मृतक दुई रहेका सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले बताए । उनले भने, “सक्रिय सङ्क्रमित १७१ मध्ये २२ अस्पताल र १४९ होम आइसोलेसनमा रहेका छन् ।” त्यस्तै महाङ्काल गाउँपालिकामा सङ्क्रमित सङ्ख्या १२ रहेको छ । तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या सात रहेका छन् भने एक जना अस्पताल र चार जना होम आइसोलेसनमा रहेको स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले बताए ।

कोञ्ज्योसोम गाउँपालिकामा पनि कूल सङ्क्रमित सङ्ख्या १२ पुगेको छ । तीमध्ये चार सक्रिय र बाँकी आठ जना कोरोना निको भई डिस्चार्ज भइसकेको संयोजक नवलकिशोर महतोले बताए । वाग्मती गाउँपालिकामा कूल १२ सङ्क्रमितमध्ये होम क्वारेन्टिनमा पाँच र कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या सात रहेको संयोजक नवराज तिमिल्सिनाले बताए ।

ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्टार, प्रयोगशाला, बीएण्डबी र आनन्द वन अस्पतालले कोरोना परीक्षण गर्ने गरेका छन् । ललितपुरमा २२१ आइसोलेसन र ४०८ क्वारेन्टिन तयार भएको जनस्वास्थ्य कार्यालय ललितपुरका प्रयोगशाला प्राविधिक उपेन्द्र लामिछानेले जानकारी गराए ।

अशोज २० गते, २०७७ - १६:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली काँग्रेसको कार्यसमिति बैठक शुक्रबार हुने

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार अपराह्न पार्टीको केन्द्रीय कार्यालय,...   

हुम्ला स्वास्थ्य सेवा सञ्चालनमा

हुम्ला । हुम्ला स्वास्थ्य सेवा कार्यालयमा पीसीआर जाँच गर्दा गत असोज १२ गते सर्केगाड गाउँपालिका–५...   

तरकारी र फलफूल बलि दिएर मनाइयो दशैँ

हुम्ला । च्याङ्ग्रा, खसी नआएपछि स्थानीय बासिन्दाले तरकारी (आलु, फर्सी, करेला, प्याज, काँक्रो, मुला, स्याउ)...   

मध्य भियतनाममा पहिरो जाँदा कम्तीमा १६ जनाको मृत्यु

हनोई । मध्य भियतनामको क्वाङनाम प्रान्तमा बिहीबार पहिरो जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको भियतनामको...   

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका...   

देशलाई शान्तिको बाटामा लान पैगम्बरको जीवन र उपदेशले प्रेरणा प्रदान गरोस्ः मुख्यमन्त्री राउत

जनकपुर । मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मका प्रवत्र्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनका...   

भारतमा कोरोना संक्रमितको संख्या ८० लाख नाघे, १ लाख २० हजार बढीको मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बिहीबारसम्ममा ८० लाख नाघेको छ । भारतीय स्वास्थ्य...   

कोरोनाभाइरसबाट मेक्सिकोमा ९० हजार र अर्जेन्टिनामा ३० हजार बढीको मृत्यु

मेक्सिको सिटी । मध्य अमेरिकी राष्ट्र मेक्सिकोमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार...   

प्रदूषणविहीन इँटा उत्पादनका लागि एडीबीको एक करोड ४७ लाख अनुदान

काठमाडौँ । एशियाली विकास बैंक (एडीबी)ले प्रदूषणरहित ढङ्गले इँटा उत्पादन गर्न नेपाल सरकारलाई रु एक...   

कृषि क्षेत्रको विकासका लागि विश्व बैंकले ९ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने

काठमाडौँ । ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top