Khabar Dabali Logo
  October 30, Fri

नागरिकको लापर्वाहीका कारण कोरोना धेरै फैलिएको सरकारको भनाइ

मस्को । रूसमा दिनप्रतिदिन कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक बढ्दै जानुमा नागरिकको लापर्वाही मुख्य कारण रहेको निश्कर्ष अधिकारीहरुले निकालेका छन् ।

राष्ट्रपति कार्यालय क्रेमलिनले दैनिक सङ्क्रमितको सङ्ख्या अत्यधिक हुदै जानुमा आम नागरिकको लापर्वाही गम्भीर कारण भएको निश्कर्ष निकालेको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्रि पेस्कोभले सोमबार दिएको जानकारी अनुसार आम नागरिकको आवतजावत र हेलचक्र्याइलाई गम्भीरताका साथ लिइएको छ ।

उनले आम नागरिकलाई कोरोनाबाट बच्ने उपायहरु अपनाउन र त्यसलाई वेवास्ता नगर्न अपिल गर्नुपर्नेमा जोड दिए ।

उनले पत्रकारहरुसँग भने, “सरकारले स्वास्थ्य मापदण्ड पालना गर्न पटक पटक आह्वान गरिरहेको छ, तर आम नागरिकले सुनेनन्, त्यसैले सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक बढ्दै गएको हो ।”

लकडाउनलाई पनि प्रभावकारी बनाउन नसकिएको बारेमा समेत राष्ट्रपति कार्यालयमा समिक्षा भएको उनले बताए ।

छलफलमा कार्यालयका विभिन्न विभागका प्रशासनिक अधिकारीहरु सहभागी भएको उहाँले जानकारी दिए ।

राष्ट्रपति कार्यालयका सवै विभागका अधिकारीहरुलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको उनको भनाई छ ।

रूसमा पछिल्लो २४ घण्टामा मात्रै दश हजार ८८८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै रुसमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या १२ लाख २५ हजार ८८९ पुगेको छ ।

अशोज १९ गते, २०७७ - २२:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कारको ठक्करबाट महिलाको मृत्यु

भरतपुर । चितवनमा कारको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१, ज्यामिरेस्थित पूर्वपश्चिम...   

पोखरेमा आगलागी हुँदा करीब तीन लाखको क्षति

भोजपुर । भोजपुर नगरपालिका –८ पोखरेमा आज आगलागी भएको छ । स्थानीय बालकुमार रोक्काको गोठघरमा आगलागी...   

फ्रान्समा भएको आतंककारी हमलाको राष्ट्रसंघद्धारा निन्दा

न्युयोर्क । संयुक्त राष्ट्रसंघले फ्रान्समा बिहीबार भएको आतंककारी हमलाको कडा शब्दमा निन्दा गरेको...   

सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा सापकोटाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान...   

विश्वभरी कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो

न्युयोर्क । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार...   
१०८ वर्षीय बाबुले गराइदिए छोराको चौरासी पूजा

१०८ वर्षीय बाबुले गराइदिए छोराको चौरासी पूजा

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता...   

सेनेगलको समुद्री इलाकामा डुंगा डुब्दा एक सय ४० जनाको मृत्यु

डाकार । अफ्रिकी मुलुक सेनेगलको समुद्री इलाकामा गत सप्ताहान्तमा एउटा डुंगा दुर्घटनाग्रस्त हुँदा...   

ताइवानमा दुई सय दिनदेखि कोरोनाका आन्तरिक सङ्क्रमित छैनन्

ताइपेइ । ताइवानमा पछिल्लो दुई सय दिनदेखि कोरोनाभाइरस आन्तरिक रुपमा सरेर सङ्क्रमित भएकाहरुको संख्या...   

चितवनमा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत कोरोना सङ्क्रमणबाट दुई वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा...   

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तीन हजार सूचीकृत

दमौली । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँका विभिन्न पालिकामा करीब तीन हजार बेरोजगार सूचीकृत...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top