Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

प्रदेश राजधानीको प्रस्तावले सडकदेखि सदनसम्म चर्कियो आन्दोलन

रुपन्देही । प्रदेश नं ५ सरकारले स्थायी राजधानी दाङको देउखुरी उपत्यका राख्ने प्रस्ताव अघि सारेपछि रुपन्देहीमा सडकदेखि सदनसम्म आन्दोलन चर्किएको छ । स्थायी राजधानी र नामबारे प्रदेश सरकारले सदनमा पेश गरेको प्रस्तावविरुद्ध सडक र सदनमा नेपाली कांग्रेसले आन्दोलन चर्काएको छ । आज प्रदेशसभामा प्रदेश राजधानीको प्रस्तावविरुद्धको आन्दोलनमा जनता समाजवादी पार्टीले समेत कांग्रेसलाई साथ दियो ।

सत्ता पक्षकै कतिपय सांसद पनि प्रदेश राजधानी रुपन्देही नै हुनुपर्छ भन्ने पक्षमा देखिएका छन् जसले गर्दा कांग्रेस आन्दोलनका लागि थप बल पुगेको छ । जिल्लाका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख पनि राजधानी रुपन्देही नै हुनुपर्छ भन्ने अडानमा छन् ।

राजधानी दाङ लैजाने सरकारको प्रस्तावविरुद्ध बुटवलका कांग्रेसका नेता, कार्यकर्ता र केही व्यावसायिक संस्थाहरुले धर्ना दिए । प्रदेशसभा भवन नजीकै दिनभर धर्ना र प्रदर्शन गरिएको थियो । बुटवललाई नै राजधानी कायम गर्ने प्रस्ताव नल्याउँदासम्म आन्दोलन नरोक्ने बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा संयुक्त सङ्घर्ष समिति सञ्जाल रुपन्देहीका संयोजक खिमबहादुर हमालले बताए ।

प्रदेशसभाको आज बैठक चलिरहँदा डेढ सय मिटरको दूरीसम्म कांग्रेसका नेता, कार्यकर्ता र समितिले धर्ना दिएका थिए । धर्ना कार्यक्रममा सहभागी बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य, तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, देवदह नगरपालिकाका प्रमुख हीराबहादुर खत्री, सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर केसीलगायत जनप्रतिनिधिले प्रदेशको राजधानी रुपन्देहीको विकल्प नभएको बताउँदै प्रदेश सरकारलाई उक्त प्रस्ताव तुरुन्तै फिर्ता गर्न आग्रह गरेका थिए ।

सरकारले पेश गरेको प्रस्तावमाथि थप छलफल र सहमतिका आधारमा अघि बढाउन माग गरेको आफ्नो कुरा नसुनेको जनाउँदै कांग्रेसले आज प्रदेशसभाको बैठकसमेत अवरोध गरेको थियो । प्रतिपक्षीको विरोध चले पनि प्रदेशसभाको बैठकका कामकारबाही अघि बढाइएको थियो ।

अस्थायी मुकाम रुपन्देहीबाट राजधानी सार्ने सरकारको प्रस्ताव नेकपाकै सांसदलाई समेत चित्त बुझेको छैन । पार्टीको निर्देशनका कारण धेरै सांसद राजधानीसम्बन्धी प्रस्तावमा मौन रहे पनि प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले भने खुलेरै विरोध गरेका छन् । राजधानी सार्ने सरकारको निर्णय गैरसंसदीय र अलोकतान्त्रिक भएको जनाउँदै उनले प्रदेशसभाको बैठकमा तीव्र असन्तुष्टि जनाए । जनताले मागै नगरेका ठाउँमा राजधानी तोक्नु गलत हुन्छ भन्दै उनले सबै तरिकाले राजधानीका लागि रुपन्देही नै उपयुक्त भएको बताए । पाल्पा, नवलपरासी र कपिलवस्तुलाई समेत समेटेर गौतम बुद्ध जन्मस्थल रुपन्देहीलाई नै केन्द्र तोक्न उनले सरकारसँग आग्रह गरे ।

प्रदेशसभाको आजको बैठकमा नेकपाकै सदस्य विष्णु पन्थीले प्रदेशको स्थायी राजधानी कपिलवस्तु उपयुक्त हुने जनाउँदै सरकारको प्रस्ताव सच्याउन माग गरे । राष्ट्रिय जनमोर्चाकी तारा जिसीले स्थायी राजधानीका विषयमा रूपन्देहीमा देखिएको विरोध टेलर मात्र भएको र चेतावनी दिए ।

बैठकमा विरोध भए पनि आन्तरिक मामिला तथा कानूनमन्त्री कुलबहादुर केसीले पेलिएरै रोष्ट्रममा पुगेर राजधानीको प्रस्तावका विषयमा प्रदेशसभा सदस्यले उठाएका जिज्ञासाको जवाफ दिएका थिए । मन्त्री केसीले धेरै तयारीपछि सरकारले प्रदेश राजधानीको प्रस्ताव अघि सारेको जनाउँदै सहमति जनाउन आग्रह गरे ।

प्रदेश नामकरणमा कसैको आपत्ति नरहे पनि राजधानीका विषयमा सहमतिमा आउन कांग्रेसले नमानेपछि आजै सर्वदलीय बैठकसमेत बसेर सहमतिको प्रयास भएको थियो । सदन बैठक स्थगन गर्न र राजनीतिक सहमतिमा मात्र राजधानी टुङ्गो लगाउनुपर्ने कांग्रेसको माग पूरा नभएपछि बैठक विनानिष्कर्ष सकिएको थियो ।

प्रस्तावमा सहमति जुटाउन बसेको नेकपा र कांग्रेसबीचको दोस्रो बैठक पनि विनासहमति सकिएको थियो । बैठकमा नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री शङ्कर पोखरेलले सदन सञ्चालन गर्नका लागि बाटो खोल्न र सरकारको प्रस्तावमा सहमति जनाउन आग्रह गरेका थिए ।

राजनीतिक सहमतिविना राजधानीसम्बन्धी प्रस्ताव अघि नबढाउन गरिएको आग्रह सत्तापक्षले नमानेपछि बैठक कक्षबाट बाहिरिएको कांग्रेसका सचेतक निर्मला क्षेत्रीले बताए ।

यही असोज १६ गते प्रदेश सरकारका तर्फबाट स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी राख्ने गरी प्रदेशसभामा प्रस्ताव पेश भएको थियो । सो प्रस्ताव पारित हुनका लागि प्रदेशसभामा रहेका ८७ सदस्यमध्ये ५८ जनाको पक्षमा मत चाहिन्छ । संविधानमा प्रदेशसभाका कुल सदस्यको दुई तिहाइ मतले प्रदेश राजधानी तोक्ने र नामकरण गर्न सक्ने उल्लेख छ । एकसठ्ठी सदस्य रहेको नेकपा संसदीय दलका सबै सदस्यले सरकारका प्रस्तावमा मतदान गरेमा राजधानी दाङ सर्ने पक्का हुनेछ । प्रदेशसभामा कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक सदस्य छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies