Khabar Dabali Logo
  October 30, Fri

प्रदेश नं ५ प्रदेशसभामा तोडफोड : बैठक मङ्गलबार

खस्यौली । प्रदेश नं ५ को प्रदेशसभामा स्थायी राजधानी र नामकरणका विषयलाई लिएर विपक्षी दल नेपाली कांग्रेसले आज कुर्सी, टेबुल र माइक तोडफोड गरेको छ । होहल्ला र विरोधका बीच सभामुख पूर्णबहादुर घर्तीले छलफल अघि बढाएपछि आक्रोशित कांग्रेसका प्रदेशसभा सदस्य तोडफोडमा उत्रिएका थिए ।

प्रदेशसभामा सदस्य बसी उद्दिन खाँले कुर्सी तोडफोड गर्न शुरु गरेपछि सदस्य रमा अर्याललगायतले प्रदेशसभाका विभिन्न भौतिक संरचना तोडफोड गरेका थिए । उनीहरु सभामुखलाई घेरा गर्न रोष्ट्रममा आउन लाग्दा मर्यादापालकसँग घम्साघम्सी परेको थियो । सभामा तोडफोड जारी रहँदा मुख्यमन्त्री शङ्कर पोखरेल बैठकबाट बाहिरिएका थिए ।

मुख्यमन्त्री पोखरेललाई आइतबार प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेका थिए । अपराह्न १ बजे शुरु भएको बैठक २ बजे सरे पनि सहमति नभएपछि ३ बजे शुरु भएको थियो । सभामुख घर्तीले विरोधको अधिकारलाई सम्मान गर्दै प्रदेशसभालाई अनिर्णयको बन्दी बनाउन नहुने भनी बैठक शुरु गरेका थिए । त्यसअघि सार्वजनिक महत्वका विषयमा प्रदेशसभा सदस्यद्वय अर्याल र सन्तोष पाण्डेलाई समय दिइए पनि उनीहरुले बैठकमा बोलेनन् । बैठक म¬ङ्गलबार बस्ने गरी स्थन भएको छ । राजधानी सार्ने विषयलाई लिएर यहाँ केही दिनदेखि तनाव देखिएको छ ।

अशोज १९ गते, २०७७ - १८:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तीन हजार सूचीकृत

दमौली । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँका विभिन्न पालिकामा करीब तीन हजार बेरोजगार सूचीकृत...   

हतियारसहित एक जना पक्राउ

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ बाट बिहीबार हतियारसहित एक जनालाई पक्राउ गरिएको छ...   

पोखराका ६० सहित गण्डकीमा ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि

गण्डकी । पोखरा महानगरपालिकामा ६० जनासहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा ९८ जनामा कोरोना सङ्क्रमण...   

वागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना सङ्क्रमण

झापा । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मङ्गलवार पिसिआर...   

यसरी महिलाको आम्दानीको स्रोत बन्दै भैँसीपालन

टीकापुर । टीकापुर ५ नयाँ टीकापुरकी नेहा तिमिल्सिनाका दुई भैँसी छन् । नेहाले दैनिक १२ लिटर दूध बिक्री...   

कारको ठक्करबाट वृद्धको घटनास्थलमै मृत्यु

राजविराज । पुर्व –पश्चििम राजमार्ग अन्र्तगत सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको...   
गोकर्ण राजनिकुञ्जको पर्खाल जीर्ण हुँदा स्थानीयवासी जोखिममा

गोकर्ण राजनिकुञ्जको पर्खाल जीर्ण हुँदा स्थानीयवासी जोखिममा

काठमाडौं । नेपाल ट्रष्टको कार्यालय अन्तर्गत रहेको गोकर्ण राज निकुञ्जको उत्तरपूर्वी भेगको पर्खाल...   

घाइते युवकको उपचारमा जुट्यो ३ लाख

बेनी । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दी, रघुगंगा गाउँपालिका–३...   

चौधरीको निधनमा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा २ नं प्रदेश...   
नयाँदिल्लीको वायु ‘अति प्रदुषित’ अवस्थामा

नयाँदिल्लीको वायु ‘अति प्रदुषित’ अवस्थामा

नयाँदिल्ली । भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली शहरको वायु अति प्रदुषित अवस्थामा पुगेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top