Khabar Dabali Logo
  October 23, Fri

दशैँमा घर आउँदा अनिवार्य १४ दिन क्वारेन्टिन बस्नपर्ने

दमौली । दशैँमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नपर्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोभिड–१९को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो ।

चाडपर्वमा देश तथा विदेशबाट धेरै सर्वसाधारण जिल्ला फर्किने हुँदा कोभिड–१९ को जोखिम बढ्ने भएकाले त्यस्ता व्यक्तिको वडास्तरसम्मै तथ्याङ्क राख्ने र अनिवार्य क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने निर्णय भएको छ । त्यसका लागि स्थानीयस्तरमा गठन भएका अनुगमन समितिलाई थप सक्रिय र प्रभावकारी बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए।

बैठकले प्रत्येक स्थानीय तहमा एम्बुलेन्सको आवश्यकता महसुस गर्दै त्यसको व्यवस्थापन गर्न स्थानीय तहलाई अनुरोध गरेको छ । ब्यास नगरपालिका–५ कालीभञ्जन गण ९ई० मा राखिएको जनज्योति ग्राम सेवाको एम्बुलेन्स सम्बन्धित संस्थालाई फिर्ता गर्ने निर्णय भएको प्रजिअ आचार्यले जानकारी दिए।

उनका अनुसार आइसोलेसनमा रहेका सङ्क्रमितहरुको नेपाल सरकारको नीति वा अन्य कुनै कारणले भाइरस नेगेटिभ नआउँदै बहिर्गमन गर्दा घरपरिवारका सदस्यको रोहवरमा स्थानीय जनप्रतिनिधिको जिम्मा लगाएर मात्र बहिर्गमन गराउने निर्णय भएको छ ।

अशोज १९ गते, २०७७ - १७:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारले विश्व बैंकको २४ अर्ब सहुलियतपूर्ण ऋण स्वीकार गर्याे, यस्ताे छ मन्त्रिपरिषद्को अन्य निर्णय

सरकारले विश्व बैंकको २४ अर्ब सहुलियतपूर्ण ऋण स्वीकार गर्याे, यस्ताे छ मन्त्रिपरिषद्को अन्य निर्णय

काठमाडौं । सरकारले विश्व बैंक समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताका रूपमा प्राप्त...   

मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना पुष्टि

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्री...   

विनाभेदभाव कोरोनाको निःशुल्क उपचार गर्न प्रधानमन्त्रीलाई सभापति देउवाको आग्रह

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण र सङ्क्रमित नागरिकको निःशुल्क...   

भियतनामको बाढी र पहिरोमा ११४ को मृत्यु, २१ वेपत्ता

भियतनाम । भियतनाममा व्यापक वर्षाका कारण बाढी र पहिरो जाँदा कम्तीमा ११४ जनाको मृत्यु हुनुको साथै कम्तीमा...   

उपत्यकामा १ हजार ५५२ जनामा कोरोना संक्रमण, देशभर सक्रिय संक्रमितको ४५ हजार नजिक

काठमाडौं । काठमाडौँ उपत्यकामा थप १ हजार ५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा काठमाडौँमा...   

कोरोनाबाट निको हुनेको संख्या १ लाख नाघ्यो, मृत्यु हुनेको संख्या ८१२

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख नाघेको छ । २४ घण्टामा ३ हजार २१५ जना कोरोना...   

बिहिबार ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि, २१ को मृत्यु

काठमाडौँ । बिहीबार देशैभर थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

सहकारीले दियो एकल पुरुष र महिलालाई भत्ता

काठमाडौं । यहाँको एउटा सहकारीले एकल महिला र पुरुष दुवैलाई सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ता...   

तस्करको आक्रमणमा परी ज्यान गुमाएका प्रहरीका परिवारलाई प्रदेश सरकारको राहत

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नियमित गस्तीका क्रममा तस्करको आक्रमणमा परी ज्यान गुमाएका प्रहरी...   

देशकै हालसम्मकै ठूलो सबस्टेशन निर्माण सम्पन्न : १२ सय मेगावाट विद्युत् आयातनिर्यात गर्न सकिने

काठमाडौं । काठमाडौं देशकै हालसम्मकै सबैभन्दा ठूलो सबस्टेशनको रुपमा परिचित ढल्केबर सबस्टेशन नो लोडमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top