Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

आत्महत्या भनिएको सिन्धुलीकी पुष्पा भुजेलको घटना थप रहस्यमय बन्दै

सिन्धुली। सिन्धुलीमा गएको असोज १६ गते राती आफ्नै सलको पासो लगाई आत्महत्या गरेकी भनिएकी १९ बर्षिया पुष्पा भुजेलको घटना थप रहस्यमय बन्दै गएको छ ।

कमलामाई नगरपालिका वडा नंं २ चियाबारी निवासी भुजेलले घरमा झुण्डिएर आत्महत्या गरेपछि उनकै श्रीमानले माइतर्फका एक जना दाइलाई राती २ः३० बजे खबर गरेका थिए । उनको आत्महत्यानैं भएको परिवारका सदस्यले बताइरहेका बेला युवतीको माइती पक्षले आत्माहत्या नभई हत्यानैं भएको निश्कर्षसहित जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएपछि आत्महत्या भनिएको घटनाले अर्को रुप लिएको हो ।

गएको असारको २७ गते चियाबारीका अमन भनेर चिनिने गोपी थापासँग भागेर प्रेम बिबाह गरेकी पुष्पाको मृत शबलाई सिन्धुली अस्पतालमा माइती पक्षका आफन्तजनलाई देख्न र फोटोसमेत खिच्न नदिई पोष्ट मार्टमपछि लगेर जलाइएपछि उक्त घट्ना आत्महत्या नभई हत्यानैं भएको माइती पक्षले दाबीगर्दै निश्पक्ष ढंगले अनुसन्धान गर्न माग गरेको छ । भागी बिहे गरेको ८२ दिन अर्थात असोज १६ गते बिहिबार राती उनको रहस्यमय मृत्य भएपछि सिन्धुलीमा आत्महत्या नभई हत्यानैं हो कि रु भन्ने कुराले सन्देह पैदा गराएको छ । सलको पासो लगाएर झुण्डिएको सल आगोले पोलिएको, मृतकको शरिरमा निल डाम देखिनु, मृत गर्भवती हुनु, तथा श्रीमानको ढाडमा कोतरिएका डामहरु देखिएपछि त्यसले घटनालाई थप जटिल मोडतिर धकेलिदिएको छ ।
पिडित पक्षले पोष्मार्टमको समयमा शव हेर्न खोज्दा पनि प्रहरी र केटा पक्षले हेर्न नदिएको र दाहासंस्कारको समयमा पनि अन्तीम पटक शव हेर्छौं भन्दा पनि अबरोध गरेको मृतकका दाजु पवन भुजेलले बताए । बहिनीको पेटमा बच्चारहेको गाउँलेले बच्चालाई पुर्नका लागि खाल्डो खनेको र पछि थप समस्या हुने आशंकामा हुनाले नचिरी केटा पक्षले घाटमा लगेर जलाएको पवनको भनाई थियो ।

हामी यो घटनालाई निश्पक्ष रुपमा बिना पूर्वाग्रह छानवीनगरी दोषीमाथि कारबाही गर्न माग गर्दछौं, पवनले भनेका छन् । उक्त घटनाको जाहेरी लिएर गएका पवनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी श्यामवहादुर खत्रीले पोष्टमार्टम रिपोर्ट नआई दर्ता गर्न अश्विकारगर्दै फर्काएका थिए । जवकी घटनाको मुचल्का गर्न गएका प्रहरी अधिकारीले पवनलाई तपाई तत्कालै लिखित जाहेरी दर्ता गराउनु होला भनेका थिए । जव उनी लिखित जाहेरी लेखाउनका लागि जिल्ला वार एशोशिएन सिन्धुलीमा पुगेर लेखाउँदै थिए, जिल्ला प्रहरी कार्यालयबाटै उनलाई तत्कालै जाहेरी नलेख्नुस् हैं, पोष्टमार्टम रिपोर्ट आउन दिनुस् भने ती प्रहरी अधिकारीले भनेको सम्वद्ध स्रोतले बताएको छ , जवकी जाहेरी लेख्ने व्यक्तिका मृत आफन्तजनसमेत थिए, त्यसैले पनि उनले जाहेरी लेखिदिए । जवकी जाहेरीमा समेटिएका मृतकका श्रीमान र एक महिलासहित ४ जनाको नाम राखिएकोमा प्रहरीले श्रीमान बाहेक अन्यको नाम काट्न लगाएपछि प्रहरीको अनुसन्धान प्रक्रियामा पनि शंका पैदा गराएको छ ।

नेकपाकी केन्द्रीय सदस्य एवम् महिला अधिकारकर्मी उमा कोइरालाले आत्महत्या भनिएको घटना संकास्पद रहेकाले प्रहरीले बिना दबाब निश्पक्ष ढंगले अनुसन्धान प्रक्रियालाई अगाडि बढाउन माग गरेका छन् । घट्नाका लामो समय बितिसक्दा पनि सिन्धुलीका सञ्चार माध्यमले सो विषयमा समाचार नलेख्नुलाई भने महिला अधिकारकर्मीहरुले आश्चर्यका रुपमा लिएका छन् । स्मरणीय छ, यस अगाडि पनि बलात्कार भनिएका घटनामा प्रहरीले मिसिल कमजोर बनाउने र अदालतबाट अभियुक्तहरुले उन्मुक्ति पाउने घटनाले यो प्रकरणमा पनि कतै न्याय मर्ने त होइन भन्ने शंका उब्जाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies