Khabar Dabali Logo
  October 26, Mon

उत्तरी नाकाबाट एक वर्षदेखि रोकियो निर्यात

काठमाडौं। चीनले झन्डै एक वर्षदेखि नेपालबाट स्थलमार्गमार्फत हुने निर्यात रोकेको छ । कोभिड-१९ लाई कारण देखाउँदै चीनले एकतर्फी नाका मात्रै सञ्चालन गर्दा उत्तरी नाकाबाट हुने नेपालको निर्यात ठप्प भएको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – तातोपानी नाकाबाट अघिल्लो कात्तिकदेखि र रसुवा नाकाबाट माघदेखि निर्यात भएको छैन । आयात पनि आंशिक मात्रै हुँदै आएको छ । अघिल्लो आर्थिक वर्षको माघसम्ममा रसुवा नाका हुँदै नेपालले ५८ करोड २३ लाख रुपैयाँबराबरको वस्तु निर्यात गरेको थियो । त्यसयता रसुवाबाट हुने निर्यात शून्य छ ।

त्यस्तै, गत आवको कात्तिकसम्ममा तातोपानी नाकाबाट नेपालले १३ करोड ७६ लाख रुपैयाँबराबरको वस्तु निर्यात गरेको थियो । त्यसपछि तातोपानी नाकाबाट समेत निर्यात शून्य रहेको भन्सार विभागको तथ्यांक छ ।

कोभिड-१९ महामारी सुरु भएयता रसुवा र तातोपानी नाकाबाट हुने निर्यात रोकिएको रसुवा भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले बताए ।

‘लकडाउन सुरु हुनुअघिदेखि नै नेपाल-चीनबीचको व्यापार सुस्त भएको थियो, लकडाउनपछि आयात-निर्यात नै रोकियो,’ उनले भने, ‘लकडाउनकै बीच नाका खोल्ने त भनियो, तर एकतर्फी मात्रै, खासगरी पारि अड्किएका नेपाली व्यवसायीका सामान छोड्न मात्रै नाका खोलिएको चिनियाँ पक्षको आशय छ ।’ नाका दुईतर्फी सञ्चालनका लागि नेपालले बारम्बार आग्रह गरे पनि कोरोना संक्रमणको जोखिम देखाउँदै चीनले अस्वीकार गर्दै आएको उनले बताए ।

झन्डै वर्ष दिनदेखि नै चिनियाँ नाकाबाट हुने निर्यात ठप्प रहेको हिमालय सीमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेलले बताए । व्यवसायीहरूले नाका दुईतर्फी सञ्चालन हुनुपर्ने, निर्यात पनि खुला गरिनुपर्ने माग राखे पनि पूरा नभएको उनले बताए ।

चालू आर्थिक वर्ष सुरु भएपछि नाका दुईतर्फी रूपमा सञ्चालन हुने र निर्यात पुनः सुरु हुने नेपाली व्यवसायीको अपेक्षा थियो । तर, चालू आर्थिक वर्षको पहिलो दुई महिनासम्ममा चिनियाँ नाकाबाट हुने निर्यात शून्य नै छ ।

जबकि, यो दुई महिनामा चिनियाँ नाका हुँदै नेपालमा १ अर्ब ५८ करोड ९ लाख रुपैयाँ बराबरको सामग्री भित्रिएको विभागको तथ्यांक छ । यसमध्ये तातोपानी नाका हुँदै १९ करोड १२ लाख रुपैयाँबराबरको र केरुङ नाकाबाट १ अर्ब ३८ करोड ९७ लाख रुपैयाँबराबरको सामग्री आयात भएको हो ।

तर, अन्य मार्गबाट हुने निर्यात भने निरन्तर
सीमानाकाबाट हुने निर्यातलाई रोकेको भए पनि सामुद्रिक तथा हवाईमार्गबाट हुने निर्यात भने निरन्तर छ । यो दुई महिनामा नेपालले १३ करोड ९ लाख रुपैयाँ बराबरको सामग्री चीन निर्यात गरेको हो ।

त्यस्तै, दुई महिनामा चीनबाट कुल २४ अर्ब ३१ करोड ३६ लाख रुपैयाँ बराबरको सामग्री आयात भएको छ । यस अवधिमा नेपालले चीनसँगको व्यापारमा २ अर्ब ४१ करोड ८२ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ ।

चिनियाँ नाकाबाट हुने व्यापारको हिस्सा कति छ ?
कुल निर्यातमा चिनियाँ नाकाको हिस्सा ०.७४ प्रतिशत र कुल आयातमा चिनियाँ नाकाबाट हुने हिस्सा ३.०१ प्रतिशत रहेको भन्सार विभागको तथ्यांक छ ।

आर्थिक वर्ष ०७६-७६ मा नेपालले चीनबाट कुल १ खर्ब ८१ अर्ब ९२ करोड रुपैयाँ बराबरको सामग्री आयात गर्दा १ अर्ब १९ करोड ११ लाख रुपैयाँबराबरको निर्यात गरेको छ । यस अवधिमा नेपालले कुल १ खर्ब ८० करोड ७२ लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको छ ।

उक्त आवमा चिनियाँ नाका हुँदै नेपालमा ३६ अर्ब १८ करोड ५७ लाख रुपैयाँबराबरको सामग्री भित्रिएको छ । यसमध्ये रसुवा नाकाबाट कुल २६ अर्ब ६४ करोड ८१ लाख रुपैयाँबराबरको सामग्री आयात भएको हो ।

त्यस्तै, तातोपानी नाकाबाट ९ अर्ब ५३ करोड ७६ लाख रुपैयाँ आयात भएको थियो । समीक्षा आवमा नेपालले चिनियाँ नाका हुँदै कुल ७१ करोड ९९ लाख रुपैयाँबराबरको निर्यात गरेको थियो । यसमध्ये केरुङ नाकाबाट ५८ करोड २३ लाख रुपैयाँबराबरको र तातोपानी नाकाबाट १३ करोड ७६ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

सामान आउन थाले
झन्डै एक वर्षदेखि केरुङ र ल्हासामा अड्किएका नेपाली व्यवसायीका सामग्री आउन थालेका छन् । आइतबारदेखि रसुवा नाकाबाट दैनिक १० कन्टेनरजति सामग्री नेपाल भित्रिएको भन्सार प्रमुख खड्काले जानकारी दिए ।

उनले भने, ‘आइतबार नै १० कन्टेनरजति सामग्री लोड भयो, अड्किएका सामग्री क्रमशः आउने छन् ।’ रसुवा र तातोपानी नाका आंशिक रूपमा मात्रै सञ्चालन गरिँदा नेपाली व्यवसायीले मगाएको करिब १५ सय कन्टेनर बराबरका सामग्री चीनमै अड्किएका छन् ।

अशोज १९ गते, २०७७ - ०८:१० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जोखिम ख्याल नगरी बजारमा चहलपहल

डोटी । दशैँका समयमा यहाँका प्रमुख बजार दिपायल, पिपल्ला र राजपुरमा चहलपहल बढेको छ । कोरोना सङ्क्रमणका...   

आज दसैंको मुख्य दिन विजयादशमी , टिकाकाे साइत बिहान १०ः१९ बजे

काठमाडाैं । आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी अर्थात धार्मिक कथाअनुसार असत्यमाथि सत्यको...   

गण्डकी प्रदेशमा चार काेराेना संक्रमितकाे मृत्यु, जम्मा मृत्तककाे संख्या ६३ पुग्यो

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा एक महिलासहित थप चार जनाको मृत्यु भएकाे छ । पोखराका...   

नेकपाका नेता जनार्दन शर्मालाई पनि देखियाे कोरोना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई पनि...   
फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

दोलखा। एक महिलसँग फेसबुक च्याटमा अश्लिल गतिविधिका लागि प्रस्ताव गरेको च्याटका ‘स्क्रिन सट’ हरु सामाजिक...   

आज महानवमी पर्व मनाइँदै

काठमाडौं । नेपाली हिन्दुहरूकाे महान् चाड बडा दशैंको आज नवौं दिन महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा...   

बलात्कारको पनि बद्ला ! दाजुभाइ पक्राउ

राजविराज । बलात्कारको आरोपमा कारागार थुनामा परेका आरोपितकी ४५ वर्षीया श्रीमतीमाथि बलात्कार प्रयास...   
बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई...   

विपन्न नागरिक भन्छन् : दशैँ कसरी टार्ने ?

टीकापुर । टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् । दशैँको सप्तमीका...   

किसान क्रेडिट कार्ड अन्तिम चरणमा दशैंपछि किसानका हातमा

काठमाडौं । व्यावसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएकाका लागि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top