Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

अर्थमन्त्रीमा विष्णु पौडेलको सम्भावना उच्च

काठमाडौं। सत्तारुढ दल नेकपाका दुई अध्यक्ष मन्त्रिपरिषद् पुनर्गठनको छलफलमा रहेका बेला नयाँ अर्थमन्त्रीमा विष्णु पौडेलको सम्भावना उच्च देखिएको छ ।

आजको नागरिक दैनिकमा खबर छ - पूर्व अर्थमन्त्री युवराज खतिवडाको राजीनामापछि अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीको पनि जिम्मेवारी समालेका छन् । खतिवडाको बहिर्गमनपछि नेकपाका नेता वामदेव गौतम, सुरेन्द्र पाण्डेलगायतको नाम पनि नयाँ अर्थमन्त्रीका रुपमा जोडिएको छ । तर प्रधानमन्त्री ओलीको चाहना पौडेलका पक्षमा देखिएपछि उनैको सम्भावना उच्च बनेको हो ।

बालुवाटार स्रोतका अनुसार कोभिड महामारीले अर्थतन्त्र समस्यामा परेका बेला अनुभवी र मन्त्रालय हाँक्न सक्ने क्षमता भएका पाण्डेलाई अर्थमन्त्री बनाउनुपर्छ भन्ने सुझाव आइरहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी, वरिष्ठ नेता माधवकुमार नेपाल र पार्टीका अर्का अध्यक्ष दाहालको समर्थन पाण्डेले पाएका छन् । तर प्रधानमन्त्री ओली पाण्डेलाई अर्थमन्त्री बनाउने पक्षमा छैनन् । ओलीले नचाहेसम्म पाण्डेको सम्भावना न्यून भएको र विकल्पमा पौडेल देखिएको स्रोतको दाबी छ ।

‘पाण्डेलाई राष्ट्रपति र दाहालको साधारण समर्थनमात्र हो । हुनैपर्छ भन्ने अडान नेपालको मात्र हो’, बालुवाटार स्रोतले भन्यो, ‘त्यसैले ओलीले जसलाई चाहन्छन् उनै अर्थमन्त्री बन्ने छन् ।’ स्रोतले पाण्डेलाई अन्य मन्त्रालय दिन ओली सहमत भएको जानकारी दियो ।

पाण्डे आफैंले भने अर्थबाहेक अन्य मन्त्रालयमा इच्छा देखाएका छैनन् । अर्थ मन्त्रालयका उच्च अधिकारीहरु पनि पछिल्लो समय नयाँ अर्थमन्त्रीमा पौडेलको सम्भावना सबैभन्दा बढी हुँदै गएको देख्छन् ।

अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि ओलीले पौडेललाई नै अर्थमन्त्री बनाएका थिए । सर्वत्र विरोध हुँदा पनि ओलीकै चाहनामा पौडेलले सामाजिक सुरक्षा भत्ता दोब्बर बनाएका थिए । पछिल्लो आमनिर्वाचनमा नेकपाले अत्यधिक मत पाउन यसले ठूलो भूमिका खेलेको थियो ।

नेकपाका महासचिव पौडेलको कसैलाई पनि सीधै नराम्रो नगर्ने स्वभाव छ । उनले पटक पटक पार्टीमा आएका समस्या समाधानका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएका छन् ।

ओलीका विश्वासपात्र भए पनि दाहाल र नेपालले पनि पौडेललाई अर्थमन्त्रीमा हुँदै हुँदैन भन्नसक्ने अवस्था छैन । ओलीको चाहना र अरुले खुलेर विरोध गर्न नसक्ने भएकाले अर्थमन्त्रीमा पौडेलको सम्भावना सबैभन्दा बढी देखिएको हो ।

कोभिडले अर्थतन्त्र समयस्यामा परेका बेला गैरअर्थशास्त्री नेतालाई अर्थमन्त्री बनाए जनस्तरबाट भने विरोध हुने सम्भावना छ । कोरोना कालमा पौडेलले अर्थ मन्त्रालय समाल्न सक्दैनन् भन्नेहरु पनि छन् । यसमा केही सत्यता पनि छ ।

तर विगतमा एकपटक अर्थमन्त्रीको जिम्मेवारी समालेका कारण पौडेललाई अर्थ मन्त्रालय नितान्त नौलो भने हुने छैन । अर्थका अधिकारीहरु पनि एकपटक अनुभव लिएको व्यक्तिलाई धेरै गाह्रो नहुने बताउँछन् ।

अर्कोतिर भनेको मान्ने व्यक्ति अर्थमन्त्री भए प्रधानमन्त्रीलाई पनि काम गर्न थप सहज हुन्छ । वार्षिक बजेट बाहेक पनि अर्थमन्त्रीले अरुभन्दा बढी प्रधानमन्त्रीसँग नजिक रहेर काम गर्नुपर्ने हुन्छ । पाण्डे अर्थमन्त्री भए ओलीले भनेका सबै काम गर्नेछैनन् । यही तथ्य बुझेका कारण ओलीले सकेसम्म पाण्डेलाई अर्थमन्त्री नबनाउने स्रोतको दाबी छ ।

अर्थमन्त्री बन्न चाहना राखेका अर्का नेता वामदेवको बाटो पनि तत्काललाई रोकिएको छ । सार्वजनिक रुपमै मै अर्थ मन्त्रालय चलाउँछु भनेका उनलाई मन्त्री बन्न रोक्नेगरी अदालतमा मुद्दा परेको छ । अदालतले गौतमलाई तत्काल कुनै जिम्मेवारी नदिनू भन्ने आदेश दिएकाले अहिलेको मन्त्रिपरिषद् हेरफेरमा गौतम पर्ने सम्भावना न्यून छ ।

विगतमा पौडेल अर्थमन्त्री हुँदा कुनै ठुलो विवादमा आएका थिएनन् । विदेशी दातृ निकायहरुको छलफलमा खुलेर कुरा राख्न नसकेको भनी आलोचना भने भएको थियो । आर्थिक अनियमितताका विषयमा कुरा उठेको थिएन । एउटा अर्थमन्त्रीका लागि सबैभन्दा ठूलो पक्ष आर्थिक अनुशासनको विषय हो । सुकुमबासीका नाममा बुटवलमा जग्गा लिएको र बालुवाटार जग्गा प्रकरणमा जोडिनु बाहेक पौडेललाई ठूलो आरोप लागेको छैन ।

पूर्व अर्थमन्त्री भए पनि कोभिड १९ को महामारीबीच मन्त्रालय समाल्दा पौडेललाई यसपटक त्यति सहज हुने छैन । अहिले संसारमा कतिपय मुलुकका दक्ष र अनुभवी अर्थमन्त्रीलाई पनि काम गर्न समस्या छ । अर्थतन्त्रले समात्ने गतिमा सबैको पेसा, व्यवसाय र दैनिकी निर्भर हुन्छ ।

कोभिडका कारण जताततै समस्या देखिएका बेला गैरअर्थशास्त्री पौडेललाई अर्थतन्त्रका सबै क्षेत्रमा हस्तक्षेप गर्न सजिलो हुने छैन । अर्थका कर्मचारी र पार्टीका केही विज्ञको सल्लाह लिएर मात्र मन्त्रालय चलाउन सकिने अहिलेको समय होइन । अस्तव्यस्त अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउन खतिवडाजस्ता विज्ञलाई पनि त्यति सजिलो भएको देखिएन ।

अहिले अर्थतन्त्रको बाह्य पाटोमा समस्या छैन । मुलुकभरका आर्थिक विषय अर्थमन्त्रीसमक्ष ठोकिएर मात्र बाहिर जान्छन् । अर्थमन्त्रीको एउटा सानो निणर्यले पनि धेरै नराम्रो परिणाम दिन्छ। यो वर्षलाई बजेट आइसकेको छ । आगामी पुसपछि फेरि नयाँ बजेट निर्माणमा लाग्नुपर्ने हुन्छ ।

स्रोत खुम्चिएको, वैदेशिक सहयोग घटिरहेको, चालु खर्च बढिरहेका बेला अर्थतन्त्रलाई गति दिनेगरी बजेट बनाउन ठूलै चुनौती हुनेछ । विगतमा पौडेल खर्चमा मितव्ययी देखिएका थिएनन् । अर्थशास्त्रीहरु समस्या परेका बेला अर्थमन्त्री छुचो बनेमात्र सफल हुने बताउँछन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies