Ntc summer Offer
Khabar Dabali ५ बैशाख २०८१ बुधबार | 17th April, 2024 Wed
NIMB

गम्भीर प्रकृतिका संक्रमित बढ्दै, भेन्टिलेटर र आईसीयूमा बस्नेको संख्या बढ्दो

काठमाडौं । केही दिन आईसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या बढ्दै गएको छ ।

आजको राजधानी दैनिकमा खबर छ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गम्भीर प्रकृतिका २ सय ६० जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४ जना भेन्टिलेटर र २ सय २६ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन् ।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा ११२ जना रहेका छन् । बाग्मतीमा २७ जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । प्रदेश ५ मा ४४ जना आईसीयू र ६ जना भेन्टिलेटरमा छन् ।

प्रदेश १ मा २८ जना आईसीयू र १ जना भेन्टिलेटरमा र प्रदेश २ मा १७ आईसीयू उपचाररत छन् । सुदूरपश्चिममा ४ जना आईसीयू, गण्डकी प्रदेशमा ६ र कणर्ाली प्रदेशमा १५ आईसीयूमा उपचाररत छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ३५ पुगेको छ । आइतबार सात जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६२ प्रतिशत छ ।

यस्तै, देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसनमा बस्नेको संख्या पनि बढ्दै गएको छ । आइतबार २२ हजार २ सय १९ जना सक्रिय संक्रमितमध्ये ११ हजार ८ सय ९३ जना होम आइसोलेसनमा रहेका छन् ।

सबैभन्दा धेरै बाग्मती प्रदेशमा ७ हजार १ सय ५३ जना होम आइसोलेसनमा छन् । प्रदेश १ मा १ हजार ८ सय ५०, प्रदेश २ मा ५ सय ५८, प्रदेश ५ मा १ हजार २ सय २, सुदूरपश्चिम प्रदेशमा ४ सय १८, गण्डकी प्रदेशमा ५ सय ३२ र कर्णाली प्रदेशमा २ सय ८० जना होम आइसोलेसनमा रहेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies