Khabar Dabali Logo
  October 21, Wed

साताको पहिलो दिन : नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । साताको पहिलो दिन नै सकारात्मक देखिएको बजारले नयाँ लय समात्ने विश्वास गरिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.७१ बिन्दुले उकालो लागेर एक हजार ५८५.७५ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.१९ ले वृद्धि भई ३१२.३५ मा पुगेको छ । कूल १९५ कम्पनीको एक करोड सात लाख १३ हजार ३१२ कित्ता शेयर रु तीन अर्ब १७ करोड ८८ लाख ५३ हजार ७१९ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने वृद्धि भएको छ । जलविद्युत् १५.२६ र सामूहिक लगानी कोष ०.३५ ले घटेको छ । यस्तै बैंकिङ १५.५६, व्यापार १५.७७, होटल ११ं८७, विकास बैंक २३.४९, वित्त २.४३, निर्जीवन बीमा २४.०७, उत्पादन १४५.२६, अन्य ११.१५, लघुवित्त ४.०३, जीवन बीमा ४५.०३ ले वृद्धि भएको छ ।

्कारोबारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २६ करोड ८६ लाख १२ हजार ६३८ बराबरको कारोबार भयो । यस्तै नेपाल पुनरबीमा कम्पनी रु १९ करोड ४२ लाख ८८ हजार २९९, एनसिसी बैंक रु ११ करोड ६२ लाख १० हजार ९४३, हिमालयन डिस्टिलरी रु ११ करोड ४८ लाख ९३ हजार ४०१, नेपाल बैंक रु १० करोड ६५ लाख ५० हजार ८९७ र कुमारी बैंक रु नौ करोड ७६ लाख आठ हजार ८०९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा कर्पोरेट डेभलपमेन्ट बैंक ९.८४, शिवम् सिमेन्ट ९.५०, प्रोगेसिभ फाइनान्स ९.४५, छ्याङदी हाइड्रो पावर ७.५९, उन्नती सहकार्य लघुवित्त ६.९२ र लक्षमी बैंकका लगानीकर्ताले ६.४० प्रतिशतले कमाए । यस्तै, यूनियन हाइड्रोपावर ९.८४, दिव्यश्वरी हाइड्रोपावर ९.५७, खानीखोला हाइड्रोपावर ९.४०, नेशनल हाइड्रोपावर ७.६९, एनएमबी हाइब्रिड फण्ड ७ र जोशी हाइड्रोपावरका लगानीकर्ताले ६.७२ प्रतिशतले गुमाए ।

अशोज १८ गते, २०७७ - १९:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपराष्ट्रपति पुनद्वारा चाडपर्व खर्च कोरोना उपचार कोषमा

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्व खर्चवापत आफूलाई प्राप्त रकम ‘कोरोना भाइरस संक्रमण...   

प्रदेश २ सरकारले कोरोनाको उपचार निःशुल्क गर्ने

धनुषा । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना महामारीको उपचार प्रदेश २ का सरकारले...   

काठमाडौं उपत्यकामा मात्रै ३ हजार १०७ जनामा कोरोना, मृत्यु हुनेको संख्या ७९१ पुग्यो

काठमाडौं । बुधबार काठमाडौ उपत्यकामा मात्रै ३ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य...   

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, मंसिर ९ देखि हुने

काठमाडौं । कोरोना भाइरसका कारण सरेको कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ। राष्ट्रिय...   

देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ नाघ्यो, निको हुनेको संख्या एक लाख नजिक

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या अहिलेसम्मकै...   

बुधबार थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित, २६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या अहिलेसम्मकै...   

अनिश्चितकालका लागि हुम्ला जिल्ला अस्पताल बन्द

हुम्ला । जिल्ला अस्पताल हुम्लाका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल...   

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक...   

ललितपुरका चार हजार बढीले राहत बुझे

ललितपुर । कोरोना महामारीले दिनानुदिन उत्पन्न गरेको भयाभह अवस्थामा दक्षिण ललितपुरका चार हजार बढीले...   
गृह मन्त्रालयकाे नाम लिएर भ्रामक सूचना प्रवाह भएपछि दूरसञ्चारले दियाे कारवाहीकाे चेतावनी

गृह मन्त्रालयकाे नाम लिएर भ्रामक सूचना प्रवाह भएपछि दूरसञ्चारले दियाे कारवाहीकाे चेतावनी

काठमाडौँ । मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक सन्देश ग्राहकलाई सम्प्रेषण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top