Khabar Dabali Logo
  October 20, Tue

कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानलाई आधुनिक प्रविधियुक्त एम्बुलेन्स अनुदान

सिञ्जा । भारतीय राजदूतावासले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई एम्बुलेन्स उपलब्ध गराएको छ । १५१औँ गान्धी जयन्तीका अवसरमा राजदूतावासले करिब रु ६८ लाख २४ हजार मूल्य बराबरको आधुनिक प्रविधियुक्त एम्बुलेन्स शिक्षण अस्पताललाई उपहार दिएको हो । राजदूतावासले नेपाल सरकारलाई अनुदानमा दिएका तीन अत्याधुनिक सेवासहितका एम्बुलेन्समध्ये एक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदान गरेको हो ।

राजदूतावासले यो वर्ष पहिलोपटक नेपाललाई तीन प्रकारका एड्भान्स, बेसिक र कमन लाइफ सपोर्ट श्रेणीका एम्बुलेन्स प्रदान गरेको छ । दूतावासका अनुसार तीनै प्रकारका एम्बुलेन्स नेपाल सरकारको मापदण्डअनुसार निर्माण गरिएका छन् ।

सुविधासम्पन्न एम्बुलेन्सका लागि दूतावाससँग लामो समयदेखि भइरहेको मागपश्चात दूतावासले अत्याधुनिक सेवासहित एम्बुलेन्स प्रदान गरेको प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावलले बताए । एम्बुलेन्स प्राप्त भएसँगै बिरामीको उद्धारमा थप खटिन सजिलो हुने उनको भनाइ छ ।

अशोज १८ गते, २०७७ - ११:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मोटरसाइकलको ठक्करबाट ६९ वर्षीया थारुको मृत्यु

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आज अपराह्न मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको...   

भियतनाममा बाढीबाट ९० जनाको मृत्यु

हनोइ । गएको कम्तीमा पनि दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको...   

चीनको अर्थतन्त्रमा तिब्र सुधार, कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता

बेइजिङ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता...   

विश्वमा कोरोना सङक्रमितको संख्या करिब ४ करोड, ११ लाख १३ हजारको मृत्यु

वासिङ्टन । विश्व कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या करिब चार करोड पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले...   

भारतमा कोरोना सङ्क्रमितको संख्या ७५ लाख नाघ्यो

नयाँ दिल्ली । भारतमा सोमबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७५ लाख नाघेको छ । सोमबार बिहानसम्म...   

मध्यपहाडी राजमार्गका अधिकांश स्थानमा हुन सकेन निर्माण

काठमाडौँ । राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गको अधिकांश स्थानमा निर्माणको कम हुन सकेको छैन । कोभिड–१९...   

अवैध जडीबुटीसहित पक्राउ परेका ३ जनामाथि कारवाही प्रक्रिया शुरु

बाग्मती । प्रतिबन्धित जडीबुटीको ट्रकसहित पक्राउ परेका तीन जनामाथि डिभिजन वन कार्र्यालय राप्ती मनहरी...   

१०४ जनालाई अपाङ्गता परिचयपत्र वितरण

भोजपुर । पौवादुङ्मा गाउँपालिकामा घुम्ती शिविरमार्फत १०४ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको...   

सिमकोटका दलित तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका ५ ले दलित तथा अतिविपन्न बालबालिकालाई शैक्षिक सामाग्री सहयोग...   

मदिराको मातमा पार्किङ्ग गरेर राखिएको गाउँपालिकाको गाडी तोडफोड

सिमकोट । मदिरा सेवन गरेर मातिएका एक जनाले हुम्लाको ताँजाकोट गाउँपालिकाको गाडी तोडफोड गरेका छन् । पार्किङ्ग...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top