Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

अझै ५८ प्रतिशतले गराउँछन् असुरक्षित गर्भपतन

काठमाडौं । गर्भपतन सेवाले कानुनी मान्यता पाएको १८ वर्ष बितिसक्दा पनि अझै प्रजनन उमेरका ५८ प्रतिशत महिला सो सेवाबारे अनभिज्ञ रहेको पाइएको छ ।

आजको राजधानी दैनिकमा खबर छ - ४२ प्रतिशत महिलाले सरकारले गर्भपतन गराउन मान्यता दिएको स्वास्थ्य संस्थाबाट सेवा लिने गरेको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले जनाएको छ । परिवार कल्याण महाशाखाका अनुसार हालसम्म १३ लाख महिलाले मात्रै सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराउने गरेको पाइएको छ । परिवार कल्याण महाशाखाका निर्देशक डा. भीमसेन तिंकरीले ४२ प्रतिशत महिलाले मात्र गर्भपतन सेवाका बारेमा जानकारी पाएको बताए ।

उनले भने, ‘सुरक्षित गर्भपतन सेवालाई थप प्रभावकारी र पहुँचयोग्य बनाउन ग्रामीण स्तरसम्म सेवा विस्तार गर्न आवश्यक छ । सरकारले सबै सरकारी स्वास्थ्य सेवाबाट निःशुल्क सुरक्षित गर्भपतन सेवाप्रदान गर्दै आएको छ ।’

हाल देशभर गर्भपतन सेवा प्रदान गर्न ४ हजार रुपैयाँको हाराहारीमा चिकित्सक नर्स तथा अनमीलाई तालिम प्रदान गरिएको छ । यस्तै, १ हजार ५ सय स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवाप्रवाह हुँदै आएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

नेपालमा ३ लाख २३ हजार जना महिलाले प्रतिवर्ष गर्भपतन गराउने गरेका छन् । नेपालमा कुल मातृ मृत्युमध्ये ७ प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनको कारणले हुन्छ । ४२ प्रतिशत प्रजनन उमेरका महिलालाई मात्र गर्भपतनले कानुनी मान्यता पाएको बारेमा ज्ञान छ ।

४८ प्रतिशत प्रजनन उमेरका महिलालाई मात्र सुरक्षित गर्भपतन गर्न पाइने ठाउँका बारेमा ज्ञान छ । १९ प्रतिशत महिलाहरू अनिच्छित गर्भ हुने गरेको तथ्यांकमा देखिएको छ । हाल ६५ जिल्लामा निःशुल्क गर्भपतन सेवा उपलब्ध छ ।

विश्वमा प्रत्येक वर्ष २ करोड ५० लाख महिला तथा किशोरीहरूले असुरक्षित तरिकाले गर्भपतन गराउने गरेको तथ्य सार्वजनिक भएको छ । विश्वमा भएका मातृ मृत्युमध्ये करिब ८ प्रतिशत असुरक्षित गर्भपतनको कारणले भएको पाइएको छ । प्रतिवर्ष ४४ हजार महिलाको मृत्यु असुरक्षित गर्भपतनको कारणले हुन्छ ।

प्रतिवर्ष ५० लाख महिलाहरू असुरक्षित गर्भपतनको जटिलताको कारणले विभिन्न रोगबाट ग्रसित हुन्छन् । असुरक्षित गर्भपतन मातृ मृत्यु गराउने चार वटा मुख्य कारणहरूमध्ये एक हो । गर्भपतन सेवाले कानुनी मान्यता पाएपछि सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies