Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

विद्यालयमा विद्यार्थी उपस्थित गराएर पढाउने अवस्था छैन् : शिक्षामन्त्री पोखरेल

काठमाडौं । विज्ञान, प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायमै रहेकाले विद्यालयमा विद्यार्थी उपस्थित गराएर पढाउने अवस्था अझै नरहेको बताएका छन् ।

सिरहाको गोलबजारमा आज जयगोविन्द साह पोलिटेक्निकल इन्स्टिच्यूटको उद्घाटन गर्दै उनले सिरहाका कतिपय स्थानीय तहका विद्यालयहरुमा पठनपाठन भइरहेको सूचना आफूले पाएको हुँदा त्यसलाई तत्काल रोक्नुपर्ने बताए ।

“कोभिड–१९ को जोखिम अझै उच्च रहेकाले विद्यार्थीलाई विद्यालयमा उपस्थित गराएर होइन्, वैकल्पिक शिक्षण सिकाइ पद्धति अपनाएर शिक्षा दिनुपर्दछ”, उनले भने, “आज २० प्रतिशत विद्यार्थीको प्राविधिक तथा वैज्ञानिक शिक्षामा पहुँच छ, ७० प्रतिशत विद्यार्थीलाई प्राविधिक शिक्षामा पहुँच पुर्याउने रकारको लक्ष्य छ , सोही अनुरुप अहिले गाउँ गाउँका सामुदायिक विद्यालयमा प्राविधिक धारका विद्यालय सञ्चालन गर्न अनुमति दिएको छ ।”

मन्त्री पोखरेलले धेरैभन्दा धेरै विद्यार्थीले सीपमूलक शिक्षा पाउन भन्ने सोचका साथ आजसम्म देशका ६४५ पालिकामा प्राविधिक धारको शिक्षा पुर्याएको उल्लेख गर्दै प्राविधिक शिक्षाको स्तरोन्नतीका लागि प्रयोगशाला र दक्ष शिक्षकको आवश्यकता रहेको बताए ।

प्रदेशसभा सदस्य जगत यादवले शिक्षामा सहज पहुँचको लागि निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

चालु शैक्षिक सत्रबाट किसान नेता जय गोविन्द साहको स्मृतिमा सञ्चालन भएको इन्स्टिच्यूटमा तीन वर्षे डिप्लोमा इन सिभिल इञ्जिनीयर, तीन वर्षे बाली विज्ञान र डिप्लोमा इन जियोमेटिक्स इञ्जिनयीरको पढाइ शुरु गरिने जनाएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies