Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

अब सुदूरपहाडमा नियमित उडान हुन्छ : मन्त्री भट्टराई

बैतडी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित उडान हुने बताएका छन् ।

विमानस्थल निरीक्षण तथा उडान परीक्षणका क्रममा बैतडीको पाटन विमानस्थलमा आयोजित कार्यक्रममा उनले भने, “ नियमित उडानका लागि केही दिनमै तालिका सार्वजनिक गर्छौ ।”

मन्त्री भट्टराईले टर्मिनल भवन, टावरलगायत अन्य भौतिक संरचनाको काम सम्पन्न भएपछि विमानस्थल नियमित रुपमा सञ्चालनमा आउनेछन् भन्दै बैतडीसहित सुदूरपश्चिम पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्य रहेकाले यहाँका विमानस्थलहरु नियमित सञ्चालनमा ल्याउन सके यस क्षेत्रको आर्थिक सम्वृद्धि हुने बताए । उनले भने, “पर्यटन प्रर्वद्धनका लागि तीन वटै तहका सरकारको समन्वय सहकार्य आवश्यक पर्छ ।”

मन्त्री भट्टराईले बैतडीको पताल भुवनेश्वर गुफालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिदैं अबको बाटो विकास र आर्थिक क्रान्तिको हो, यसमा सबैको साथ र सहयोग आवश्यक छ भने ।

प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले सरकारले जनआकांक्षा अनुसार काम गरिरहेको उल्लेख गर्दै मुलुक अब समृद्ध बन्नेतर्फ अगाडि बढेको बताए ।

यसैबीच मन्त्री भट्टराईले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विमानस्थलको आज निरीक्षण गरेका छन् । उनले बैतडीको पाटन, बझाङको चैनपुर र डोटीको दीपायल विमानस्थलको निरीक्षण गरेका हुन् ।

समिट एयरले आज धनगढीबाट डोटी, बझाङ र बैतडीमा परीक्षण उडान गरेको थियो । धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाका अनुसार परीक्षण उडान सफल भए विमान कम्पनीलाई धनगढीलाई बेस बनाएर पहाडी जिल्लामा नियमित उडान शुरु गर्न आह्वान गरिनेछ । उनले भने, “ विमानस्थल सञ्चालन गर्न ठिक छ भन्ने परीक्षण उडानको रिपोर्ट आएपछि आह्वान गर्छौ ।”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies